काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा समान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४१ अंकले बढेर दुई हजार ६१६ दशमलव ९७ को बिन्दुमा कायम भएको हाे ।
आज ३२९ कम्पनीको एक करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर ५६ हजार ३४८ पटक खरिदबिक्री हुँदा पाँच अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ शून्य दशमलव २८, विकास बैंक शून्य दशमलव ९०, वित्त शून्य दशमलव ५६, लगानी शून्य दशमलव ३७, जीवन बीमा शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ ।
होटल तथा पर्यटन शून्य दशमलव ३५, जलविद्युत् शून्य दशमलव २३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०६, लघुवित्त शून्य दशमलव ०७, म्युचुअल फन्ड शून्य दशमलव ४१, निर्जीवन बीमा शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।