Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • उधौली साकेला मनाउँदै किरात समुदाय
उधौली साकेला मनाउँदै किरात समुदाय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १८, २०८२

धरान- प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उधौली आज देखि सुरु भएको छ । किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उधौली चाड मनाउने गर्छन् । 

पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा खोटाङको मझुवागढीमा भेला भएर किराती पुर्खाहरुले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गर्ने चलन छ । किरात ऐतिहासिकस्थल तथा भूमे थानमा पूजा गर्दै जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमसमेत राखिएको छ । 

वर्षको दुई पटक मनाइने साकेला चाडको उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । उधौली र उभौली दुवै चाडमा कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगसन किरातले जानकारी दिए ।

साकेला उधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थल हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ-जायजुम, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोटगढी, मझुवागढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङलगायत साकेला थानमा पूजाआजा गर्दै साकेला सिली नाच्ने चलन छ । उधौली र उधौलीमा किरात राईको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ । 

Hardik health

दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोलो, लाछा, सिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्न व्यस्त छन् । छातीमा पेचुरी, धजुरी, वाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चराचुरुंगी र जीवजनावरका हाउभाउ गर्दै नाच्नेको आज लर्को छ । धरानका युवा पुस्ता पनि पछिल्लो समय उधौली, उभौलीजस्ता सांस्कृतिक चाडपर्वमा उत्तिकै रमाउने गरेका छन् । अहिले हरेक साकेला थानमा युवा पुस्ताको बाक्लो उपस्थिति देखिन्छ ।

धरान उपमहानगरपालिका-१४ की निरुता राई साकेलामा साथीसँगै मौलिक गहना र पहिरनमा नाच्ने गरेको बताउनुहुन्छ । “हाम्रा पुर्खाहरूले मान्दै आएको चाडपर्वमा एउटा मुख्य उधौली साकेला पनि हो”, उनले भने । धरान-१३ का सरोज किराती भन्छन्, “हामीले साकेलामा बान्तावा सिलीका रूपमा विभिन्न गीतहरू प्रस्तुत गरेर नाच्ने गर्छौँ । आफ्नो संस्कृतिलाई बचाइ राख्नुपर्छ, साकेलाको अवसर पारेर भाइबहिनीलाई साकेला सिली सिकाएर धरानबाहेक अरु ठाउँहरूमा पनि नाच्न जाने गरेका छौँ ।” 

उधौली साकेला सांस्कृतिक रूपमा किराती समुदायले अन्नबाली थन्काउने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ । हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न खेतीबाली गरेको र चराचुरुंगीझैँ अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ । हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि समुदायअनुसार फरक फरक हुने किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए ।

साकेला विशेषगरी मङ्सिर पूर्णिमामा उधौली र वैशाख पूर्णिमामा उभौलीको बेला नाच्ने गरिन्छ । बुढापाकाको भनाइ अनुसार पूर्वी पहाडी भेगमा उधौली अर्थात् उभौली नाच सुरु हुनुभन्दा अगाडि पितृपूजा (लेवा ) गरिन्छ । पितृलाई पूजा गरिसकेपछि कोशी काटेर जानुहुँदैन भन्ने मान्यता छ ।

यस चाडमा किरात राईहरूले पुर्खालाई सम्झेर सिलीमार्फत सम्मान गर्छन् । किरात समुदायमा पुर्खाहरूको ठूलो स्थान र महत्व छ । वर्षमा दुई पटक उधौली र उभौली पर्व मनाइन्छ । साकेला किरात राईहरूको पहिचानसँग जोडिएको छ । किरात राई समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी भेग खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायतका जिल्लामा साकेला सिली नाच्नेहरू उत्तिकै हुन्छन । 

काठमाडौंमा पनि राई समुदायको बसोबास भएका क्षेत्रमा युवा पुस्ताकै बाक्लो उपस्थितिमा साकेला नाच नाच्ने गर्छन् । काठमाडौँका टुँडिखेल, हात्तीवनलगायतका स्थानमा साकेला नाच्ने गरिन्छ । चार किरात (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायमा मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने उधौली र वैशाख पूर्णिमालाई बाली लगाउने समयका रूपमा भव्यताका साथ मनाउने प्रचलन छ । 

सोही प्रचलनअनुसार आज राईहरूले साकेला/साकेन्वा मनाइरहेका छन् भने लिम्बू समुदायले चासोक तङ्नाम, याक्खाले चासुवा र सुनुवारले फलेस्याँदर मनाइरहेका छन् । उधौलीलाई लिम्बू, सुनुवार र याख्खा समुदायले भव्य उत्सवका रूपमा मनाउँछन् भने राईहरूले मङ्सिर पूर्णिमा अर्थात् उधौलीमा एक दिन साकेला थानमा सिली नाचेर मनाउने गर्छन् । वैशाख पूर्णिमा अर्थात् उभौलीमा भने एक महिनासम्म टोलटोलमा ढोल-झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ ।

हरेक वर्षको मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली पर्व किराती मान्यताअनुसार आजदेखि हिउँद सुरु भएको मानिन्छ । बुढापाकाको भनाइअनुसार मार्गशीर्ष (मङ्सिर) शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत भेडीगोठ र नदीका माछा पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चरा संरक्षणमा चासो
चरा संरक्षणमा चासो बिहीबार, मंसिर १८, २०८२
स्वरोजगारमुलक तालिममा सहभागी नै पाउन छाडे: नगरप्रमुख चौधरी
स्वरोजगारमुलक तालिममा सहभागी नै पाउन छाडे: नगरप्रमुख चौधरी बिहीबार, मंसिर १८, २०८२
राष्ट्रिय व्यवसायिक पहल र मानव अधिकार जिम्मेवारीबारे राष्ट्रिय छलफल सम्पन्न
राष्ट्रिय व्यवसायिक पहल र मानव अधिकार जिम्मेवारीबारे राष्ट्रिय छलफल सम्पन्न बिहीबार, मंसिर १८, २०८२
पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार
पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार बिहीबार, मंसिर १८, २०८२
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने बिहीबार, मंसिर १८, २०८२
मार्गशीर्ष शुक्ल पूर्णिमाः धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा पर्व
मार्गशीर्ष शुक्ल पूर्णिमाः धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा पर्व बिहीबार, मंसिर १८, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP