सुदूरपश्चिम - आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले आज जारी गरेको सूचनामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका कैलाली जिल्लाका सम्पूर्ण सीमानाकामा यही फागुन १८ गते सोमबार राति १२ः०० बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नहुञ्जेलसम्म निषेध गरिने भएको छ ।
एम्बुलेन्स, ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शबवाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सावारीसाधनबाहेक अन्य सवारीसाधन सञ्चालन निषेध गरिएको उल्लेख छ ।