Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको अर्थमन्त्री खनालको भनाइ
आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको अर्थमन्त्री खनालको भनाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २४, २०८२

काठमाडौं-अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन हुन्छ वा हुँदैन भन्ने आशङ्काकाबीच निर्वाचन आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकामा धन्यवाद दिँदै यसको सम्पूर्ण यश आयोगले पाउने बताएका छन् ।

 आज आयोगको कार्यालय बहादुर भवन पुगेर अर्थमन्त्री खनालले कुनै एक ठाउँमा पनि स्थगित नभई निर्वाचन सम्पन्न गरेकामा आयोगका पदाधिकारीलाई धन्यवाद दिएकाे हो । जेनजी पुस्ताको आन्दोलनपछि मुलुक अशान्त भएको अवस्थामा पनि आयोगले दृढ इच्छाशक्तिले काम गरेर निर्वाचन सम्पन्न भएको बताए ।

यसअघिको निर्वाचनका क्रममा ५१ स्थानमा स्थगित भई पुनः निर्वाचन भएको अर्थमन्त्री खनालले स्मरण गरे । कैदीबन्दी फरार रहेकाले शान्तिपूर्ण रूपमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशङ्काबीच आयोगले बनाएको कार्यतालिकामा कुनै पनि सम्झौता नगरी काम भएको उनले उल्लेख गरे। 

Hardik health

आयोगको प्रभावकारी कार्यतालिका र कामप्रतिको अठोटका कारण निर्वाचन सम्पन्न गराउन सकिएको अर्थमन्त्री खनालले बताए । “लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ रूपमा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने भावनाको विकास गराउन पनि आयोग सफल भएको छ । एक स्थानमा पनि स्थगित नभई सफलतापूर्वक निर्वाचन सम्पन्न भएको छ, देशमा सुशासन कायम गराउने युवापुस्ताको माग निर्वाचनले सफल बनाएको छ”, सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने । 

 गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाका विषयमा छानबिन गर्न गठित आयोगले आज दिएको प्रतिवेदनका विषयमा यो सरकारले कार्यान्वयन गर्ने समय नहुने भएकाले मन्त्रिपरिषद्मा छलफल गरी सार्वजनिक गर्ने पहल गर्ने अर्थमन्त्री खनालले प्रतिबद्धता व्यक्त गरे । प्रतिवेदन कार्यान्वयनका लागि अब बन्ने सरकारले काम गर्ने उनको भनाइ छ ।

सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा पनि सहभागी थिए  । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीले मन्त्रीद्वयलाई मतगणनालगायत निर्वाचनका विषयमा जानकारी गराएका थिए  ।
 


प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १४:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP