काठमाडौं - सरकारले कृषि क्षेत्रको विकास र विस्तार गरी व्यावसायिक बनाउने उद्देश्यका साथ ‘कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषक, व्यवसायी तथा उद्यमीलाई आफूले उत्पादन गरेको मह, मौरीजन्य उत्पादन, च्याउ र च्याउबाट उत्पादित परिकारको स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सहयोग गर्नेछ । मह, मौरीजन्य उत्पादन र च्याउको उपयोगिता तथा फाइदासम्बन्धी सूचना प्रवाह गरी आन्तरिक र अन्तरराष्ट्रिय र आन्तरिक बजार विस्तारमा योगदान पुर्याउने उद्देश्य कार्यक्रमको छ ।
मौरीपालन तथा च्याउखेतीसम्बन्धी व्यावसायिक, वैज्ञानिक एवं नवीनतम प्रविधि तथा सूचनाको आदानप्रदान गर्न योगदान पु¥याउनेछ । मौरी मूल्य शृङ्खला र च्याउखेतीमा आबद्ध कृषक, व्यवसायी, सेवाग्राही, सेवाप्रदायकलगायत सरोकारवालबीच व्यवसायिक सम्बन्ध एवं सहकार्य स्थापना गर्न सहयोग पुग्नेछ । नेपालमा उत्पादित विभिन्न प्रकारका मह तथा मौरीजन्य उत्पादनको प्रदर्शन र बिक्री वितरण गरिनेछ । मौरीपालनसँग सम्बन्धित सरोकारवालाबीच अन्तरक्रिया गरिनेछ ।
राष्ट्रिय मह मेला सञ्चालन गरिनेछ । राष्ट्रिय मह मेला व्यावसायिक कीट विकास केन्द्र, नेपाल मौरीपालक महासङ्घ र नेपाल मौरीपालक केन्द्रीय सहकारी सङ्घ लिमिटेडको संयुक्त आयोजनामा मह मेला सञ्चालन गरिनेछ । त्यस्तै, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
खाद्यान्न, तेलहन, रैथानेलगायतका बालीको उत्पादन प्रवद्र्धन, बीउ संरक्षण तथा उत्पादन, कृषि जैविक विविधता संरक्षण तथा प्रवद्र्धन एवं फार्म केन्द्रको संस्थागत सुदृढीकरण यस कार्यक्रमको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ । कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्ने, लाभग्राही छनोट गर्ने र सम्झौता गरिनेछ ।
कार्यक्रमअन्तर्गत कृषक, कृषक समूह वा सहकारी, सामुदायिक बीउ बैंक वा अन्य संस्थालाई अनुदान सहयोग उपलब्ध गराएनेछ । फार्म केन्दहरुमार्फत फार्म बाहिरका स्थानमा उन्नत बीउ उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो कार्यविधि यही पुसदेखि कार्यान्वयनमा आएको छ ।