Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकासँग अर्को वार्ता छिट्टै हुने: इरान
अमेरिकासँग अर्को वार्ता छिट्टै हुने: इरान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २५, २०८२

पेरिस-  इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार वार्ताका लागि तेहरानको अडान दोहोर्याउनुभएको छ। उहाँले अमेरिकासँग वार्ताको ढोका खुल्ला राखेको र चाँडै सुरु हुने आशा व्यक्त गरेका छन् । 

इरानले अन्य कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी पनि दिएकाे छ।  अल जजिरा नेटवर्कसँगको अन्तर्वार्ताका क्रममा उहाँको आधिकारिक टेलिग्राम च्यानलमा प्रकाशित अंशका अनुसार अराघचीले शुक्रबारको ओमानमा भएको वार्तामा इरानको क्षेप्यास्त्र कार्यक्रमबारे कुनै अवस्थामा पनि सम्झौता गर्न नसकिने बताएका छन् । 

उनले अमेरिकाले इरानी भूमिमा आक्रमण गरेमा तेहरानले उक्त क्षेत्रमा रहेका अमेरिकी आधार शिविरलाई निशाना बनाउने चेतावनी दिएका छन्  । अराघचीले मस्कटमा अप्रत्यक्ष वार्ता भए पनि ‘अमेरिकी प्रतिनिधिमण्डलसँग पनि भेट भएको बताएका छन् । 

Hardik health

वार्ता ‘राम्रो सुरुवात’ भएको तर विश्वास निर्माण गर्न समय लाग्ने उनले बताए । उनले ‘छिट्टै’ पुनः वार्ता सुरु हुने बताए ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रबार वार्तालाई ‘धेरै सकारात्मक’ वातावरणको संज्ञा दिएका थिए । उनले अर्को हप्ता फेरि अर्को चरणको वार्ता हुने प्रतिबद्धता व्यक्त गरेका थिए  । 

इद्यपि, उनले शनिबारदेखि लागू हुने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै इरानसँग अझै पनि व्यापार गरिरहेका देशहरूमा अतिरिक्त ‘कर लगाउने’ बताएका छन् ।  अमेरिकाले इरानको तेल निर्यातमा अंकुश लगाउने उद्देश्यका साथ कैयौँ पानीजहाज र जहाजमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

विश्व व्यापार संगठनको तथ्यांक अनुसार इरानको व्यापारको एक चौथाइभन्दा बढी कारोबार चीनसँग छ, जसमा सन् २०२४ मा १८ अर्ब अमेरिकी डलरको आयात र १४.५ अर्ब डलर निर्यात समावेश छ।  अराघचीले अल जजिरासँग भने, “आणविक संवर्धन इरानको अपरिहार्य अधिकार हो र यसलाई निरन्तरता दिनुपर्छ।”

 उनले भने, “हामी संवर्धनका लागि आश्वस्त पार्ने सम्झौता गर्न तयार छाैँ ।”  “इरानको परमाणु मुद्दा वार्ताबाट मात्र समाधान हुनेछ,” उनले थपे। उनले इरानको क्षेप्यास्त्र कार्यक्रमबारे ’कहिल्यै सम्झौता नगरिएको’ पनि बताए । उनले भने क्षेप्यास्त्र कार्यक्रम ‘देशको सार्वभौम रक्षा’ सँग सम्बन्धित छ। वासिङ्टनले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम र यस क्षेत्रका लडाकू समूहहरूलाई समर्थन गर्ने मुद्दाहरूलाई सम्बोधन गर्न खोजेको छ, जुन मुद्दाहरू इजरायलले वार्तामा समावेश गर्न जोड दिएको छ। तेहरानले आणविक मुद्दाभन्दा बाहिर वार्ताको दायरा विस्तार गर्न बारम्बार अस्वीकार गर्दै आएको छ।
 


प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP