काठमाडौं- बुधबार सेयर बजार ७.८६ अंकले गिरावट भएकाे छ । आज नेप्से परिसूचक २६०६ अंकमा कायम रहेकाे हाे ।
कारोबार रकम सामान्य घटेको छ ।अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोडकोकारोबार भएकाे छ ।आज ७९ कम्पनीको मूल्य बढ्दा १६९ को घट्दा ९ वटाको भने स्थिर रहेकाे छ ।
सबै सेक्टरका सूचक झरेका छन् । यद्यपि सबैको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०५, विकास बैंक ०.२९, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.१३, हाइड्रोपावर ०.६६, लगानी ०.३२, जीवन बीमा ०.२१, उत्पादन तथा प्रशोधन ०.४२, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३५, अन्य ०.३९ तथा व्यापार ०.०२ प्रतिशत घटे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल छन् । यीमध्ये एसवाई प्यानल आजैदेखि कारोबारमा आएको हो । त्यस्तै लक्ष्मी लघुवित्तको ८.७६, थ्रीस्टार हाइड्रोपावरको ७.१४ प्रतिशत मूल्य बढ्यो ।
झापा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.३० प्रतिशत घट्यो । हिमस्टार ऊर्जा कम्पनीको ५.०५, सुपर मादी हाइड्रोपावरको ४.५९ तथा माबिलुङ इनर्जीको ४.४९ प्रतिशत मूल्य घट्यो ।आज धेरै कारोबार भएका पाँच कम्पनीमा श्रीनगर एग्रिटेक, ङादी ग्रुप, युनिभर्सल पावर, सागर डिस्टिलरी र हिमालयन रिइन्स्योरेन्स छन् ।