Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
Search Here
कृषि
  • Home
  • कृषि
  • बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा
बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १६, २०८२

ढोरपाटन- पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले यसतर्फ आकर्षित भएका हुन् । 

उत्पादित कागतीले बजार नपाएपछि भने किसानमा निराशा छाएको छ । बजारमा भारतीय कागती सस्तोमा किनबेच हुँदा स्थानीय उत्पादनले मूल्य पाउन नसकेको हो ।  जिल्लाको निसीखोला, ढोरपाटन, बडिगाडलगायत स्थानमा उत्पादित कागतीले बजार नपाएपछि कुहिएर खेर जान थालेको किसान बताउँछन् । कागतीको चुकसमेत बिक्री नहुँदा लगानी खेर जाने चिन्ता बढेको निसीखोलाका किसान पर्वत घर्तीले बताए । गत वर्ष दुई सय किलोभन्दा बढी कागती कुहिएर नष्ट भएको भन्दै यसपाली पनि बिक्री नहुँदा कुहिने डर भएको उनको भनाइ छ । 

बजारमा आउने भारतीय कागतीले स्थानीय उत्पादनलाई ओझेलमा पारेको घर्तीले बताए । “सडकसँगै सवारीसाधनको सुविधा पुगेपछि कागतीको माग बढ्छ भन्ने लागेको थियो । सोही कारणले व्यावसायिक रूपमा खेती गरियो, दुई/तीन वर्षदेखि प्रशस्त उत्पादन हुँदै आए पनि बजार नपाउँदा कुहिएर खेर जाने गरेको छ”, उनले भने । किसानद्वारा उत्पादित वस्तुको बजारीकरणमा स्थानीय सरकारले गरेमा समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे  । 

Hardik health

“पश्चिम बागलुङको मुख्य बजार बुटवल हो । तर बुटवलमा भारतीय कागतीको दबदबा छ”, किसान चमबहादुर रोकाले भने, “अघिल्लो वर्ष तयार गरेर राखेको करिब एक सय ५० लिटर चुक अहिलेसम्म बिक्री भएको छैन ।” अहिले पनि बोटमा लटरम्मै कागती फलेका भन्दै कसरी बिक्री गर्ने भन्ने चिन्ताले सताएको उनले बताए  ।

रोकाका अनुसार कागतीको रसलाई प्रतिलिटर रु एक हजारदेखि  एक हजार २०० रुपैयाँ सम्म बिक्री गर्ने गरिएको छ । पछिल्लो समय भने माग आउन छाडेकाले बिक्री नभएको उनको भनाइ छ । उनले भने, “मकै, गहुँ र कोदो फल्ने बारीमा कागती लगाइयो, अहिले उत्पादन भएको कागतीले बजार पाउँदैन । राम्रै आम्दानी हुन्छ भनेर कागतीखेती गरियो तर अहिले बजार नपाउँदा समस्या भयो । सुपथ मूल्यमै दिँदा पनि अर्गानिक कागती व्यापारीले राख्दैनन् ।”

बागलुङ जिल्लामा हाल ७९७ हेक्टर क्षेत्रफलमा कागतीजन्य फलफूलखेती हुँदै आएको छ । पछिल्लो समय कागतीखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि विकास कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा बर्सेनि चार हजार ७१ मेट्रिकटन कागती उत्पादन हुँदै आएको छ । 

यस वर्ष जरा कुहिने रोगले बोट मर्दा उत्पादनमा गिरावट आउने सम्भावना देखिएको कृषि विकास कार्यालयकी सूचना अधिकारी प्रतिभा शर्माले जानकारी दिए  । उत्पादित कागतीको बजारीकरणमा स्थानीय सरकारले समन्वय गर्नुपर्नेमा उनले जोड दिए  ।
 


प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्
थप कृषि
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो बुधबार, पुस १६, २०८२
दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण
दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण मंगलबार, पुस १५, २०८२
अनुदानामा कृषि औजार वितरण
अनुदानामा कृषि औजार वितरण मंगलबार, पुस १५, २०८२
‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु
‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु मंगलबार, पुस १५, २०८२
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास मंगलबार, पुस १५, २०८२
किसानसँग कोटाभन्दा बढी धान खरिद
किसानसँग कोटाभन्दा बढी धान खरिद मंगलबार, पुस १५, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP