Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कृषि
  • Home
  • कृषि
  • रामेछापका जुनार किसानको सक्रियता बढ्यो
रामेछापका जुनार किसानको सक्रियता बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर २४, २०८२

मन्थली -  पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट तयार गरिएको पेयपदार्थ) बनाएर भण्डार गर्न किसान जुटेका छन् । जुनारको जिल्ला भनेर चिनिने रामेछापमा यस वर्ष फलेका पर्याप्त उत्पादन भएपछि किसान उत्साहित भएका हुन् । 

यो वर्ष जुनारका लागि उचित हावापानी भएकाले विगतको तुलनमा उत्पादन बढेको स्थानीय कृषक बताउछन् । पन्ध्र रोपनी जग्गामा लगाएको करिब ३०० बोटमा फलेका जुनार बिक्रीबाट रु तीन लाख आम्दनी हुने अपेक्षा गरिएको रामेछाप नगरपालिक–७ का कृषक रामकुमार कार्कीले बताए ।

उनले भने, “गत वर्षको तुलनामा यस वर्ष जुनारका दाना केही साना भएपनि उत्पादन बढेको छ । बगैँचाबाटै प्रतिकिलो रु ५० देखि रु ६० मा बिक्री भइरहेको छ, बजारका लागि समस्या छैन ।” कम मेहनत र लगानीमा मनग्य उत्पादन हुने भएकाले जुनारखेतीबाट आफूहरू सन्तुष्ट रहेको रामेछाप–७ कृषक ज्ञानुदेवी बस्नेतले बताए । उनले भने , “यो खेतीबाट हामी सन्तुष्ट छांँ । एउटा साधारण बगैँचामा उत्पादित फल बेच्यो भने रु दुइदेखि रु तीन लाख आम्दानी हुन्छ ।”
    
करिब १८ रोपनी जग्गामा व्यावसायिक रूपमा जुनारखेती गर्दै आएका रामेछाप-६ ओख्रेनीका हिमाल तामाङले उत्पादन बढेको भन्दै खुसी व्यक्त गरे  । उनले भने, “मैले गत वर्ष काठमाडौँका व्यापारीलाई बगैँचाबाट प्रतिकिलो रु ७५ देखि रु ८० मा बिक्री गरेर करिब रु तीन लाख ८८ हजार आम्दानी गरेको थिएँ । यहाँ तीन सय बोट छन्, त्यसमध्ये २५० बोटले उत्पादन दिइरहेका छन् भने ५० बोट हुर्किँदैछन् ।”
  
राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापले जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाँउपालिकालाई जुनार जोनका रूपमा विस्तार गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।  कार्यलयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ५८० हेक्टरमा खेती भए पनि चालु आवमा लिखु तामाकोशी गाँउपालिकाका विभिन्न वडामा १०० हेक्टर क्षेत्रफल थपिएको इकाइकी नायब प्राविधि सहायक भवानी बस्नेतले जानकारी दिए । क्षेत्रफल थपिएकाले गत वर्षको तुलनामा यस वर्ष जुनारको उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए ।

Hardik health

यसैबीच, मन्थली डिलक्स एग्रो फरेष्ट्रि प्रालिले गर्मीको सिजनमा जुस बनाएर बिक्री गर्ने उद्देश्यले गाउँमा जुनार खरिद गरी गे्रडिङ गर्ने, ताछ्ने र रस बनाएर भण्डारण गर्ने काम सुरु गरेको छ । गाँउका किसानले उत्पादन गरेका जुनार गाँउमै खरिद गर्ने, गाँउलेलाई रोजगारी दिने र त्यसलाई पेलेर भण्डारण गरी  गर्मी सिजनमा स्क्वास बनाएर बिक्री गर्न आफूले पहल थालेको प्रालिका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताए। 

गाँउमा जुनार, सुन्तलालगायत फलफूल खेती गर्ने युवालाई स्थानीय तहले अनुदानका कार्यक्रम सञ्चालन गरी सीप विकासमा तालिको व्यवस्था गरेमा वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा कमी आउने उनको भनाइ छ ।


प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP