Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
Search Here
कृषि
  • Home
  • कृषि
  • रामप्रसादराईमा दुई शीत भण्डारण निर्माण
रामप्रसादराईमा दुई शीत भण्डारण निर्माण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ६, २०८२

भोजपुर- स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजको भण्डारण र बजारीकरण सहज बनाउने उद्देश्यका साथ भोजपुरको रामप्रसादराई गाउँपालिकाले दुईवटा शीत भण्डारण (कोल्ड स्टोर) निर्माण गरेको छ । उत्पादन भएका कृषि उपजलाई सुरक्षित रूपमा भण्डारण गरी बेमौसममा समेत उचित मूल्य पाउने वातावरण सृजना गर्ने लक्ष्यका साथ शीत भण्डारण केन्द्र निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका वडा नं १ ओख्रेमा रु एक करोड ५० लाख लागतमा ७२ हजार केजी भण्डारण क्षमताको शीत भण्डारण निर्माण गरिएको छ । गाउँपालिका केन्द्र वैकुण्ठेमा चिस्यान केन्द्रसम्म पुग्ने पहुँचमार्ग ढलानसहित रु तीन करोडको लागतमा ३६ हजार केजी क्षमता भएको अर्को शीत भण्डारण केन्द्र निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत आङलाक्पा तामाङले जानकारी दिए ।

दुवै शीत भण्डारण केन्द्र सञ्चालनको अन्तिम तयारीमा रहेको उनले बताए । “स्थानीय कृषि उपजको भण्डारणका लागि दुईवटा शीत भण्डारण निर्माण गरेका छौँ, ओख्रेको शीत भण्डारण केही दिनमा प्रयोगमा आउने छभने वैकुण्ठेस्थित केन्द्र पनि छिट्टै सञ्चालनमा ल्याइनेछ”, उनले भने ।

शीत भण्डारणलाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्न गाउँपालिकाले ‘शीत भण्डारण सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८२’ तयार गरी लागू गरेको छ । कार्यविधिअनुसार छुट्टै शीत भण्डारण सञ्चालन कोषको व्यवस्था गरिएको छ । हाललाई रु तीन लाखको सञ्चालन कोष स्थापना गरिएको र आवश्यकताअनुसार त्यसलाई क्रमशः वृद्धि गर्दै लैजाने योजना रहेको तामाङले जानकारी दिए ।

Hardik health

कार्यविधिअनुसार गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज आफैँ खरिद गरी शीत भण्डारणमा राख्ने व्यवस्था गरिएको छ । किसानले आफ्नै इच्छाले उपज भण्डारण गर्न चाहेमा प्रतिकेजी रु पाँच शुल्क तिर्नुपर्ने व्यवस्था छ । किसानले शीत भण्डारणमार्फत बिक्री गरी आएको नाफाको ५० प्रतिशत हिस्सा गाउँपालिकालाई बुझाउनुपर्ने प्रावधान पनि कार्यविधिमा समावेश गरिएको छ ।

किसानले आफैँ भण्डारणका लागि राखेका कृषि उपज बिग्रिएमा त्यसको जिम्मेवारी गाउँपालिकाले लिने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत तामाङले बताए । यसले किसानलाई जोखिममुक्त भएर उत्पादन भण्डारण गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।

गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार किसानले उत्पादन गरेका कृषि उपजको सहज भण्डारणसँगै बजारीकरण सुनिश्चित गर्ने उद्देश्यले शीत भण्डारण केन्द्र निर्माण गरिएको हो । “किसानले उत्पादन गरेका कृषि उपजको भण्डारण तथा बजारीकरणमा गाउँपालिकाले आवश्यक भूमिका खेल्नेछ”, अध्यक्ष राईले भने, “यहाँ सङ्कलन र भण्डारण गरिएका उपजलाई बेमौसममा बजार पुर्याएर किसानलाई राम्रो मूल्य दिलाउने हाम्रो लक्ष्य हो ।”

उनका अनुसार गाउँपालिकाको कृषि एम्बुलेन्समार्फत किसानको खेतबारीदेखि शीत भण्डारण केन्द्रसम्म उपज ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । यसले किसानको ढुवानी लागत घटाउनुका साथै बजार पहुँचलाई थप सहज बनाउने गाउँपालिकाले जनाएको छ । शीत भण्डारण केन्द्रलाई दिगो र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक कर्मचारीको व्यवस्था पनि गरिने गाउँपालिकाले जनाएको छ । यस पहलले स्थानीय कृषि उत्पादनको संरक्षण, मूल्य अभिवृद्धि र किसानको आम्दानी वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

शीत भण्डारणको स्वमित्व हाल गाउँपालिकाको रहे पनि किसान, कृषि समूह, सहकारीले पूर्ण, आशिंक र साझेदारीमा सञ्चालन गर्न चाहेमा पनि सञ्चालन गर्न सक्ने व्यवस्था कार्यविधिमा रहेको छ । यहाँ किसानले सुन्तला, किवी, स्कुस, आलु, टमाटर, तरकारीलगायत नगदे बालीको व्यावसायिक रूपमा खेती गर्दै आएका छन् ।
 
किसानलाई व्यावसायिक रूपमा जैविकखेती प्रणालीमा लाग्न गाउँपालिकाले योजनाबद्ध रूपमा कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । व्यावसायिक रूपमा कृषिमा लागेका किसानले उत्पादन गरेका कृषि उपजलाई व्यवस्थित ढङ्गले बजारसम्म पुर्याउने लक्ष्यले शीत भण्डारणको अवधारणाअनुसार कामलाई अघि बढाएको जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
थप कृषि
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि बुधबार, फागुन २०, २०८२
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती मंगलबार, फागुन १९, २०८२
किसानबाट ११ हजार क्वीन्टल धान खरिद
किसानबाट ११ हजार क्वीन्टल धान खरिद आइतबार, फागुन १७, २०८२
स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण
स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण शुक्रबार, फागुन १५, २०८२
गाईभैँसीमा देखिए थुनेलो रोग
गाईभैँसीमा देखिए थुनेलो रोग शुक्रबार, फागुन १५, २०८२
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु बिहीबार, फागुन १४, २०८२
पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै
पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै बिहीबार, फागुन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP