Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ११, २०८२
Hardik health

सुदूरपश्चिम-  “चुनावका बेला आकर्षक नारा दिएर जनतालाई फकाउँछन्, चुनाव जितेपछि वाचा बिर्सन्छन्, यसपालि समस्या समाधान गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु”, कैलाली निर्वाचन क्षेत्र–५ का मतदाता जागुराम  चौधरीले आसन्न चुनावका बारेमा प्रतिक्रिया दिँदै भने, “खेतीको समयमा मल पाइँदैन, उत्पादित कृषिउपजको उचित मूल्य पाइँदैन, जोसुकैले चुनाव जिते पनि हाम्रो पीडा बुझिदिने कोही छैन ।” 
 
सोही वडाका स्थानीय रामदिन चौधरीले तीन दशकदेखि बसेको दुई कट्ठा ऐलानी जग्गाको लालपुर्जा दिलाउनेलाई मत दिने बताए । चुनावको समयमा उठाइने विकासका मुद्दा सम्बोधन हुन नसकिरहेको गुनासो यस क्षेत्रका मतदाताको छ । मुद्दा सम्बोधन नहुँदा आसन्न निर्वाचनका प्रत्यासीले हाल उठाइरहेका मुद्दाका बारेमा मतदाता विश्वस्त हुन सकिरहेका छैनन् ।  

चुनावी प्रचार प्रसारको सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरु यतिबेला घरदैलोमा पुगेर मतदाताको मन रिझाउन व्यस्त छन् । उम्मेदवारहरुले टोल भेला, कोणसभाजस्ता कार्यक्रम गरिरहेका छन् । चोक, चौतारी, चियापसलजस्ता ठाउँमा भेटघाट हुनेहरुबीच चुनावमा विजय पराजयका बारेमा आआफ्नो अड्कलबाजी गरिरहेका छन् । 
  
क्षेत्र–५ का प्रत्यासीहरुले उठाएका चुनावी एजेन्डा लगभग समान देखिन्छन् । फाप्ला क्रिकेट मैदान निर्माण, धनगढी विमानस्थलको स्तरोन्नति, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, सहिद दशरथचन्द विश्वविद्यालय पूर्ण क्षमतामा सञ्चालन गर्नेलगायतका एजेन्डालाई उम्मेदवारहरुले प्राथमिकता दिएर मत मागिरहेका छन् । 
 
यसअघिका निर्वाचनमा पनि यिनै विषय चर्चामा थिए । यीमध्ये सहिद दशरथचन्द विश्वविद्यालय सञ्चालनको प्रक्रियामा आइसकेको छभने फाप्ला क्रिकेट मैदान निर्माणका लागि ‘डिपीआर’ तयार भएर थप काम अघि बढ्न सकेको छैन । यसबाहेक भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारी सिर्जना, सूचना प्रविधिको प्रयोग र विस्तार, स्वास्थ्य क्षेत्रको सुधार, युवा स्वरोजगार तथा उद्यमशीलता, कृषि र आर्थिक क्षेत्रको विकासलाई पनि उम्मेदवारहरुले चुनावी मुद्दा बनाएका छन् ।   
 
धेरै उम्मेदवारले आआफ्नो प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिसकेका छन् । प्रतिबद्धतापत्रमा उम्मेदवारले मतदातालाई रिझाउने आकर्षक नारा समेटेका छन् । कतिपय उम्मेदवारले आफ्नो पक्षमा मत तान्न अर्को समुदायका व्यक्तिसँग मितेरी साइनो गाँस्नेसम्मका काम भएका छन् । मत माग्नका लागि मिठाईका डब्बासहित घरघरमा पुग्ने उम्मेदवारको चुनाव जित्ने रणनीति अनौँठो देखिएको छ । 
 
क्षेत्र नं ५ का मतदाता माया भट्टले भनिन्  “चुनावको बेला हारगुहार गर्नेहरु चुनाव जितेपछि फर्किँदैनन्, अहिले हारगुहार गरेर फकाउने प्रयास गरिए पनि सुझबुझपूर्ण रुपमा परिपक्व र सही उम्मेदवारलाई मत दिने तयारीमा मतदाता देखिन्छन् ।” अर्का मतदाता केशव पाठकले यसपालिको निर्वाचन गत विगतका भन्दा फरक परिस्थितिमा भइरहेकाले मतदाताले सोचविचार गरेर मतदान गर्ने अवस्था रहेको बताए । उनले भने , “कतिपय सञ्चार माध्यममा आइरहेका चुनावी विश्लेषणसम्बन्धी समाचार र सामाजिक सञ्जालमा आइरहेका सूचना वास्तविकताभन्दा फरक देखिन्छन्, मतदाता धेरै सचेत भइसकेका छन् ।”

प्रत्यासीहरुले सामाजिक सञ्जाललगायतका सूचना प्रविधिको प्रयोग गरेर मतदाता रिझाउने आसयका सामग्रीको प्रयोग बढाइरहेका छन् । यस क्षेत्रमा नेपाली काँग्रेसका नरनारायण शाह, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आले, राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबहादुर चन्द, उज्यालो नेपाल पार्टीका चन्द्र साउँद, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाही उम्मेदवार छन् ।
 
त्यसैगरी जनमत पार्टीका धनबहादुर चौधरी, नागरिक उन्मुक्ति पार्टी नेपालका जगन्नाथ चौधरी, नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का बजरङ्गबहादुर सिंह, राष्ट्रिय जनमोर्चाका शोभमणि जोशी, आमजनता पार्टीका देवसिंह विष्ट, नेपाल मजदुर किसान पार्टीका तृष्ण पुनमगर, मितेरी पार्टी नेपालका राधिकाकुमारी कार्की, स्वतन्त्र प्यारेलाल राना र ईश्वरी विष्ट उम्मेदवार छन् ।  


प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १९:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP