Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
कृषि
  • Home
  • कृषि
  • मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु
मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर २४, २०८२

मुस्ताङ-  यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा जुटेका छन् । गुणस्तरीय स्याउ उत्पादन गरी उत्पादकत्व बढाउने उद्देश्यले स्याउको बगैँचा व्यवस्थापन अनिवार्य भएपछि किसानको सक्रियता बढेको हो ।

जिल्लामा विगतका वर्षभन्दा यस वर्ष स्याउ बगैँचा व्यवस्थापन चाँडो सुरु गरिएको हो । भदौदेखि कात्तिकसम्म स्याउको ‘पोस्टहार्भेस्ट’ (बाली उत्पादन वा कटानीदेखि उपभोक्ताले उपभोग नगरेसम्म गरिने व्यवस्थापनका सम्पूर्ण क्रियाकलाप) सकिएसँगै स्याउका बोटमा पात झरेर उजाड बनिसकेका छन् । यस वर्ष जमिनको तापक्रम नघटेकाले स्याउका पात छिटो सुकेका किसान बताउँछन् । 

समान्यतया यहाँ स्याउ बगैँचा व्यवस्थापन पुस र माघमा गर्ने गरिए पनि यस वर्ष पातहरू झरिसकेकाले बगैँचा व्यवस्थापनमा किसानको सक्रियता बढेको घरपझोङका किसान दिवश थापाले बताउनुभयो । हिउँदयामको जाडो मौसममा यहाँका किसानले आफ्नो समयअनुकूल बगैँचाको व्यवस्थापन गर्ने उहाँले जानकारी दिनुभयो । 

“बगैँचा व्यवस्थापनको पहिलो प्राथमिकतामा स्याउका बोटको उपयुक्त काँटछाँट गर्नुहुन्छ । प्रत्येक बोटका हाँगाबिगामा सूर्यको प्रकाश समान रूपमा पर्नुपर्ने र चारैतिरबाट हावा खेल्नुपर्ने हुन्छ । यसो भएमा सूर्यको प्रकाश र हावाको माध्यमबाट बिरुवालाई चाहिने आवश्यक तत्व प्राप्त हुन्छ । बोटमा पलाएका अनावश्यक हाँगाबिगा र पातले स्याउको गुणस्तर र उत्पादनमा ह्रास पुर्‍याउन सक्ने भएकाले उपयुक्त काँटछाँट गर्नु जरुरी हुन्छ”, किसान थापाले भने । जलवायु परिवर्तनका कारण तापक्रम नघट्दा स्याउको हार्भेस्ट पछि छिटोछिटो पात झरेर बगैँचाका बोटहरू पतझड जस्तै बनेका उहाँको भनाइ छ । 

Hardik health

हिउँदयामा किसानलाई बगैँचा व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने गर्दछ । बोट काँटछाँट गर्नु, मलजल तथा सिँचाइको व्यवस्था गर्नु, रोगकिराको सङ्क्रमणबाट जोगाउन ‘बोरोपेस्ट’ र बोरोमिक्चर’ छर्किनुलगायत काम गर्नुपर्ने किसान थापाले जानकारी दिनुभयो । बगैँचाको उचित व्यवस्थापन नगरे अपेक्षा गरेअनुरुपमा गुणस्तरीय उत्पादन नदिने उहाँको भनाइ छ ।

स्याउखेतीका लागि हिउँदयामको हिउँ अति आवश्यक मानिने किसान थापाले औँल्याउनुभयो । बगैँचा व्यवस्थापन गर्ने समयमा परेको हिउँले जमिनको उर्वराशक्तिलाई मजबुद बनाउने, जमिनको भित्री तहसम्म सिँचाइ पुग्ने र रोगकिराको सङ्क्रमणलाई न्यूनीकरण गर्न मद्दत पुर्‍याउने थापाले जानकारी दिए । पछिल्लो समय अनुकूल मौसममा हिउँ नपर्दा प्राकृतिक सिँचाइको विकल्प खोज्नुपरेको उहाँको भनाइ छ ।

मुस्ताङको तल्लो क्षेत्रका तीन पालिकाका किसानले स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु गरेपनि माथिल्लो क्षेत्रमा आगामी पुस १५ गतेदेखि माघ मसान्तसम्म व्यवस्थापन गरिने जिल्लास्थित कृषि तथा पशु विकास कार्यालयका प्रमुख राजेश गुरुङले जानकारी दिए । माथिल्लो मुस्ताङको उच्च उचाइमा तापक्रम घटेकाले बोटबकाट पात पूर्ण रूपमा झर्न समय लाग्ने भएकाले ती क्षेत्रमा बगैँचा व्यवस्थापन ढिलो सुरु हुने उनले बताए ।

स्याउको हार्भेस्ट भइसकेर बोटहरूबाट पात झरिसकेकाले यो बेला बगैँचा व्यवस्थापन प्रमुख भएको गुरुङले उल्लेख गरे । बाटमा पलाएका अनावश्यक हाँगाहरू काँटछाँट गर्ने, रोगकिरा नियन्त्रणका लागि सुक्ष्म खाद्य तत्व तथा बोरोपेस्ट र बोरोमिक्चर उपयुक्त विधि अपनाएर छर्किनुपर्ने उनको भनाइ छ । “यसरी बोटहरूबाट झरेका पाँतलाई एकिकृत गरी मलको रूपमा प्रयोग गर्न सकिन्छ । स्याउको गुणस्तर र उत्पादन वृद्धि गराउन बगैँचा व्यवस्थापनभित्र पर्ने सबै मापदण्ड पूरा गर्नुपर्ने हुन्छ”, कार्यालय प्रमुख गुरुङले भने ।

कार्यालयले स्याउ बगैँचा व्यवस्थापनका लागि स्थानीय तहका कृषि प्राविधिक, सरोकार भएका निकायका कृषि प्राविधिकलगायतलाई लक्षित गरी तीनदिने स्याउ बगैँचा व्यवस्थापनसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक तालिम सञ्चालन गरेको कार्यालय प्रमुख गुरुङले जानकारी दिए । 

उनका अनुसार हिउँदयामको समयमा स्याउका बोटहरू सुषुप्त अवस्था अर्थात् निदाएको अवस्थामा हुने भएकाले यो बेलामा गरिएको व्यवस्थापनले उपयुक्त प्रतिफल दिने छ । अन्य समय गरिएको व्यवस्थापनले स्याउका बोटहरूलाई क्षति पुर्‍याउन सक्ने भएकाले किसानले यसतर्फ ध्यान दिनुपर्ने उनले सुझाव दिए । 

जिल्लामा यस वर्ष स्याउको उत्पादन आशिंक रूपमा ह्रास आएको जनाउँदै कार्यालय प्रमुख गुरुङले उचित मूल्य पाएकाले किसानले स्याउको बिक्रीबाट आम्दानी बढाएका बताए । यस वर्ष मुस्ताङमा स्थानीय स्याउ छ हजार ७८ मेट्रिकटन र हाइब्रिड स्याउ एक हजार २५० मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि तथा पशु विकास कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्
थप कृषि
किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी
किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी बुधबार, माघ २१, २०८२
तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री
तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री बुधबार, माघ २१, २०८२
सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड
सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड मंगलबार, माघ २०, २०८२
चार करोड मूल्य बराबरको धान खरिद
चार करोड मूल्य बराबरको धान खरिद सोमबार, माघ १९, २०८२
मूल्य पाइने आशामा बोटमै जुनार
मूल्य पाइने आशामा बोटमै जुनार सोमबार, माघ १९, २०८२
माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी
माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी आइतबार, माघ १८, २०८२
यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात
यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात बिहीबार, माघ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP