Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन
जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २, २०८२

जुम्ला- जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा  ४१ करोड २९ लाख ८९ हजार रुपैयाँ आम्दानी भएको छ । जिल्लस्थित कृषि विकास कार्यालयको तथ्यांकअनुसार यहाँका आठवटै स्थानीय तहका २४ हजार ८३८ परिवारमध्ये १९ हजार १५० परिवार स्याउखेतीमा संलग्न छन् । 

जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर रहेको कार्यालयले जनाएको छ । त्यसमध्ये स्याउखेती गरिने क्षेत्रफल आव २०८१/८२ मा चार हजार ३२५ हेक्टर रहेकामा चालु आवमा बढेर चार हजार ४४५ हेक्टर पुगेको कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आवमा दुई हजार १२५ हेक्टरमा मात्रै स्याउ फलेको छ ।

पछिल्लो समय जिल्लामा स्याउखेती गर्ने किसान बढ्दै गएका छन् । आव २०८१/८२ मा स्थानीय जातका र उच्च घनत्व (फुजी) स्याउको कूल उत्पादन आव २० हजार ५१२ मेट्रिकटन भएको थियो । चालु आवमा उत्पादन घटेर १८ हजार २४५ मेट्रिकटन भएको कृषि विकास कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार यो वर्ष असिना र वेमौसमी वर्षाले गर्दा १० प्रतिशतले उत्पादन घटेको छ ।

Hardik health

अहिले एक हजार ७६५ मेट्रिकटन स्याउ भण्डारगृहमा राखिएको छ । यो वर्ष जिल्लामा स्याउ बिक्रीमा संलग्न किसान सात हजार ३५० र व्यापारी ६०३ रहेका कृषि विकास कार्यालय प्रमुख अधिकारीले बताए । नासो र कोसेलीमार्फत दुई हजार ६४८ मेट्रिकटन स्याउ जिल्लाबाट निर्यात भएको उनले जानकारी दिए ।

जिल्लामा हाल ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा उच्च घनत्वको स्याउ उत्पादन हुने गरेको छ । यो वर्ष जिल्लामा ५८६ मेट्रिकटन उच्च घनत्व जातको स्याउ उत्पादन भएको जनाउँदै उनले त्यसमध्ये ४२७ मेट्रिकटन निर्यात भएको बताए । जिल्लामा हाल उत्पादित स्याउका जातहरूमा ‘रेडडेलिसियस’, ‘रोयलडेसियस’, ‘गोल्डेन डेलिसियस’, ‘रिचारेड’ र ‘जनाधन’ रहेका कृषि विकास कार्यालयले जनाएको छ । हाल उत्पादित उन्नत जातमध्ये फुजी गाला (इटालियन जात)को स्याउखेती हुने गरेको प्रमुख अधिकारीको भनाइ छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले नयाँ सिफारिस गरेका जातमध्ये ‘स्टारकिमसन’, ‘डेलिसियस’, ‘बाइट एन अर्ली’ र ‘स्टार्क स्पर गोल्डेन’ जात रहेका भन्दै उनले सोको खेतीबारे अध्ययन भइरहेको जानकारी दिए । गत वर्षको तुलनामा स्याउ उत्पादन कम भए पनि यो वर्ष किसानले मूल्य पाएकाले आम्दानी भने बढी भएको अनुमान गरिएको उनले बताए ।
 


प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न मंगलबार, साउन १९, २०८३
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज मंगलबार, साउन १२, २०८३
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
आँपको उत्पादन बढ्यो, घटेन मूल्य सोमबार, साउन ११, २०८३
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा आइतबार, साउन १०, २०८३
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
कोशीमा ७४ प्रतिशत धान रोपाइँ बिहीबार, साउन ७, २०८३
जुम्लामा उत्पादन भएको स्याउको अधिक माग
जुम्लामा उत्पादन भएको स्याउको अधिक माग बुधबार, साउन ६, २०८३
रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो
रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो शुक्रबार, साउन १, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP