Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित
होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १३, २०८२

धनुषा- वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर धुन यतिबेला सुनिन छाडेको छ । श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म घरआँगन, चोक र गल्लीहरूमा जोगिरा गाउने युवापुस्ता विदेश पलायन हुँदा परम्परा लोप हुने चिन्तामा स्थानीय संस्कृतिप्रेमीहरू छन् । 

 “कौन ताल पर ढोलक बाजे, कौन ताल मृदङ्ग... जोगीरा सररर...!”

यस्ता प्रेम, हास्य र सद्भावले भरिएका गीतले पहिले मिथिलाको होलीलाई जीवन्त बनाउँथे । होलीका अवसरमा गाइने यी विशेष गीतलाई ‘जोगिरा’ भनिन्छ । संस्कृतिविद् किशोरी साहका अनुसार जोगिराले होली खेल्नेहरूबीच माया, सद्भाव र उत्साहको सन्देश प्रवाह गर्दछ । उनले भने, “होली र सङ्गीतबीच गहिरो सम्बन्ध छ । सङ्गीतबिना होलीको परिकल्पना गर्न सकिँदैन । होलीले मनभित्रका कुण्ठित भावनालाई समेत शुद्ध पार्ने विश्वास रहिआएको छ ।”

मिथिला नगरपालिका–२ नक्टाझिजका ७२ वर्षीय रामपृत महतोले विगत सम्झँदै भने, “पहिला वसन्त पञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँगाउँ घुमेर जोगिरा गाइन्थ्यो । अहिले ढोल, मृदङ्ग केही बज्दैँनन्, फागुका गीत पनि सुनिदैँन ।” उहाँका अनुसार जोगिरा गाउने पुस्ता क्रमशः घट्दै गएकाले परम्परा संकटमा परेको छ ।

Hardik health

क्षीरेश्वरनाथ  विदेश पलायन हुनु, संस्कति हस्तान्तरण हुन नसक्नुलगायत कारणले मौलिक परम्परा लोप हुने जोखिम बढेको बताए । “यसपालिको होली नजिक आइपुग्यो, तर न जोगिराको स्वर सुनिन्छ, न बाजाको ताल”, उनले भने, “पुराना परम्परा जानेका, बुझेका साथीहरू धेरै बित्नुभयो, हामी पनि उमेरले थलिएका छौँ । गाउने रहर अझै छ, तर साथ दिने युवा छैनन् ।”

हरिहरपुरका ७० वर्षीय रामसुन्दर महतोले जोगिराको पुरानो शैली स्मरण गर्दै सुनाए :

    “किनका के हाथ कनक पिचकारी,
    किनका के हाथ अबीर झोरी ?
    रामजी के हाथ कनक पिचकारी,
    सियाजी के हाथ अबीर झोरी... जोगिरा सररर...!”

यस्ता पौराणिक प्रसङ्ग, भक्ति, प्रेम र ख्यालठट्टाले भरिएका मैथिली जोगिरा अब विरलै मात्र सुनिन थालेका छन् । पुराना होलियाहरूका अनुसार जोगिराले सामाजिक भेद्भाव मेट्दै समानता र सद्भावको सन्देश दिन्थ्यो । तर अहिले ‘डिजे’ संस्कृतिको प्रभाव बढ्दै जाँदा मौलिकता हराउँदै गएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कर्णले बताए ।

मिथिलाञ्चलमा वसन्त पञ्चमीदेखि सुरु हुने होलीगीत मिथिला माध्यमिकी परिक्रमासँग जोडिएको सांस्कृतिक परम्पराको हिस्सा पनि हो । धार्मिक मान्यताअनुसार फाल्गुण शुक्ल पूर्णिमाको रात होलिका दहन गरी भोलिपल्ट रङ खेल्ने परम्परा रहिआएको छ । जोगिराले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको सेतुको भूमिका खेल्ने गरेको जानकारहरू बताउँछन् ।

जनकपुरधाम–१२ का सतीशलाल कर्णले भने, “पहिलाका होली गीतमा धार्मिकता, जीवनको उमङ्ग र सांस्कृतिक प्रकाश झल्किन्थ्यो । अहिले भने उच्छृङ्खल गीतले स्थान लिएको छ ।” हरिहरपुरका रामलाल महतोका अनुसार आपसी रागद्वेष र सामाजिक विखण्डनले पनि जोगिरा परम्परा कमजोर बनाएको छ । सखुवा बजारका सत्यनारायण सिंहले स्मरण गर्दै भन्नुभयो, “पहिले राति चोकमा भेला भएर झ्याल, मृदङ्ग, ढोल र डम्फा बजाउँदै समूहगत रूपमा जोगिरा गाइन्थ्यो । अहिले त्यो दृश्य देख्न पाइँदैन ।” वैदेशिक रोजगारीका कारण युवा पुस्ता बाहिरिनु पनि यसको अर्को कारण मानिएको छ ।

संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडीका अनुसार ग्रामीण क्षेत्रका होली गीतमा स्थानीय माटोको सुगन्ध र मौलिकता झल्किन्थ्यो । “पश्चिमी प्रभाव र अश्लीलताले मौलिक जोगिरालाई विस्थापित गर्दै गएको छ”, उनले भने । साहित्यकार तथा संस्कृतिविद् डा राजेन्द्र विमलले जोगिरा संरक्षणका लागि सामूहिक पहल आवश्यक रहेको बताए । “होली यस्तो हुनुपर्छ जहाँ महिला, पुरुष निर्धक्क भएर सहभागिता जनाउन सकून् र विश्वले मिथिलाको उदाहरण प्रस्तुत गरोस्”, उनले जोड दिए।

यसैबीच, जनकपुरधामस्थित मिथिला नाट्य कला परिषद् (मिनाप) ले पछिल्ला वर्षहरूमा जोगिरा प्रतियोगिता आयोजना गर्दै संरक्षणको प्रयास गरिरहेको छ । यद्यपि, परम्परागत जोगिराको मौलिकता जोगाउन राज्य, स्थानीय तह र समुदाय सबैको सक्रिय चासो आवश्यक रहेको संस्कृतिप्रेमीहरूको धारणा छ ।
 


प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP