काठमाडौं- समाजसेवी इन्दिरा मानन्धरको निधन भएको छ । उनको ८३ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो ।
ईमेज ग्रुप अफ कम्पनिजका संस्थापक अध्यक्ष रामकृष्ण मानन्धरकी धर्मपत्नी तथा सोही समूहकी पूर्वउपाध्यक्ष एवं समाजसेवी इन्दिरा मानन्धरको निधन भएको हो ।
ईमेज ग्रुप अफ कम्पनीजसँग आबद्ध रहँदै उनले संस्थाको विभिन्न सामाजिक तथा मानवीय कार्यहरूमा उल्लेखनीय योगदान पुर्याएकी थिइन् ।
सामाजिक कार्यमा विशेष रुचि राख्ने उनी समाजका विभिन्न सेवा-मुखी गतिविधिहरूमा संलग्न रहँदै आएकी थिइन् । उनका श्रीमान्, एक छोरा र तीन छोरी छन् ।