Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • चुनाव हुनेमा संशय कायमै
चुनाव हुनेमा संशय कायमै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ११, २०८२
  • निर्वाचन बिथोल्ने प्रयास भएको भन्दै प्रधानन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको चिन्ता
  • राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा टुंग्याएर निर्वाचनमा जान पूर्वराजा ज्ञानेन्द्र शाहको दबाब
  • ज्ञानेन्द्रको अभिव्यक्तिमा समर्थन जनाउँदै राप्रपाद्वारा निर्वाचन स्थगनको माग
  • दुर्गा प्रसाईं समूहदेखि नेकपा बहुमत निर्वाचन बहिस्कारमा 
  • रौतहटमा धार्मिक सद्भाव बिथोल्नेगरी तनाव
  • रास्वपा कार्यकर्ताहरू निर्वाचन सुरक्षामा चुनौती थप्नेगरी अराजक र उदण्ड बन्दै 

काठमाडौं- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन बिथोल्ने प्रयास भइरहेको भन्दै गम्भीर चिन्ता प्रकट गरेका छन् । उनका अनुसार केही कुण्ठित व्यक्तिहरू निश्चित उद्देश्य पूरा गर्ने प्रयोजनार्थ निर्वाचन बिथोल्ने प्रयासमा छन् । तर, त्यस्तो प्रयास सफल नहुने उनले दाबी गरे । 

‘केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि नचाहिने हल्लाहरू गर्न सक्छन्, उनीहरूको निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि अब नेपाली जनता साक्षी बस्न सक्दैनन्,’ उनले आइतबार गोरखापत्र संस्थानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘अब निर्वाचनको वातावरण बिथोलिने वातावरण बन्दैन । जसरी पनि निर्वाचन सम्पन्न हुन्छ ।’

प्रधानमन्त्री सुशीला कार्कीले केही शक्तिले निर्वाचन बिथोल्न खोजिरहेको भन्दै शनिबार लुम्बिनी पुगेर चिन्ता प्रकट गरेकी थिइन् । त्यसको भोलिपल्टै निर्वाचन गर्ने संवैधानिक निकायका कार्यवाहक प्रमुख भण्डारीले त्यस्तै चिन्ता प्रकट गर्नुले निर्वाचन अझै पनि अनिश्चयको घेरामा रहेको देखाउँछ । निर्वाचनको मिति भने आउन १० दिन बाँकी छ । अर्थात् यही २१ फागुनमा चुनाव तय भएको छ । 

यद्यपि, सरकारकै तहबाट निर्वाचन हुनेमा संशय प्रकट हुनुले निर्वाचनको वातावरण बिग्रिँदै गएको संकेत गरेको छ । जेन–जी विद्रोहअघि सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन होस् भनेको तर हुने वातावरण नभएको आइतबार पनि बताए । 

Hardik health

चुनाव क्षेत्र झापामा रहेका ओलीले पत्रकारहरूसँग भने, ‘हामी चुनावका लागि तयारीमै छौं । तर, छाँट हेर्दा होला जस्तो छैन ।’ ओलीले निर्वाचन हुनेमा आशंका प्रकट गर्दा देशमा व्यवस्था उल्टाउने भनेर जमर्को गरिरहेको दुर्गा प्रसाईंले नेतृत्व गरेको एउटा समूहले आइतबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकाल्दै देशले निर्वाचन नभई राजसंस्था र हिन्दूराष्ट्र खोजेको जनायो । प्रसाईंको रिहाको पनि माग गरेको थियो । 

राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपाले ८ फागुनदेखि राजसंस्था र हिन्दूराष्ट्रको मुद्दामा समझदारी गरेर मात्रै निर्वाचनमा जानुपर्ने माग उठाउन थालेको छ । निर्वाचन अभियानमा रहेको दलले आकस्मिक रूपमा यस्तो माग उठाउनुले निर्वाचनको वातावरण बिथोलिँदै गएको देखिएको छ । 

राप्रपाले यस्तो सर्त सार्नुभन्दा पहिले पूर्वराजा ज्ञानेन्द्र शाहको यही ७ फागुनमा निर्वाचनलाई स्थगन गर्नुपर्ने आशयको सनसनीपूर्ण अभिव्यक्ति सार्वजनिक भएको थियो । प्रजातन्त्र दिवसको सन्दर्भ पारेर सार्वजनिक अभिव्यक्तिले पनि कतै निर्वाचन भाँडिने त होइन ? शंका उब्जाएकै छ । 

उनले भनेका थिए, ‘प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छान्नु स्वाभाविक प्रक्रिया भए पनि यतिखेरको आम जनभावना यो छ कि राष्ट्रिय समस्या समाधान गरेरमात्रै निर्वाचनमा जानु उचित हुने छ । मुलुकमा निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्न समझदारी बनाएर जाँदा सही बाटो हुने थियो ।’

निर्वाचन बिथोल्न नेकपा संयुक्त, दुर्गा प्रसाईं समूहलगायत खुलेरै लागेका छन् । तर, पृष्ठभूमिमा राजतन्त्र पक्षधर अन्य शक्तिसँगै बाह्य शक्तिहरू पनि रहेको विश्लेषण भइरहेको छ । यी त भए राजनीतिक शक्तिको आवरणमा निर्वाचन हुन नदिने पक्षहरू । यसबाहेक बढ्दो सुरक्षा चुनौतीले पनि २१ फागुनमा निर्वाचन हुने वातावरण बिग्रिँदै गएको देखाएको छ ।

रौतहटमा शुक्रबारदेखि धार्मिक सद्भाव खल्बलिने गरी हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवादपछिको हिंसात्मक तनाव मत्थर भएको छैन । भलै, सर्वदलीय बैठकले धार्मिक सद्भाव र सहिष्णुता कायम गर्नेगरी ¥याली निकाल्ने भएको छ । निर्वाचनको पूर्वसन्ध्यामा भएको यस्तो गतिविधिले निर्वाचन सुरक्षामा गम्भीर चुनौती खडा गरेको पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल बताउँछन् । उनको विचारमा संयमता अपनाउँदै बुद्धिमतापूर्वक छिटो समाधान नगरे यसले निर्वाचनको वातावरण बिथोल्छ । 

यसबाहेक आफूलाई नयाँ दाबी गर्ने शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरू उदण्ड र अराजक बन्दै गएका छन् । उनीहरूले हालै दाङमा एमालेको झण्डा जलाए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को चुनाव चिह्न तारा च्यातिदिए । कांग्रेसको चिह्न रुख अंकित झण्डा पनि च्याते । गुल्मी, अछामलगायत देशको ठाउँ–ठाउँमा एमाले, नेकपालगायत दलका चुनावी सभालाई बिथोल्ने प्रयास गरेका छन् । सुनसरीमा कांग्रेस कार्यकर्ताहरूसँग शनिबार झडप नै भयो । प्रहरीले लाठीचार्ज गरेर दुवै पक्षलाई तितरबितर पार्नुपर्‍यो । 

सभापति रवि लामिछानेदेखि उक्त दलबाट भावी प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन्द्र शाहले उत्तेजक भाषण दिएपछि चुनावी सुरक्षामा गम्भीर चुनौती थप्नेगरीका अराजक गतिविधि भइरहेका छन्, जसले निर्वाचन नहुने आशंकालाई बल पुगेको छ ।
 


प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP