Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • सुन्तलाले मनग्य मूल्य पाएपछि किसान उत्साहित
सुन्तलाले मनग्य मूल्य पाएपछि किसान उत्साहित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ८, २०८२

चितवन- जिल्लामा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । विगतको तुलनामा यस वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका– २९ मा सुन्तला खेती हुँदैआएको हाे । 

इच्छाकामना गाउँपालिका-५ का किसान रामप्रसाद बोहोरा अहिले गत वर्षको तुलनामा सुन्तलाको मूल्य राम्रो पाएपछि खुसी छन् । उनले भने, “गत वर्षको तुलनामा यसवर्ष किसानले सुन्तलाको मूल्य पाएका छाैं, खुसी छौँ ।” गत वर्षमा मूल्य नपाउँदा निकै समस्या हुने गरेको भए पनि यसवर्ष बोटबाटै प्रतिकिकलो  १००  रुपैयाँ भन्दा बढीमा बिक्री हुँदै आएको उनले बताए । 

किसानले अहिले सुन्तलालाई ग्रेडिङ्ग (वर्गीकरण) गरेर बिक्री वितरण गर्दै आएको उनले बताए । उनले भने, “आफ्नो वडाले मात्रै सुन्तलाबाट रु ६० लाख हाराहारी कमाएको छ । अझै सुन्तला बिक्री गर्न बाँकी छ ।” कतिपय किसानले पहिलेनै बिक्री गरिसकेका छन् भने कतिपयको अझै बिक्री गर्न बाँकी रहेको उनले बताए । माघ १५ गतेसम्ममा उत्पादित सुन्तला बिक्री भइसक्ने उनले बताए ।

यस्तै भरतपुर महानगरपालिका-२९ चौकिडाँडाका किसान हिक्मत चेपाङ् अहिले सुन्तलाको मूल्य राम्रो पाएको भन्दै खुसी छन् । उनीहरुले चेपाङ कृषि समूह बनाएर समूहका सदस्यहरुले व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका छन् । उनले भने, “हामी सबैले धेरै थोर क्षेत्रफलमा सुन्तला खेती गरेका छौँ । मूल्य पाएको छ, खुसी छौँ ।” अहिले किसानको बारीबाटै व्यवसायीले सुन्तला उठाउने गरेको उनले बताए । प्रतिकिलो  १०० रुपैयाँभन्दा बढीमा सुन्तला बिक्री भएको उनले बताए । 

Hardik health

सुन्तलामा विषादी हाल्दा धेरै बचाउन सकिने तर प्राङ्गारिक उत्पादन गर्दा कम बच्ने भएकाले केही समस्या भए पनि अहिले मूल्य पाएकाले आफूहरु उत्साहित भएको उनको भनाइ छ । इच्छाकामना गाउँपालिका कृषि अधिकृत समीक्षा पौडेल व्यावसायिक किसानले सुन्तालालाई ग्रेडिङ्ग गरेर बिक्री गर्दै आएको बताए । उनका अनुसार सानो, मझौला र ठूलो गरेर छुट्याएर बिक्री गर्दै आएको छ । यसरी ग्रेडिङ् गरेर बिक्री गर्दा किसानले उचित मूल्य पाउन सफल भएको उनले बताए । 

इच्छा कामना गाउँपालिकामा मात्रै यसवर्ष सुन्तला उत्पादनमा कमी आएको छ । उनका अनुसार ९२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आएको यस क्षेत्रमा यो वर्ष एक हजार दुई दशमलब आठ मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।  उनले भने, “गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन घटेको छ ।” गत वर्ष एक हजार १२० मेट्रिकटन सुन्तला उत्पादन भएको उनले जानकारी दिए  । सुन्तलाका रुख बुढो हुनु र जलवायु परिवर्तनका कारण रोग लाग्दा उत्पादनमा कमी आए पनि किसानले मूल्य भने राम्रो पाएका हुन् । पौडेलका अनुसार इच्छाकामना गाउँपालिकामा आर्थिक वर्ष २०७९/८० मा १०८० मेट्रिक टन उत्पादन भएको थियो । २०८०/८१ मा केही उत्पादन घटेर १०३६ मेटिक टन उत्पादन भएको थियो । २०८१/८२ मा ११२० मेट्रिकटन र २०८२/८३ मा १००२.८ मेट्रिकटन उत्पादन भएको उनले जानकारी दिए । 

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ यहाँको सुन्तलाको स्वाद मिठो भएका कारण बजार पाउन गाह्रो छैन । उनले भने, “यहाँको सुन्तलाको स्वाद राम्रो भएकाले नारायणगढ, मुग्लिन, फिस्लिङ, काठमाडौँ र पोखरामा माग उच्च छ । व्यवसायी बगैँचामै आएर खरिद गर्छन् ।” इच्छाकामनामा सुन्तला खेतीको सम्भावना प्रचुर रहेको भन्दै उहाँले गाउँपालिका सुन्तलाखेती प्रवद्र्धनमा लागिरहेको बताए । उनले बीउबाट उत्पादित बिरुवा किसानलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको बताए । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेत सन्तुलाका बोटमा लाग्ने रोग नियन्त्रणका लागि जैविकि औषधि, पुराना बोट हटाएर नयाँ बिरुवा रोप्ने कार्यक्रम, किसानलाई थप तालिम र अनुदान जस्ता कार्यक्रम गाउँपालिकाले अघि सारेको बताए । उनले भने,“कृषि एम्बुलेन्सको व्यवस्था गरेर सुन्तला लगायतका कृषि उपजलाई बजारसम्म पुर्‍याउन पालिकाले सहयोग गर्दै आएको छ ।”

कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तीका चौहान जिल्लामा सुन्तला उत्पादन राम्रो भएपछि उचित मूल्य पाएको बताए । १४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको बताउँदै उहाँले अहिले किसान सन्तुष्ट भएको बताए ।  अझै केही ठाउँको उत्पादन टिप्न बाँकी रहेकाले यस वर्षको उत्पादन कति भन्न सक्ने अवस्थामा नरहेको उनको भनाइ छ । भरतपुर महानगरपालिका-२९ को विभिन्न स्थानमा अझै सुन्तला टिप्न बाँकी रहेको छ । 


प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न मंगलबार, साउन १९, २०८३
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज मंगलबार, साउन १२, २०८३
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
आँपको उत्पादन बढ्यो, घटेन मूल्य सोमबार, साउन ११, २०८३
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा आइतबार, साउन १०, २०८३
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
कोशीमा ७४ प्रतिशत धान रोपाइँ बिहीबार, साउन ७, २०८३
जुम्लामा उत्पादन भएको स्याउको अधिक माग
जुम्लामा उत्पादन भएको स्याउको अधिक माग बुधबार, साउन ६, २०८३
रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो
रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो शुक्रबार, साउन १, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP