Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • छानबिन प्रतिवेदन दराजमा, नागरिकको ज्यान जान्छ सडक दुर्घटनामा
छानबिन प्रतिवेदन दराजमा, नागरिकको ज्यान जान्छ सडक दुर्घटनामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १२, २०८२
  • सोमबार एकैदिन २० जनाको मृत्यु, त्रिशूली, उदयपुर र लमहीमा दुर्घटना
  • तीन दुर्घटनामा ५० घाइते
  • पछिल्ला १८ दिनमा भएको तीन ठूला दुर्घटनामा ४४ जनाको मृत्यु
  • सिमलताल दुर्घटनासँगै विभिन्न छानबिन प्रतिवेदन दराजमा
  • नागरिक भने सवारी दुर्घटनामा अकालमै ज्यान गुमाउँदै

रिजाल प्रतिवेदनमात्रै कार्यान्वयन गर्दा पनि धेरै हदसम्म सवारी दुर्घटना न्यूनीकरण हुन्छ । तर, सरकार कार्यान्वयन गर्दै गर्दैन, दुर्घटनापछि मानिसहरूमा उत्पन्न हुने आक्रोशलाई डाइभर्ट गर्नमात्रै समिति गठन गरेको देखिन्छ ।
आशिष गजुरेल
यातायात पूर्वाधारविज्ञ


काठमाडौं- १९ जनाको ज्यान जानेगरी सोमबार त्रिशूलीमा बस दुर्घटनापछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयको एक जना सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय सोमबार गरेको गृह प्रवक्ता आनन्द काफ्ले बताए । 

‘दुर्घटनाको कारण के हो ? कसरी भयो ? त्यसको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको हो । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ,’ काफ्लेले प्रभावसँग भने ।  विगतमा पनि ठूला सवारी दुर्घटनापछि सरकारले छानबिन समितिहरू गठन नगरेका होइनन् । छानबिन समितिहरूले बुझाएका प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता पनि सरकारले जनाउँछ । तर, कार्यान्वयन गर्दैन । प्रतिवेदनहरू मन्त्रालयकै दराजमा थन्क्याइन्छन् ।

यससम्बन्धी पछिल्लो दृष्टान्त २८ असार २०८१ मा नारायणगढ-मुग्लिन सडकअन्तर्गत सिमलतालमा दुईवटा दुर्घटना भएपछि गृह मन्त्रालयले तत्कालीन सहसचिव छवि रिजालको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदनको स्थिति हेरे पुग्छ । समितिले दुर्घटनाको कारण पत्ता लगाएर आगामी दिनमा यातायात क्षेत्रमा सुधार गर्नुपर्ने विषयहरू समेटी सुझाव दिएको थियो । रिजालका अनुसार प्रतिवेदनमा दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा परिषद् गठन गर्नुपर्ने सुझाव दिइएको थियो । यसबाहेक सडक सुरक्षा ऐन निर्माण गर्न, राजमार्गमा अटोमेटेड भेहिकल मनिटरिङ सिस्टम, भेहिकल इन्ट्री मेकानिजम राख्नुपर्नेजस्ता सुझाव प्रतिवेदनमा थियो । ती सुझावहरू अहिलेसम्म कार्यान्वयन भएका छैनन् ।

Hardik health

राजमार्गका निश्चित दूरीहरूमा रिफ्रेसमेन्ट सेन्टर स्थापना गर्नुपर्ने, भेहिकल फिटनेस सेन्टरको स्थापना गर्नुपर्ने, टाइम कार्ड लागू गर्नुपर्ने, राजमार्गमा हुने तीव्र गतिको जाँच गर्न सर्भिलेन्स र मनिटरिङ सिस्टम हुनुपर्नेजस्ता सुझाव पनि प्रतिवेदनमै थियो ।  सुझाव कार्यान्वयन गर्नुभन्दा पनि सरकारप्रतिको जनआक्रोश तत्कालका लागि मत्थर पार्नमात्रै समिति गठन गरेको देखिने यातायात पूर्वाधारविज्ञ आशिष गजुरेल बताउँछन् । ‘रिजाल प्रतिवेदनमात्रै कार्यान्वयन गर्दा पनि धेरै हदसम्म सवारी दुर्घटना न्यूनीकरण हुन्छ,’ उनले प्रभावसँग भने, ‘तर, सरकार कार्यान्वयन गर्दै गर्दैन, दुर्घटनापछि मानिसहरूमा उत्पन्न हुने आक्रोशलाई डाइभर्ट गर्नमात्रै समिति गठन गरेको देखिन्छ ।’

नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक औसतमा सवारी दुर्घटनाबाट सात जनाको ज्यान जाने गरेको छ । घाइते हुनेको संख्या त धेरै छ । पछिल्ला १८ दिनमा तीन ठूला दुर्घटना हुँदा ४४ जनाको मृत्यु भयो । आइतबार राति १९ जनाको मृत्यु र २५ जना घाइते भएको दुर्घटना यसबीचको तेस्रो ठूलो दुर्घटना हो । गत २३ माघमा बैतडीमा ठूलो दुर्घटना भयो । जिल्लाको पुर्चौडी नगरपालिका-७ भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा सुदूरपश्चिम प्रदेश ०२-००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भयो ।

त्यसको चार दिनपछि २७ माघमा रामेछापमा ठूलो दुर्घटना भयो । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस रामेछापस्थित तामाकोशी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो । त्यसबेला सडकबाट नदीमा खसेको बसको गोताखोरमातर्फत उद्धार गरिएको थियो । यसरी १८ दिनमै तीन ठूला दुर्घटना हुँदा ४४ जनाले ज्यान गुमाए, ५० जनाभन्दा बढी घाइते भए ।  सार्वजनिक यातायात बढी असुरक्षित हुँदै जाँदा जनआक्रोश पनि बढ्दो छ । यद्यपि, सरकारी निकायको बेवास्ता कायमै छ । यसअघि सिमलताल दुर्घटनापछि तत्कालीन गृहमन्त्री रमेश लेखकले रिजाल समितिको प्रतिवेदनको कार्यान्वयन गर्ने बताएका थिए । तर, २३ र २४ भदौको जेन-जी विद्रोहको पहिलो दिन नै लेखकले सरकारबाट राजीनामा दिए । 

यतिबेला भने नागरिक सरकार छ । निर्वाचन गर्नुपर्ने ‘म्याण्डेट’ पाएको सुशीला कार्की सरकारले प्रतिवेदन कार्यान्वयन गर्न आवश्यक कानुनी पूर्वाधार तयार गर्ने अवस्था छैन । यता नागरिकले भने अकालमै सवारी दुर्घटनामा परी ज्यान गुमाउन बाध्य छन् । 
 

सोमबारमात्रै २० जनाको मृत्यु 
सोमबार पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौंदी नजिक भएको बस दुर्घटनामा १९ जनाले ज्यान गुमाएका छन् । पोखराबाट काठमाडौं आउँदै गरेको बस सोमबार बिहान १ बजे त्रिशूली नदीमा खसेको थियो । उक्त दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३० बस्ने अन्दाजी वर्ष ४० का विवेक बस्तोला, स्याङ्जाको वालिङ-१४ घर भएका ६३ वर्षका चन्द्रबहादुर कुँवर, तनहुँको व्यास नगरपालिका वडा नं ४ का ४० वर्षका ओमकुमार मल्लको मृत्यु भएको छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-४ का वर्ष ३० का इञ्जिनियर ठकुरी, तनहुँको शुक्लागण्डकी नगरपालिका-७, मालेबगरकी ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंको बौद्ध टुसालका ४२ वर्षीय लोब्साङ गोले, तनहुँको भीमनगर नगरपालिका वडा नं ६ बस्ने वर्ष ४६ का हरिप्रसाद सिग्देल, पाल्पाको तानसेन नगरपालिका वडा नं २ बस्ने वर्ष ५५ का नविन्द्र श्रेष्ठ, तनहुँकै शुक्लागण्डकी गाउँपालिका वडा नं ७ का वर्ष ६३ का रुद्रप्रसाद ढकाल, शुक्लागण्डकी गाउँपालिका वडा नं २ कै वर्ष २० की अर्चना पौडेल र कास्कीको पोखरा- १४ चाउथेकी २१ वर्षीया अञ्जली क्षेत्रीको पनि बस दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कास्कीकै माछापुच्छ«े गाउँपालिका-३ का वर्ष २१ का रोहित नेपाली, स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ६ बस्ने वर्ष ४५ का धनश्याम सुवेदी, काठमाडौंको बुद्धनगर बस्ने वर्ष ३३ की अनिशा महर्जन, मोरङको उर्लाबारी-१ की वर्ष २७ की हिरा चौधरी र कास्कीको पोखरा महानगरपालिका-१९ का वर्ष २६ का सुजित नेपालीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।  धादिङ प्रहरीका सूचना अधिकारी प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा बेलायतका २४ वर्षीय स्टिवर्ट डोमिनिक इथान, ३४ वर्षीय चिनियाँ नागरिक जियाङ चोनुम र भारतको उत्तर प्रदेश प्रान्त, बसहरी बहराइच घर भएका वर्ष ३२ का मनिष शुक्ला छन् । 

यस्तै, सोमबार नै मदन भण्डारी सडक मार्गस्थित उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा बस दुर्घटना हुँदा १५ जना घाइते भए । जिल्लाकै कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा२ख, ६२५७ नम्बरको ओखलढुंगे डिलक्स बस उदयपुरगढीको अँधेरीको गोलाइमा अनियन्त्रित भई सडकबाट तल खसेको उदयपुरका डिएसपी निरञ्जन थापाले बताए । उनका अनुसार घाइतेहरूलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ भने केहीको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । 

सोमबार नै दाङको लमही-घोराही सडकखण्डमा बस दुर्घटना हुँदा नौ जना घाइते भए । कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको लु२ख ३२७७ नम्बरको यात्रु बस सोमबार बिहान करिब १०ः४० बजे चिसापानी भन्ने ठाउँमा दुर्घटना हुँदा छ पुरुष र तीन महिला घाइते भए । दुर्घटनाको कारण पत्ता लागेको छैन ।

धनुषामा भने ट्रिपरले ठक्कर दिँदा ट्राफिक प्रहरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका-४ मुरलीचोकमा सोमबार भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो । विपरीत दिशाबाट आउँदै गरेको ट्रिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP