Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ७, २०८२

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औं महाधिवेशनको संघारमा अध्यक्ष पदका बलिया प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोविन शेरचनले विश्वव्यापी दौडाहा सुरु गर्ने भएका छन्।

संघभित्र देखिएको विवाद समाधान गरी एकताको सन्देश प्रवाह गर्न विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको निम्तोमा शेरचनले अर्को सातादेखि दुई हप्ते विश्व भ्रमण सुरु गर्न लागेका हुन्।

शेरचनले हालै जारी गरेको ‘बृहत् एकताका लागि अपील’ पछि एनआरएनए वृत्तमा चुनावी माहोल थप तातिएको छ। उनले आफ्नो अपिलमा व्यक्तिभन्दा संस्था ठूलो हो भन्ने मूल मन्त्रलाई आत्मसात् गर्न आग्रह गर्दै व्यक्तिगत अडान र समूहगत स्वार्थभन्दा माथि उठेर प्रवासमा रहेका नेपालीहरूको साझा घरलाई बलियो बनाउन सबै पक्षलाई आह्वान गरेका छन्। शेरचनको यो सन्तुलित र मध्यमार्गी अडानका कारण विश्वभरका एनसीसीहरूले उनलाई आफ्नो देशमा संवादका लागि आमन्त्रण गरेका हुन्।

Hardik health

शेरचनको यो भ्रमण विशेषगरी एनआरएनएभित्र डेलिगेट्स चयन र निर्वाचन प्रणालीमा देखिएका असमझदारी सुल्झाउन केन्द्रित रहनेछ। सहमति र संवादको विकल्प छैन भन्दै उनले प्रधानमन्त्रीको उपस्थितिमा भएको १० बुँदे सहमतिको मर्म अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।शेरचनले संसारभरका सदस्यहरूले सहज रूपमा मतदान गर्न पाउने पारदर्शी अनलाइन वा भौतिक मतदान प्रक्रिया सुनिश्चित गर्नुपर्ने मागलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन्।

आगामी दुई हप्ताको कार्यतालिका अनुसार आफूले अमेरिका रिजनबाट यात्रा सुरु गर्न लागेको उनले बताए । जसअनुसार अमेरिका र क्यानडाका विभिन्न शहरहरूमा गैरआवासीय नेपालीहरूसँग साक्षात्का र गरिसकेपछि उनी ओसियानिया, मध्यपूर्व र युरोपका विभिन्न देशहरू पुग्नेछन्। युरोपको भ्रमण सम्पन्न गरी उनी एसियाका एनसीसीहरूसँग छलफल गर्दै निर्वाचनका लागि नेपाल आइपुग्ने योजना रहेको छ।

पछिल्लो समय एनआरएनएको निर्वाचनलाई लिएर देखिएको तिक्तताका बीच शेरचनको यो सक्रियता र एकताको अपिललाई अर्थपूर्ण रूपमा हेरिएको छ।  उनले निर्वाचनलाई विवादको नभई 'एकताको महाधिवेशन' बनाउनुपर्ने अडान राख्दै आएका छन्। शेरचनको यो मध्यमार्गी भूमिका र सबै पक्षलाई समेट्ने प्रयासले गर्दा नै विभिन्न देशका एनसीसीहरूले उनलाई एकताको अभियन्ताका रूपमा स्वीकार गर्दै स्वागतको तयारी गरेका हुन्।

एनसीसीहरूले उनको विस्तृत भ्रमण कार्यतालिकालाई अन्तिम रूप दिइरहेका छन् । यसबारे चाँडै विस्तृतमा सार्वजनिक गरिने बताइएको छ। एनआरएनएको १२औँ महाधिवेशन फागुन ३० देखि चैत २ सम्म काठमाडौँमा हुने तय भएको छ ।


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल
डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल सोमबार, वैशाख ७, २०८३
अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने
अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने आइतबार, वैशाख ६, २०८३
एनआएनए  र चाइल्ड हेल्थबीच सहकार्यकाे लागि सम्झौता
एनआएनए  र चाइल्ड हेल्थबीच सहकार्यकाे लागि सम्झौता आइतबार, चैत २९, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलसँग नवनिर्वाचित एनआरएन पदाधिकारीहरुकाे भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नवनिर्वाचित एनआरएन पदाधिकारीहरुकाे भेट सोमबार, चैत २३, २०८२
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP