Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • एएनओ हङकङ सम्मेलनद्वारा मध्यपूर्वका नेपालीको सुरक्षाप्रति ध्यानाकर्षण
एएनओ हङकङ सम्मेलनद्वारा मध्यपूर्वका नेपालीको सुरक्षाप्रति ध्यानाकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २४, २०८२

काठमाडौं- एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को शनिबार हङकङमा सम्पन्न सम्मेलनले पछिल्लो समय मध्यपूर्वी मुलुकमा कार्यरत नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।   विश्वमा देखापरिरहेको सुरक्षा चुनौतीका सन्दर्भमा हाल मध्यपूर्वमा बसोवास गरिरहेका नेपालीहरुको सुरक्षाप्रति विशेष चासो दिन र आवश्यक पहल गर्न सरकारले ध्यान पु¥याउनुपर्ने प्रस्ताव सो सम्मेलनमा पारित भएको हो । 

सम्मेलनले विश्वका जुन ठाउँमा जन्मे पनि र जुन देशको नागरिकता बोके पनि नेपाली मूलको पहिचान गरी नेपालीभाषी नागरिकहरुका बीचमा आपसी एकता कायम गर्दै नेपाली जातिको संरक्षणा र सम्वर्द्धन गर्दै सो शक्तिलाई नेपालको हितमा प्रयोग गर्नुपर्ने प्रस्ताव पनि पारित गरेको छ ।

हङकङ सरकारका डिस्ट्रिक काउन्सिलर प्रथम नेपाली अरुणा गुरुङ र एएनओका अन्तर्राष्ट्रिय कमिटी महासचिव चूडामणि भट्टराईद्वारा शनिबार साँझ उद्घाटन गरिएको सो सम्मेलनमा हङकङमा रहेका नेपाली मूलका तथा नेपालीभाषी ठूलो सङ्ख्याका नागरिकको सहभागिता रहेको एएनओले विज्ञप्तिमार्फत जनाएको छ ।   

Hardik health

त्यस अवसरमा एएनओ अन्तरराष्ट्रिय समितिका महासचिव चूडामणि भट्टराई र केन्द्रीय सदस्य खुसी गुरुङ तथा डिष्ट्रिक काउन्सिलर अरुणा गुरुङले संसारका जुनसुकै देशमा जन्मे हुर्केको भएपनि नेपाली जातिका मानिसहरुलाई एकआपसमा जोड्ने र नेपाली जातिको एकता र संस्कृतिको पुस्तान्तरण गर्ने कार्यमा एएनओको सफलताको कामना गरे । 

नेपाली जातिको आफ्नै पहिचान र अतित्वसहितको जीवन यापनका लागि सामाजिक संस्कृतिक अभियान सञ्चानल गरिरहेका अमेरिका निवासी डिल्ली अधिकारीको नेतृत्वमा सन् २०२४ मा एएनओ स्थापना भएको थियो ।  उक्त संस्थाले विश्वका नेपाली जातिबीच जतिसुकै पुस्ता बाहिर बस्नु परेपनि आफू बसेकै देश तथा स्थानमा नेपाली भाषा, कला, संस्कृति, रीतिरिवाज र नेपाली पहिचानको निरन्तरता, यसको विस्तार र पुस्तान्तरणको अभियान सञ्चालन गरिरहेको छ । 

साथै एएनओले विश्वभरका नेपालीको श्रम, पूँंजी र ज्ञानलाई नेपालको समृद्धिमा लगाउन आफ्ना जातिका मानिसहरुको पहिचान गर्न तथा नेपाली मूलका नागरिकहरुलाई आफूसँग कुनै न कुनै रुपमा जोड्ने नीति बनाउन पनि नेपाल सरकारसँग माग गर्दै आएको छ । 

सोही अवसरमा हङकङका स्थानीय युवा व्यवसायी विक्की थापाको अध्यक्षतामा एएनओको हङकङ कमिटी पनि गठन गरिएको छ । यसको उपाध्यक्षमा अजय राई, महासचिवमा सुकु लिम्बू, सचिवमा अनुज रोक्का, कोषाध्यक्षमा सोफिया गुरुङ र प्रवक्तामा सुरेश याक्सो हुनुहुन्छ । त्यसैगरी सदस्यहरुमा सरला तामाङ, टपराज तामाङ, रिस्ता गुरुङ, मेजिला गुरुङ, भीम गुरुङ, जुनु राना, विन्नी लामा राई र करन तमाङ चयन भएका छन् । 

उक्त कार्यक्रममा तनहुँ समाज हङकङका वरिष्ठ उपाध्यक्ष रोशन गुरुङ,  एनआरएनए लिमिटेडकी अध्यक्ष जयन्ती गुरुङ, मेरो भ्वाइस युनिभर्स सिजन- २ का उपविजेता टपराज नेगी तामाङ र सोही प्रतियोगिताकी प्रतिष्पर्धी विन्नी लामा राईले सांगितिक प्रस्तुतिसहित शुभकामना व्यक्त गरेका थिए । 


प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १४:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP