Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • मतदानपछिको मतपेटिका मतदान अधिकृतले ल्याउने हो, सेनाले होइन :गृहमन्त्री
मतदानपछिको मतपेटिका मतदान अधिकृतले ल्याउने हो, सेनाले होइन :गृहमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २०, २०८२

काठमाडौं -  गृहमन्त्री ओमप्रकाश अर्यालले मतदानपछिको मतपेटिका मतदान अधिकृतले ल्याउने बताएका छन् । उनले मतदानपछिको मतपेटिका नेपाली सेनाले लैजाने भन्ने चर्चा सत्य नभएको उल्लेख बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् । अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षासम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालित गरिएको जानकारी दिए ।

उनका अनुसार सबै सुरक्षा निकायहरू मतदान स्थलसम्म परिचालन भइसकेका छन् र आवश्यक परेका बेला सुरक्षाको अवस्थालाई नियन्त्रणमा राख्ने तथा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ । देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिइएको उनको भनाइ छ ।

Hardik health

उनले भने, ‘प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुरक्षा सम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरेर त्यसैको आधारमा हाम्रा संयन्त्रहरु परिचालित छन् । सबै सुरक्षा संयन्त्रहरु मतदान स्थलसम्म पुगेका छन् । जतिखेर जे आवश्यक पर्छ परिआएको अवस्थामा सुरक्षाको अवस्थालाई काबुमा राख्ने, सहजीकरण गर्ने गरी देश भरी नै पूर्ण रुपमा नै अहिले सुरक्षाको प्रत्याभूति दिएको अवस्था छ ।’


उनले निर्वाचनका लागि आवश्यक सबै सामग्री सम्बन्धित स्थानमा पुगिसकेको पनि स्पष्ट पारे । मतदानपछिको मतपेटिका नेपाली सेनाले लैजाने भन्ने चर्चा सत्य नभएको उल्लेख गर्दै उनले एकीकृत सुरक्षा योजनाअनुसार मतदान सम्पन्न भएपछि मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा मतदान अधिकृतमार्फत नै ल्याइने बताए ।

यद्यपि मतपेटिका ढुवानीका क्रममा असुरक्षा महसुस भएमा नेपाली सेनाको सवारी साधनले सुरक्षा स्कर्टिङ गर्न सक्ने उनले जानकारी दिए । उनले भने, ‘निर्वाचनका लागि चाहिने सबै सामाग्री सबै ठाउँ पुगिसकेको छ । मतदानपछिको मतपेटिका नेपाली सेनाले लिने भन्ने जुन भाष्य सिर्जना भएको छ यस्तो होइन । एकीकृत सुरक्षा योजनामै स्पष्ट लेखिएको छ, मतदान भइसकेपछि मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने छ । त्यति खेर पनि मतदान अधिकृतले ल्याउने हो, सेनाले होइन । तर मतपेटिका ल्याउँदा असुरक्षा भयो भने नेपाली सेनाको गाडीले पनि स्कर्टिङ गर्न सक्छ ।’

बिहीबार अर्थात् फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।


प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
इन्टरनेट सेवा प्रदायकका बक्यौता विवाद टुङ्ग्याउने प्रयासमा सरकार
इन्टरनेट सेवा प्रदायकका बक्यौता विवाद टुङ्ग्याउने प्रयासमा सरकार बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP