Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • अराजक गतिविधिले चुनावी सुरक्षामा चुनौती
अराजक गतिविधिले चुनावी सुरक्षामा चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १०, २०८२
  • कांग्रेस, एमाले र नेकपाको झण्डा जलाउने र च्यात्ने गतिविधिमा रास्वपा कार्यकर्ता सक्रिय हुँदा सद्भाव खलबलिने डर
  • रास्वपालाई मत नदिने मतदाता देशद्रोही भन्दै मतदाताको अपमान 
  • सुनसरीमा कांग्रेस-रास्वपा कार्यकर्ताबीच झडप 

काठमाडौं- ‘आफूलाई नयाँ’ र ‘देश बदल्ने’ भन्दै प्रतिनिधिसभा निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता, कार्यकर्तादेखि समर्थकसम्म उत्तेजक शैलीमा प्रस्तुत हुँदा निर्वाचन सुरक्षामा गम्भीर चुनौती थपिएको छ । पछिल्ला केही दिनयता शृंखलाबद्धरुपमा देशको ठाउँठाउँमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को झण्डा रास्वपाका कार्यकर्ता र समर्थकहरूले जलाएपछि सद्भाव खलबलिने जोखिम बढेको हो ।

नेकपा माओवादीका चुनाव प्रचारमा खटिएका कार्यकर्तामाथि कुटपिट भएको छ । केही ठाउँमा कांग्रेसका कार्यकर्तासँग रास्वपाका कार्यकर्ता झडपमा उत्रिएका छन् । उनीहरू पूर्वराजा वीेरेन्द्रको सालिकमा टेक्ने, अपमान गर्नेदेखि अराजक गतिविधि प्रदर्शन गरिरहेका छन् । यस्तो अराजक गतिविधि बढेपछि कांग्रेस, एमालेदेखि नेकपासम्मका युवा संगठनहरूले प्रतिरोध गर्नेसम्मका चेतावनी दिएका छन् । प्रतिरोधको चेतावनीले निर्वाचन सुरक्षामा गम्भीर चुनौती थपिएको छ । 

यसबीच शनिबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । सुरक्षा निकायका प्रमुखहरू सम्मिलित बैठकमा मधेसको रौतहट घटना र निर्वाचनको क्रममा देखिएका अराजक र उदण्ड क्रियाकलापले निर्वाचन सुरक्षामा बढाएको चुनौतीसँगै त्यसलाई नियन्त्रणमा लिनेबारे छलफल भएको छ । गृह प्रवक्ता आनन्द काफ्लेले प्रभावसँग भने, ‘निर्वाचन सुरक्षा, देखिएका केही चुनौती र समाधान गर्नेबारे छलफल भयो ।’ 

निर्वाचन हुन दुई साता पनि छैन । तर, रास्वपा नेता कार्यकर्ताहरूले ‘चुपचाप घण्टी छाप’भन्दै मतदातामाथि प्रश्न नगरी मतदानका लागि मनोवैज्ञानिक दबाब बढाइरहेका छन् । निर्वाचन आचारसंहिताको धज्जी उढाउने यस्ता गतिविधिले भयरहित र शान्तिपूर्ण निर्वाचन हुनेमा शंका उब्जाएको छ । 

Hardik health

शनिबार सुनसरी-४ मा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले लाठीचार्ज गर्नुपर्ने स्थिति आयो । सुनसरी क्षेत्र नम्बर-४ भोक्राहा नरसिंह गाउँपालिका-४ मा कांग्रेसको चुनावी कार्यक्रममा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले लाठीचार्ज गरेको हो । कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्की चुनावीसभालाई सम्बोधन गर्न जाने क्रममा बाटोमै रास्वपाका केही युवासँग भेट भएपछि विवाद सुरु भएको थियो । सामान्य भनाभन चर्किंदै हात हालाहालसम्म पुगेपछि अवस्था तनावपूर्ण बनेको थियो ।

निर्वाचन सुरक्षामा खटिएको प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिन र भीड तितरबितर गर्न लाठीचार्ज गरेको सुनसरी प्रहरी प्रमुख केशवकुमार थेबेले बताए । उनका अनुसार झडपमा संलग्न कार्यकर्ताहरू एउटै क्षेत्रका छिमेकी भए पनि फरक-फरक राजनीतिक दलमा आबद्ध भएकाले विवाद उत्पन्न भएको थियो । एक जना प्रहरी अधिकारीका अनुसार रास्वपा कार्यकर्ताहरूलाई कांग्रेस कार्यकर्ताहरूलाई ‘मासुभाते’ भनेर अपमान गरेका थिए । त्यसपछि स्थिति तनावपूर्ण बनेको थियो ।

देशका विभिन्न स्थानमा रास्वपाका कार्यकर्ताले अराजक शैलीमा अन्य दलका उम्मेदवारदेखि मतदातासम्मलाई थर्काउने गरेको गुनासो आइरहेको छ । यस्तो गतिविधिको एमाले अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा विरोध गर्दै रास्वपाको पराजित मानसिकता प्रकट भएको रूपमा आलोचना गरे । शनिबार झापाबाट उनले भने, ‘मलाई के लाग्छ भने, रास्वपाले चुनाव जितिन्नँ भन्ने निष्कर्ष निकालेको जस्तो लाग्छ । त्यसकारण उसले कतै झण्डा जलाउने, अत्यन्तै अभद्र, अमर्यादित, अशोभनीय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने, त्यस प्रकारको कुराहरू देखिन थालेको छ ।’

उनले चुनाव भाँड्ने स्थितिमा रास्वपा पुगेको आरोप लगाए ।  ‘उनीहरू आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव लड्ने, पक्षमा नतिजा आउँदैन भने चुनाव लड्न नदिने, खालको प्रवृत्तिमा देखिन्छ,’ अ‍ोलीले भने । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले विभिन्न जिल्लाका मञ्चबाट उत्तेजक भाषणसहित स्टन्टबाजी बढाउँदै लगेपछि कार्यकर्तामा पनि उदण्डता देखिएको हो । रविले ठाउँ-ठाउँका सभामा विपक्षी दलहरूलाई सिध्याउनै पर्ने बताइरहेका छन् । उनले सुर्खेत र धनगढीको भाषणमा प्रतिपक्षीसमेत नरहनेगरी अन्य दललाई बढार्नुपर्ने उत्तेजक भाषण दिए । उनले यस्तो उत्तेजक भाषण ठाउँठाउँमा दिँदै हिँडेका छन् । 

उनले बिहीबार सुर्खेतमा पनि अरू सबै दललाई सिध्याउनुपर्ने बताएका थिए । उनी र बालेन्द्रका उत्तेजक भाषणकै फलस्वरूप अहिले रास्वपा कार्यकर्ताहरू असहिष्णु र उग्र शैलीमा प्रस्तु भइरहेका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई रास्वपाप्रति नरम भएको आरोप लाग्ने गरेको छ । अर्कातिर भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा जोडिएका कयौं युवा अहिले रास्वपामा छन् । उनीहरू अब परिवर्तन भन्दै हिँडिरहेका छन् । तर उनीहरूले परिवर्तनको नारा लगाउँदै गर्दा ठाउँ-ठाउँमा अराजक गतिविधि गरेपछि अन्य दल विरोधमा उत्रिएका छन् ।

चुनाव प्रचारका लागि घण्टी नै बोकेर हिँडेका रास्वपा कार्यकर्ताहरूले बिहीबारमात्रै दाङ र अछाममा अन्य दलका कार्यक्रम बिथोल्ने प्रयास गरे । दाङमा त रविकै अगाडि रास्वपा कार्यकर्ताले एमालेको झण्डामा आगो झोसिदिए । शुक्रबार र शनिबार गरी तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  उता गुल्मीमा एमाले उम्मेदवार प्रदीप ज्ञवाली र उनका कार्यकर्ताहरूलाई पनि बाटो छेक्दै अवरोध प्रयास भएको छ । एमाले नेता कार्यकर्ताहरूलाई चिढ्याउनेगरी घण्टी बजाइदिने, असहिष्णु शैलीमा नाराबाजी गर्नेजस्ता गतिविधि रास्वपा कार्यकर्ताहरूले गरिरहेको ज्ञवालीले बताएका छन् ।

एमालेको चुनावी अभियानलाई तनाव दिनेगरी रास्वपा कार्यकर्ताहरूले बाटो-बाटोमा अवरोधको कोसिस गरिरहेको उनले बताएका छन् । बिहीबार एकैदिन दाङ र अछाममा रास्वपाका कार्यकर्ताहरू एमाले र नेकपाको चुनावी कार्यक्रम बिथोल्ने शैलीमा देखिएका हुन् ।  अछाम क्षेत्र नम्बर १ मा नेकपा उम्मेदवार डा. भीमबहादुर रावलको चुनावी सभामै पसेर रास्वपा कार्यकर्ताले हुलदंगाको कोसिस गरेका छन् ।

रामारोशन गाउँपालिका-५ चौकामा चुनावी सभा भइरहँदा बोलेरो गाडीमा आएका रास्वपा कार्यकर्ताहरूले घण्टी बजाएर आमसभा बिथोल्न खोजेको नेकपाले जनाएको छ । निर्वाचन प्रचारप्रसार कमिटीका संयोजक शेरबहादुर कुँवरका अनुसार सभा चलिरहेको स्थानमा ठूलो स्वरमा माइक बजाउँदै आएका रवि-बालेन्द्रका कार्यकर्ताले सुरूमा गाडीबाटै घण्टी बजाउँदै चिढ्याउने काम गरेका थिए । रास्वपाका कार्यकर्ताको यस हर्कतलाई निर्वाचन आचारसंहिताविपरीतको कदम भन्दै नेकपाले भत्र्सना गरेको छ । निर्वाचन कानुन र आचार संहिताबमोजिम उनीहरूमाथि कारबाही गर्न पनि नेकपाले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।

एक साताअघि बारामा पनि रास्वपा कार्यकर्ताले अर्कोे दलका मतदातालाई बलजफ्ती गरेका थिए । ती मतादाताले रास्वपालाई भोट नदिने भन्दा कानमै घण्टी ल्याएर थर्काउँदै भोट दिन दबाब दिएको भिडियो भाइरल भएको छ । उग्र र असभ्य शैलीमा प्रस्तु भएका उनीहरूले रास्वपालाई भोट दिने वाचा नगरेसम्म घण्टी बजाइरहने भन्दै मतदातालाई चिढ्याउने काम गरेका थिए ।

बिहीबारमात्रै दाङको तुलसीपुरमा रास्वपा सभापति लामिछानेको स्वागत गर्न बसेका रास्वपा कार्यकर्ताहरूले एमालेको झण्डा जलाइदिए । सडकमा घण्टीसहित बसेका उनीहरूले एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य र अमर्यादित नाराबाजी गरेका थिए । यता रास्वपा सहप्रवक्ता प्रतिभा रावलले दाङको घटना पार्टीको योजना र निर्देशनअनुसार नभएको बताएकी छन् । उनले उक्त घटनामा पार्टीको संलग्नतालाई अस्वीकार गरेकी छन् ।

एमाले महासचिव पोखरेलको गृहनगरमा भएको उक्त कार्य निन्दनीय र अलोकतान्त्रिक भएको रावलले बताएकी छन् । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न पनि माग गरेकी छन् । उता बिहीबार नै सुनसरी क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत रहेका रास्वपा नेता अशोक चौधरीले घण्टीमा भोट नहाल्नेहरूलाई देशद्रोही भन्दै धम्क्याएका छन् । इटहरीमा आयोजित कार्यक्रममा उनले रास्वपालाई भोट नदिनेहरू देशद्रोही भनेपछि युवाहरूले नाराबाजीसहित प्रतिकार गरे । उनीहरूले ‘घण्टी मुर्दावाद’ नारासहित प्रतिकार गरेपछि चौधरीले बोल्दाबोल्दै स्थगित गरे ।

चौधरीले आपत्तिजनक कुरा बोलेपछि कार्यक्रममा सहभागी युवा र अन्य दलका प्रतिनिधिहरूले आपत्ति जनाएर हल्ला गरे । कार्यक्रममा सहभागी एक उम्मेदवार घनश्याम गुरुङले स्टेजबाटै प्रतिवाद गरे । उनले भने, ‘हामी तपाईंको प्रतिस्पर्धी हौं । के हामी पनि राष्ट्रघाती हौं ? मतदातालाई यसरी गाली गर्ने अधिकार कसले दियो ?’

यस्तै, नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग सर्लाही-४ मा प्रतिस्पर्धामा उत्रिएका रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले चुनाव नजिते आत्मदाह गर्छु भन्दै मतदातालाई ‘ब्ल्याकमेलिङ’ गरेका छन् । उनले गगन नहारे आफूले आत्महत्यासमेत गर्ने बताइरहेका छन् । यता ललितपुर क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार जगदीश खरेलले आफूलाई कडा प्रश्न गर्ने मतदातालाई हनुमानको संज्ञा दिए । उनलाई एक मतदाताले बारबरा फाउण्डेसनसँगको आबद्धताबारे प्रश्न गर्दा चिढिएका उनले हनुमानको संज्ञा दिएका हुन् । 

रास्वपा कार्यकर्ताको उदण्डता बर्दघाट नवलपरासीमा पनि देखिएको छ । रास्वपाको क्षेत्रमा प्रचार गर्न आएको भन्दै त्यहाँ दुई बुधबार नेकपा माओवादीका उम्मेदवारसहित कार्यकर्तामाथि कुटपिट भएको थियो । बर्दघाट नगरपालिका-१२ जमुनिया बजारमा माओवादीले गरेको प्रचारप्रसार कार्यक्रममा रास्वपाका कार्यकर्ताको समूहले उम्मेदवारसहितका कार्यकर्तालाई कुटपिट गरेका थिए । कुटपिट गर्नेहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरूमा बर्दघाट नगरपालिका-१३ का ३१ वर्षीय अजय गौतम, बर्दघाट-१३ धनेवा बस्ने २२ वर्षीय दिपिन थापा, १९ वर्षीय आयुष राना मगर र १८ वर्षीय राज बीसी भन्ने राम मिजार रहेका छन् । 
उनीहरूको कुटपिटबाट नेकपा माओवादीका उम्मेदवार राजुप्रसाद हरिजन, क्षेत्रीय प्रचारप्रसार सहसंयोजक निरज पाठक, जिल्ला सदस्य नकुल सी र बर्दघाट नगर इञ्चार्ज गणेश पाण्डे घाइते भएका थिए ।

लगातार एकपछि अर्को अराजक गतिविधि बढेपछि एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महराज गुरुङले प्रहरीले रास्वपा कार्यकर्ताहरूको अराजक र उदण्ड क्रियाकलाप नियन्त्रणमा नलिने हो भने युवा संघले लिने चेतावनी दिएका छन् । उनले युवा संघ जस्तोसुकै मूल्य चुकाउन तयार रहेको भन्दै प्रतिवाद गर्ने बताए । अराजक र सहकारी ठगहरूको ग्याङको रूपमा रास्वपा र तिनका नेता कार्यकर्तादेखि समर्थकहरूलाई चित्रण गर्दै उनले युवा संघ ज्युँदाहरूको संगठन भएको बताए । कांग्रेस, नेकपा र राप्रपासम्मका युवा संगठनहरूले पनि रास्वपाका अराजक गतिविधिप्रति प्रतिवाद गर्ने चेतावनी दिएका छन् । 

धार्मिक सहिष्णुता कायम गर्न आग्रह 
रौतहटमा शुक्रबार र शनिबार हिन्दू-मुस्लिम समुदायबीच उत्पन्न तनावलाई लिएर सरकारले सबै धर्म र समुदायबीच सहिष्णुता, सद्भाव र पारस्परिक सम्मान कायम राख्न आग्रह गरेको छ । मस्जिदमा नमाज पढिरहेका बेला हिन्दू समुदायका केही मानिसहरूले बाजागाजा बजाएको भन्दै उत्पन्न विवादबीच ढुंगा हानाहानदेखि आगजनीसम्मको स्थिति निम्तिएको थियो ।

शुक्रबार स्थिति नियन्त्रणमा लिन हवाइ फायर गर्नुपरेकोमा शनिबार भने कफ्र्यू आदेश नै जारी गरेर नेपाली सेनालाई सडकमा उतारिएको थियो ।  निर्वाचनको मुखमा सुरक्षामै गम्भीर चुनौती थपिने स्थितिपछि शनिबार नै गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले धार्मिक सहिष्णुता र सद्भाव कायम राख्न सबै समुदायलाई आग्रह गरेको हो । 

गृह मन्त्रालयकी सहप्रवक्ता उपसचिव रमा आचार्य सुवेदीद्वारा जारी विज्ञप्तिमा विभिन्न धर्म, जातजाति, वर्ग वा समुदायबीच द्वेष फैलाउने तथा हिंसात्मक गतिविधि दुरुत्साहित गर्ने कार्य कानुनअनुसार दण्डनीय रहेको उल्लेख छ । घटनालाई उक्साएको आरोपमा जनमत पार्टीका रौतहट अध्यक्षलाई नै प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । 
 


प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP