Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दै विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
ममता थापा
ममता थापा बुधबार, पुस ९, २०८२
प्रतीकात्मक तस्बिर
  •  चालु आवको पाँच महिनामा कूल ४१ हजार ४४६ जना महिला श्रम स्वीकृति लिएर महिला रोजगारीमा
  •  सीप सिकेर जाने महिलाको संख्या पनि बढ्दो
  •   महिलाहरुको प्रमुख रोजगार गन्तव्य खाडी मुलुक

काठमाडौं- चालु आर्थिक वर्षको मंसिर महिनामा ६५ हजार ७०५ जना रोजगारीका लागि विदेसिएकामा सात हजार ६२२ जना महिला छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मंसिरमा १०८ वटा मुलुक नेपाली श्रमिकको रोजगार गन्तव्य बन्दा महिला श्रमिक गएका मुलुक ५९ वटा छन् । 

पछिल्ला वर्षहरुमा रोजगारीका लागि विदेसिने महिलाको संख्या बढ्दो क्रममा छ । विभागको तथ्यांकले नै यसलाई पुष्टि गर्छ । चालु आवको पाँच महिनामा कूल ४१ हजार ४४६ जना महिला श्रम स्वीकृति लिएर महिला रोजगारीमा गएका छन् । अघिल्लो आवको यसै अवधिमा ३७ हजार ७२१ जना महिला विदेसिएका थिए । 

त्यसअघिका वर्षहरुको तथ्यांक हेर्दा रोजगारीमा जाने महिलाहरुको संख्या क्रमशः बढेको पाइन्छ । आव २०७५/७६ मा ३२ हजार १२३ र आव २०७६/७७ मा २८ हजार ४३३ जना महिला रोजगारीको खोजीमा विभिन्न मुलुक गएको तथ्यांक छ । त्यसपछि, आव २०७७/७८ मा कोरोना महामारीका कारण रोजगारीमा जानेहरुको संख्या न्यून हुँदा ११ हजार ४५६ महिला विदेसिएका थिए ।

Hardik health

कोरोना महामारीपछि भने पुनः विदेसिनेको संख्या बढेको छ । आव २०७८/७९ मा ४९ हजार १२८ जना, २०७९/८० मा ७२ हजार १३४ जना, २०८०/८१ मा ८० हजार १७२ र २०८१/८२ मा ९४ हजार ४५५ जना महिला विदेसिएका छन् ।विभागको तथ्यांकअनुसार रोजगारीमा जानेमात्र नभई सीप सिकेर जाने महिलाहरुको संख्या पनि बढ्दो छ । आव २०७५/७६ मा रोजगारीमा ३० हजारभन्दा बढी जाँदा ६० प्रतिशतभन्दा बढी अर्थात् १९ हजार ४४२ जना अदक्ष कामदार गएका थिए ।

उक्त आवमा जम्मा १९ जना महिला उच्च दक्ष श्रमिकको रुपमा गएका थिए । तर चालु आव २०८२/८३ को पाँच महिनामा ४० हजारभन्दा बढी रोजगारीमा जाँदा अदक्ष श्रमिकको संख्या २० प्रतिशतको हाराहारीमा झरेको छ । यस अवधिमा नौ हजार ११३ जनामात्र अदक्ष महिला कामदार विदेसिएका छन् भने १८ जना उच्च दक्ष महिला रोजगारीमा गएका छन् ।


सामाजिक मूल्यमान्यता प्रमुख कारण
पछिल्लो समय महिलाहरु विदेसिने क्रम बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण रहेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आप्रवासन दिवसका अवसरमा सार्वजनिक गरेको राष्ट्रिय श्रम आप्रवासन प्रतिवेदनले यस्तो देखाएको हो । पितृसत्तात्मक सामाजिक मूल्य मान्यता, लैंगिक विभेद, महिलाहरुले गर्ने कामप्रतिको मानसिकता र परिवारका सदस्य तथा श्रीमान्बाट उत्पीडनमा पर्नु उनीहरु विदेसिनुको मुख्य कारण भएको उक्त अध्ययनमा उल्लेख गरिएको छ । पुरुषहरु भने गरिबी र बेरोजगारीको कारणले विदेसिने गरेको पाइएको छ ।

महिलाहरुको प्रमुख रोजगार गन्तव्य खाडी मुलुक बन्दै आएका छन् । प्रतिवेदनअनुसार खाडी मुलुकमा विभिन्न मुलुकका ५८ लाख घरेलु कामदारका रुपमा कार्यरत रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओको)को तथ्यांक छ । जसमा ३५.४ प्रतिशत महिला कामदार छन् । उक्त तथ्यांकअनुसार सन् २०२२ मा कुवेतमा रहेका घरेलु कामदारमध्ये चार प्रतिशत नेपाली महिला थिए । घरेलु कामदार महिलाहरु विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकको स्याहारसुसार र घरायसी सरसफाइका लागि जाने गरेका छन् ।

प्रतिवेदनले महिलाहरु आप्रवासनको पूरै चक्रमा मानवअधिकारविरुद्धका समस्यामा पर्ने गरेका छन् । घरेलु महिला कामदारको राहदानी जफत हुने, हिंसामा पर्ने, आवागमनमा प्रतिबन्ध र असुरक्षित वातावरणमा काम गर्न बाध्य रहेको बताइएको छ ।केही वर्षयता घरेलु महिला कामदारमाथि रोजगारीमा जान प्रतिबन्ध लगाइएका कारण गैरकानुनी माध्यमबाट रोजगारीमा जाने गरेका छन् । यसरी गैरकानुनी रुपमा जानेको तथ्यांक सरकारसँग छैन । घरेलु कामदारलाई प्रतिबन्ध लगाइनु हुन्छ या हुँदैन भन्नेमा पनि बहस हुँदै आएको छ ।
 


प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान आइतबार, जेठ १०, २०८३
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र शनिबार, जेठ ९, २०८३
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन शुक्रबार, जेठ ८, २०८३
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय बिहीबार, जेठ ७, २०८३
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव बुधबार, जेठ ६, २०८३
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने बुधबार, जेठ ६, २०८३
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP