Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
कृषि
  • Home
  • कृषि
  • रामेछापका जुनार किसानको सक्रियता बढ्यो
रामेछापका जुनार किसानको सक्रियता बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर २४, २०८२

मन्थली -  पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट तयार गरिएको पेयपदार्थ) बनाएर भण्डार गर्न किसान जुटेका छन् । जुनारको जिल्ला भनेर चिनिने रामेछापमा यस वर्ष फलेका पर्याप्त उत्पादन भएपछि किसान उत्साहित भएका हुन् । 

यो वर्ष जुनारका लागि उचित हावापानी भएकाले विगतको तुलनमा उत्पादन बढेको स्थानीय कृषक बताउछन् । पन्ध्र रोपनी जग्गामा लगाएको करिब ३०० बोटमा फलेका जुनार बिक्रीबाट रु तीन लाख आम्दनी हुने अपेक्षा गरिएको रामेछाप नगरपालिक–७ का कृषक रामकुमार कार्कीले बताए ।

उनले भने, “गत वर्षको तुलनामा यस वर्ष जुनारका दाना केही साना भएपनि उत्पादन बढेको छ । बगैँचाबाटै प्रतिकिलो रु ५० देखि रु ६० मा बिक्री भइरहेको छ, बजारका लागि समस्या छैन ।” कम मेहनत र लगानीमा मनग्य उत्पादन हुने भएकाले जुनारखेतीबाट आफूहरू सन्तुष्ट रहेको रामेछाप–७ कृषक ज्ञानुदेवी बस्नेतले बताए । उनले भने , “यो खेतीबाट हामी सन्तुष्ट छांँ । एउटा साधारण बगैँचामा उत्पादित फल बेच्यो भने रु दुइदेखि रु तीन लाख आम्दानी हुन्छ ।”
    
करिब १८ रोपनी जग्गामा व्यावसायिक रूपमा जुनारखेती गर्दै आएका रामेछाप-६ ओख्रेनीका हिमाल तामाङले उत्पादन बढेको भन्दै खुसी व्यक्त गरे  । उनले भने, “मैले गत वर्ष काठमाडौँका व्यापारीलाई बगैँचाबाट प्रतिकिलो रु ७५ देखि रु ८० मा बिक्री गरेर करिब रु तीन लाख ८८ हजार आम्दानी गरेको थिएँ । यहाँ तीन सय बोट छन्, त्यसमध्ये २५० बोटले उत्पादन दिइरहेका छन् भने ५० बोट हुर्किँदैछन् ।”
  
राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापले जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाँउपालिकालाई जुनार जोनका रूपमा विस्तार गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।  कार्यलयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ५८० हेक्टरमा खेती भए पनि चालु आवमा लिखु तामाकोशी गाँउपालिकाका विभिन्न वडामा १०० हेक्टर क्षेत्रफल थपिएको इकाइकी नायब प्राविधि सहायक भवानी बस्नेतले जानकारी दिए । क्षेत्रफल थपिएकाले गत वर्षको तुलनामा यस वर्ष जुनारको उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए ।

Hardik health

यसैबीच, मन्थली डिलक्स एग्रो फरेष्ट्रि प्रालिले गर्मीको सिजनमा जुस बनाएर बिक्री गर्ने उद्देश्यले गाउँमा जुनार खरिद गरी गे्रडिङ गर्ने, ताछ्ने र रस बनाएर भण्डारण गर्ने काम सुरु गरेको छ । गाँउका किसानले उत्पादन गरेका जुनार गाँउमै खरिद गर्ने, गाँउलेलाई रोजगारी दिने र त्यसलाई पेलेर भण्डारण गरी  गर्मी सिजनमा स्क्वास बनाएर बिक्री गर्न आफूले पहल थालेको प्रालिका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताए। 

गाँउमा जुनार, सुन्तलालगायत फलफूल खेती गर्ने युवालाई स्थानीय तहले अनुदानका कार्यक्रम सञ्चालन गरी सीप विकासमा तालिको व्यवस्था गरेमा वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा कमी आउने उनको भनाइ छ ।


प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
थप कृषि
कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह
कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह बुधबार, मंसिर २४, २०८२
मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु
मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु बुधबार, मंसिर २४, २०८२
बागलुङमा बढ्यो धान उत्पादन
बागलुङमा बढ्यो धान उत्पादन बुधबार, मंसिर २४, २०८२
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य बुधबार, मंसिर २४, २०८२
बैतडीको सुर्नयामा चियाखेतीका लागि सम्भाव्यता अध्ययन
बैतडीको सुर्नयामा चियाखेतीका लागि सम्भाव्यता अध्ययन मंगलबार, मंसिर २३, २०८२
जुम्लामा कृषि जैविक विविधतासम्बन्धी प्रदर्शनी मेला हुँदै
जुम्लामा कृषि जैविक विविधतासम्बन्धी प्रदर्शनी मेला हुँदै मंगलबार, मंसिर २३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP