Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #चितुवाको उद्धार
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #मगर_दिवस
  • #जसपा नेपाल
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #टेम्केमैयुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ’:मन्त्री इङ्नाम
‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ’:मन्त्री इङ्नाम
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १७, २०८२

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी  निवारण एवं सहरी विकासमन्त्री कुमार इङ्नामले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित भएको बताएका  छन् । प्रेस काउन्सिल नेपालले ‘मौन अवधि र मिडिया’ शीर्षकमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले  बताएका हुन् । 

उनले  शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको सुदृढ प्रबन्ध मिलाइएको बताए ।  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राज्य र समाजप्रति उत्तरदायी भई निर्वाचनमैत्री वातावरण बनाउन आमसञ्चारजगत्लाई आह्वान गरे ।  उनले भने, “समग्रमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सञ्चार क्षेत्रबाट सहयोग भइरहेको छ । मौन अवधिकाबारेमा बुझाउने र निर्वाचन आचारसंहिताको परिपालनामा अझ बढी सहयोगको अपेक्षा निर्वाचन आयोगले गरेको छ ।” 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मौन अवधिमा कुनै उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत आर्थिक पक्षसँग जोडिने क्रियाकलाप गरेमा उम्मेदवारी खारेजीदेखि छ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था रहेको जानकारी दिए।  प्रेस काउन्सिल नेपालका अध्यक्ष कुमार शर्माले आमसञ्चार माध्यमको हकअधिकारको प्रवद्र्धन तथा पत्रकार आचारसंहिताको परिपालनाका लागि काउन्सिलले निर्वाह गर्दैआएको भूमिकाबारे जानकारी दिए। 

Hardik health

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले विशेष परिस्थितिमा हुन लागेको निर्वाचनका लागि सबै सञ्चारकर्मी संवेदनशील रहेर त्यसलाई  सफल तुल्याउन सहयोग गर्नुपर्नेमा जोड दिए ।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुँदैछ । यो अवधि मतदान सम्पन्न नहुञ्जेलसम्म कायम रहन्छ । मौन अवधिमा मत माग्न, भेला र छलफल गर्न पाइदैन । विशेषगरी उम्मेदवार र राजनीतिक दलले मौन अवधिको पूर्ण पालना गर्नुपर्नेमा निर्वाचन आयोगले जोड दिएको छ ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनु अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, छोटा सन्देश (एसएमएस), सामाजिक सञ्जालका साथै भाइबरलगायत  विद्युतीयमाध्यमद्वारा मत माग्न प्रचारप्रसार गर्न पाइदैन । उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन । 

आगामी बिहीबार हुने निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । पहिलो हुने निर्वाचित हुने निर्वाचनमा तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।

पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यसैगरी, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ । 


प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री आइतबार, फागुन १७, २०८२
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना आइतबार, फागुन १७, २०८२
निर्वाचन  स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा  सम्पन्न हुन्छः गृहमन्त्री अर्याल
निर्वाचन स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छः गृहमन्त्री अर्याल आइतबार, फागुन १७, २०८२
पश्चिम एसियाका नेपाली कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह
पश्चिम एसियाका नेपाली कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह आइतबार, फागुन १७, २०८२
दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए
दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए आइतबार, फागुन १७, २०८२
मधेशमा सुरक्षा व्यवस्था कडा
मधेशमा सुरक्षा व्यवस्था कडा आइतबार, फागुन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP