काठमाडाैं - स्थानीय बजारमा आइतबार सुनको मूल्यमा उच्च वृद्धि आएको छ । अघिल्लो शुक्रबार प्रतितोला ३ लाख १३ हजार ४०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन ३ हजार ५०० रूपैयाँले बढ्दै ३ लाख १६ हजार ९०० रूपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि आज तोलामा ३० रूपैयाँले बढ्दै ५ हजार ४७५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला ५ हजार ४४५ रूपैयाँमा कारोबार भएको थियो ।