काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घट्दा कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०७ अंकले घटेर दुई हजार ७६९ दशमलव ०९ को बिन्दुमा कायम भएको हो ।
आज ३३२ कम्पनीको तीन करोड ६२ लाख ६४ हजार ८७४ कित्ता शेयर एक लाख ३७ हजार ६७६ पटक खरिद-बिक्री हुँदा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ३६६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा जलविद्युत्, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डको उपसूचक बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । आज पाँचवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।