Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
कृषि
  • Home
  • कृषि
  • झापामा माटोको अम्लीयपन बिग्रँदै
झापामा माटोको अम्लीयपन बिग्रँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ४, २०८२

बनियानी- झापाको माटोमा अम्लीयपन बढ्दै गएको छ । माटोमा प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटासहरू सन्तुलित मात्रामा हुनुपर्छ । तर, कृषि ज्ञान केन्द्र झापाले हालै दमक नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा सञ्चालन गरेको मोटो परीक्षण घुम्ती शिविरबाट आएको नतिजामा अधिकांश नमूनामा यी तत्वहरू न्यून मात्रमा छन् । यसले माटोको स्वास्थ्य बिगिँदै गएको देखिन्छ । 

दमकमा ५२ र बुद्धशान्तिमा ५२ वटा गरी १०४ माटोको नमूना परीक्षण गर्दा करिब ६० प्रतिशत नतिजामा माटो अम्लीय रहेको पाइएको कृषि ज्ञान केन्द्र झापा प्रमुख सागर विष्टले जानकारी दिए । “माटोमा कम्तीमा दुई प्रतिशत प्राङ्गारिक तत्व हुनुपर्छ, तर अधिकांश नमूनाको परीक्षणमा डेढ प्रतिशतभन्दा माथि छैन”, उनले भने, “माटोमा प्राङ्गारिक तत्व क्रमशः कम हुँदै गइरहेको छ ।”
त्यस्तै, दमकको ५२ माटोको नमूनामध्ये २७ वटा नमूनामा नाइट्रोजनको मात्रा न्यून मात्रामा रहेको पाइयो । ४५ नमूनामा पोटासको मात्रा न्यून रहेको पाइएको छभने ३० वटा माटोको नमूनामा फस्फोरसको मात्रा न्यून रहेको पाइएको छ । केही नमूनामा यी तत्वको मात्रा मध्यम र केहीमा अत्यधिक रहेकोसमेत पाइएको छ । यस्तै, बुद्धशान्तिमा गरिएको ५२ वटा परीक्षणमा समेत माटोको अवस्था करिबकरिब दमककै जस्तै रहेको छ ।

माटो परीक्षणपछि किसानलाई खेतमा गोबर (कम्पोष्ट) मल र हरियो मलको प्रयोग गर्न सुझाव दिइएको छभने माटाको अम्लीयपन घटाउन कृषि चुनको प्रयोग गर्न सिफारिस गरिएको कार्यालय प्रमुख विष्टले बताए  । 

Sonam Lhosar
Hardik health

विस्तारै असर देखिने
हाल झापामा माटोको गुणस्तर खस्कँदै गए पनि धान र मकैको उत्पादकत्व वृद्धि भएको तथ्याङ्कले देखाउँछ । रासायनिक मलको प्रयोग बढिरहेकाले उत्पादन वृद्धि भएको कार्यालय प्रमुख विष्ट बताए  । “किसानले पहिला एक बिघामा ८० मन धान फलाउन जति मल प्रयोग गर्नुपर्थो, अहिले त्यसको डेढ गुणा हाल्नुपर्ने अवस्था छ”, रासायनिक मलको प्रयोग बढेसँगै माटोमा अम्लीयपन बढ्दै गएको बताउनुहुँदै उनले भने, “तत्काल असर नदेखिए पनि यसले दीर्घकालीन रूपमा असर गर्छ ।”

माटोको गुणस्तर सुधारका लागि कार्यालयले गत वर्षमात्र करिब ४२ टन कृषि चुन वितरण गरेको थियो । स्थानीय तहले पनि कृषि चुन वितरण गरिहेकाले यो वर्ष कार्यालयबाट कृषि चुन वितरण गरिएको छैन । माटो सुधारका लागि बाली लगाउनुभन्दा करिब ३० दिनअघि मात्रा मिलाएर कृषि चुनको प्रयोग गर्न प्रमुख विष्टको भनाइ छ । झापामा हाल एउटा मात्र माटो परीक्षण केन्द्र छ । कनकाई नगरपालिकास्थित सुरुङ्गामा मात्र माटो परीक्षण केन्द्रबाट वार्षिक दुई हजारदेखि दुई हजार ५०० वटासम्म माटो नमूना परीक्षण हुँदै आएको छ ।

हरेक पालिकाले माटो परीक्षण गर्ने सामान्य भए पनि ल्याब राख्नुपर्नेमा कृषि ज्ञान केन्द्र प्रमुख विष्टले जोड दिए । “एउटा मात्र ल्याबले सबैतिरको काम गर्न गाह्रो हुन्छ”, उनले भने, “केही पालिकाको कृषि शाखाले सामान्य माटो परीक्षणको काम गरिरहेका छन्, सबै पालिकाले सामान्य भए पनि ल्याब राख्न आवश्यक ।”


प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप कृषि
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
आजका लागि कृषिउपजको थोक मूल्य
आजका लागि कृषिउपजको थोक मूल्य शुक्रबार, माघ २, २०८२
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ बुधबार, पुस ३०, २०८२
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि बुधबार, पुस ३०, २०८२
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण
भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण मंगलबार, पुस २९, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP