काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नम्बर- १ की उम्मेदवार रञ्जु दर्शना आमा बनेकी छन्। उनले आज छोरालाई जन्म दिएकी हुन् ।
प्रसूतिका लागि उनी काठमाडौंस्थित सिभिल अस्पताल भर्ना भएकी थिइन्। मंगलबार बिहान करिब ११ बजे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै आफू अस्पताल भर्ना भएको जानकारी दिएकी थिइन्।
उनी अस्पतालमा भए पनि चुनाव प्रचारप्रसार मतदातासँग भोट माग्ने काम रोकिएको छैन।