Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • अन्तरराष्ट्रिय मातृभाषा दिवस : बहुभाषिकता सामूहिक चेतनाको प्रतीक
अन्तरराष्ट्रिय मातृभाषा दिवस : बहुभाषिकता सामूहिक चेतनाको प्रतीक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १०, २०८२

काठमाडौं -  आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष रेसम गुरुङले मातृभाषा संरक्षण केवल सांस्कृतिक विषय मात्र नभइ शैक्षिक रूपमा पनि प्रभावकारी र दिगो उपाय भएको बताएका छन्  । अन्तरराष्ट्रिय मातृभाषा दिवसका अवसरमा प्रतिष्ठानद्वारा शनिबा आयोजित कार्यक्रममा उनले मातृभाषा संरक्षणप्रति अघात प्रतिबद्धता र सामूहिक चेतनाको प्रतीकका रूपमा दिवसलाई ग्रहण गरिएको उल्लेख गरेका हुन्  । 

उनका अनुसार बहुभाषिक शिक्षा केवल शिक्षण पद्दति मात्र नभइ समानता, समावेशिता र सांस्कृतिक न्यायको आधार हो । बहुभाषिक शिक्षा लागूभएका देशहरूमा बालबालिकाको सिकाइ उपलब्धि, आत्मविश्वास र विद्यालयमा निरन्तरताको दर बढेको अध्ययनले देखाएको उनले बताए ।

यस वर्षको नारा ‘बहुभाषिक शिक्षामा युवाहरूको आवाज’ले युवालाई सहभागी मात्र नभइ सहनिर्माताका रूपमा अघि बढाउनुपर्ने सन्देश दिएको उनको भनाइ थियो । “विविधता हाम्रो कमजोरी होइन, हाम्रो शक्ति, पहिचान र गौरव हो,” उहाँले भन्नुभयो । लोपउन्मुख भाषाको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने उनको जोड थियो । अध्यक्ष गुरुङले मातृभाषामा प्रारम्भिक शिक्षालाई गुणस्तरीय बनाउन, भाषासम्बन्धी अनुसन्धानलाई प्रोत्साहन गर्न, समुदाय सरकार र शैक्षिक संस्थाबीच सहकार्य सुदृढ गर्न तथा डिजिटल युगअनुकूल सामग्री विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए ।     

Hardik health

कार्यक्रममा मातृभाषा संरक्षण, विकास र उत्थानका लागि समुदायले गरेका असल अभ्यास, उपलब्धि र नवप्रयोग सार्वजनिक गरिएको थियो । डिजिटल प्रविधि, सामाजिक सञ्जाल, साहित्य, सङ्गीत, चलचित्र, अनुसन्धान र उद्यमशीलतामार्फत मातृभाषालाई आधुनिक युगसँग जोड्नुपर्नेमा जोड दिइएको थियो ।
    
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १२४ भाषा रहेको र तीमध्ये केही भाषा लोपउन्मुख अवस्थामा रहेको छन् । मातृभाषामा पठनपाठन भइरहेका विद्यालयका शिक्षकलाई प्रशिक्षण, शब्दकोष तथा पाठ्यसामग्री निर्माण, लिपि विकास र अभिलेखीकरणजस्ता कार्य प्रतिष्ठानले गर्दै आएको छ । 

प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा माझी, सुनुवार, थामी, तामाङ, दुरा, नेवार, ह्योल्मो, राई, लिम्बू, मगर, थारु, भोटे, छन्त्याल, शेर्पा र सुरेल समुदायका प्रतिनिधिले आ-आफ्ना भाषासम्बन्धी अनुभव प्रस्तुत गरेका थिए । प्रतिनिधिहरूले आदिवासीसम्बन्धी ऐन, कानुन र नियमावली बहुभाषिक बनाउन तथा कार्यक्रममा अनुवाद र प्रविधिको व्यवस्था गर्न सुझाव प्रस्तुत गरेका  थिए । 
    
अन्तरराष्ट्रिय मातृभाषा दिवसको पृष्ठभूमिमा सन् १९५२ फेब्रुअरी २१ मा बङ्गलादेशको ढाकामा विद्यार्थीले बङ्गाली भाषालाई राष्ट्रभाषाको मान्यता दिन माग गर्दै गरेको आन्दोलनलाई स्मरण गरिन्छ । बङ्गलादेशकै पहलमा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९९९ मा २१ फेब्रुअरीलाई अन्तरराष्ट्रिय मातृभाषा दिवस घोषणा गरेको हो । सन् २००० देखि यो दिवस विश्वभर मनाइँदै आएको छ ।
 


प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP