काठमाडाैं - अफवाह फैलाएको आरोपमा पक्राउ परेका युवराज पौडेल (सफल) छुटेका छन्। उनी बुधबार साँझ हाजिर जमानीमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिएका हुन् ।
सफलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारी लक्षित गरी नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनखेन गरी मुद्दा फिर्ता लिने गरेको आरोप छ।
सफललाई कारबाही गर्न भनेर कार्यालयले माघ ८ गते प्रहरी परिसरमा पत्राचार गरेको थियो। त्यसपछि प्रहरीले माघ १३ गते उनलाई पक्राउ गरेको थियो।