Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • लहानका २४वटै वडामा निःशुल्क क्यान्सर शिविर
लहानका २४वटै वडामा निःशुल्क क्यान्सर शिविर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १, २०८२

सिरहा -  लहान नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै २४ वटै वडामा निःशुल्क क्यान्सर पहिचान तथा उपचार शिविर सञ्चालन गर्ने भएको छ । क्यान्सर रोगको समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले ‘लहान क्यान्सर केयर सेन्टर’ सँग आज औपचारिक सम्झौता गरेको छ ।

एक समारोहकाबीच नगरपालिका र केयर सेन्टरबीच सम्झौता भएको घोषणा गरिएको हो । कार्यक्रममा लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले क्यान्सर जस्तो गम्भीर रोगको समयमै पहिचान भए उपचार सम्भव हुने बताए । उनले भने , “हामी नगरका सबै वडामा पुगेर निःशुल्क शिविरमार्फत सेवा दिनेछौँ । करिब एक हजार जना नगरवासीलाई यो सेवा उपलब्ध गराउने हाम्रो मुख्य योजना छ ।”

नगरप्रमुख चौधरीले शिविरमार्फत क्यान्सरको प्रारम्भिक पहिचान गरिने र थप उपचार आवश्यकपर्ने बिरामीका लागि समन्वय गरिने जानकारी दिए । यस अभियानका लागि नगरपालिकाले आवश्यक बजेटको व्यवस्थापन गरिसकेको छ ।लहान क्यान्सर केयर सेन्टरका प्रमुख अशोकलाल अमात्यले क्यान्सर पहिचान अभियान आजैदेखि सुरु गरिने जानकारी दिए । उनका अनुसार शिविरमा पहिचान भएका बिरामीको उपचारमा भक्तपुर क्यान्सर अस्पतालले प्राविधिक सहयोग गर्नेछ । यस अभियानमा लायन्स क्लब अफ लहानलगायत स्थानीय सङ्घसंस्थाले पनि समन्वय र सहजीकरण गर्नेछन् । 

Hardik health

केयर सेन्टरले यसअघि पनि पूर्वाञ्चल क्यान्सर अस्पताल झापा र भक्तपुर क्यान्सर अस्पतालसँगको सहकार्यमा सेवा प्रदान गर्दै आएको छ भने समुदाय र विद्यालयस्तरमा सचेतना कार्यक्रम गर्दै आएको छ । त्यस्तै, प्रत्येक महिनाको अन्तिम बुधबार विशेषज्ञ चिकित्सकमार्फत स्क्रिनिङ सेवा दिँदै आएको छ । साथै, महिलामा हुने पाठेघरको मुखको क्यान्सर पहिचानका लागि ‘प्याप स्मेयर’ परीक्षण दैनिक रूपमा भइरहेको जनाइएको छ ।

 समारोहमा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल साहले लहान क्यान्सर सेन्टरसँग प्राविधिक सहकार्य गर्न आफूहरू तयार रहेको बताए । उनले यो अभियानले सिरहा मात्र नभई सप्तरी र उदयपुरसम्मका बिरामीलाई राहत पुग्ने विश्वास व्यक्त गरे । 


प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव शुक्रबार, साउन १५, २०८३
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो मंगलबार, साउन ५, २०८३
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित आइतबार, साउन ३, २०८३
चितवनमा स्क्रब टाइफसकाे  सङ्क्रमण ८९३ जनामा
चितवनमा स्क्रब टाइफसकाे सङ्क्रमण ८९३ जनामा शुक्रबार, साउन १, २०८३
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था मंगलबार, असार ३०, २०८३
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी सोमबार, असार २९, २०८३
मानसिक स्वास्थ्यसम्बन्धी सेवा परिचालन गर्ने :  स्वास्थ्य  मन्त्री
मानसिक स्वास्थ्यसम्बन्धी सेवा परिचालन गर्ने :  स्वास्थ्य मन्त्री आइतबार, असार २८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP