जनकपुरधाम- मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णसँग उनले आज बिहान प्रदेशप्रमुखको कार्यालयमा शपथ लिएका हुन् ।
प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न मङ्सिर ४ः०० गते अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेकबा थिए।
निर्धारित समयभित्र कुनै पनि दलबाट दाबी पेस नभएपछि प्रदेशसभामा सबैभन्दा बढी सदस्य रहेको दलका संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।