Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १५, २०८३

काठमाडौं- आगामी आर्थिक वर्ष करिब एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माण गरिने लक्ष्य लिइएको छ । आज आगामी आव २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एक हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य पाँच वर्षभित्र सम्पन्न गरिनेछ । यसै वर्ष कमला-कञ्चनपुर तथा नारायणगढ-बुटवल सडकखण्ड स्तरोन्नतिको कार्य सम्पन्न हुने अर्थमन्त्रीको भनाइ छ ।

उनका अनुसार आगामी वर्ष काँकरभिट्टा-लौकही, कमला-बागमती, बुटवल-गोरुसिङ्गे तथा धानखोला-लमही खण्डअन्तर्गत ८० किलोमिटर सडक स्तरोन्नति गरिनेछ । बागमती-पथलैया, नारायणगढ-हेटौँडा तथा गोरुसिङ्गे-चन्द्रौटा खण्डको स्तरोन्नति सुरु गरिनेछ । पोखरिया-कञ्चनपुर, चन्द्रौटा-धानखोला तथा कोहलपुर-गड्डाचौकी सडकखण्ड स्तरोन्नतिको अध्ययन सम्पन्न गरिने बजेट वक्तव्यमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गका लागि रु ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ । 

त्यसैगरी, काठमाडौँ-तराई-मधेस द्रुतमार्गमा आगामी वर्ष ४० वटा पुल तथा ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरिने अर्थमन्त्री डा वाग्लेले उल्लेख गरेका छन् । द्रुतमार्गको लिङ्क रोड निर्माणसमेत सुरु गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । “यस आयोजनाका लागि  १७ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ । हुलाकी राजमार्ग आगामी तीन वर्षभित्र सम्पन्न गरिनेछ ।

Hardik health

यसअन्तर्गत घना बस्ती भएका क्षेत्रमा राजमार्ग चौडा गर्ने कार्य सुरु गरिनेछ तथा आठवटा सडक पुल निर्माण सम्पन्न गरिनेछ । हुलाकी राजमार्गका लागि  चार अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ”, मन्त्री डा वाग्लेले भने, “कर्णाली राजमार्गअन्तर्गत सुर्खेत-जुम्ला-गमगढी सडक स्तरोन्नतिका लागि रु एक अर्ब विनियोजन गरिएको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग आगामी तीन वर्षभित्र सम्पन्न गरिनेछ । यसअन्तर्गत ६५ किलोमिटर सडक स्तरोन्नति तथा पाँचवटा पुल निर्माण सम्पन्न गर्न  दुई अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।”

उनका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत २५ किलोमिटर सडक कालोपत्र तथा पुल निर्माणका लागि  एक अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी तीन वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गरिने अर्थमन्त्रीले उल्लेख गरे । उनका अनुसार राष्ट्रिय राजमार्गमा पर्ने ४० वटा ठूला पुल निर्माण तथा स्तरोन्नति गरिनेछ । राष्ट्रिय राजमार्ग, रणनीतिक सडक पुल तथा स्थानीय सडक पुलका लागि रु नौ अर्ब ८७ करोड विनियोजन गरिएको मन्त्री वाग्लेको भनाइ छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनीदेखि पोखरासम्म चार लेन सडक निर्माण शीघ्र सम्पन्न गरिनेछ । मुग्लिन-आबुखैरेनी खण्डको निर्माण सुरु गरिनेछ । नागढुङ्गा-मुग्लिन खण्डअन्तर्गत ४० किलोमिटर सडक स्तरोन्नति गरिने मन्त्री वाग्लेले बताए ।

“नागढुङ्गा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याइनेछ । यी सडकखण्डका लागि  छ अर्ब ५५ करोड रुपैैयाँ विनियोजन गरिएको छ । कर्णाली करिडोरको ३१ किलोमिटर सडक कालोपत्र तथा ग्राभेल गरिनेछ । कालीगण्डकी करिडोरको २१ किलोमिटर सडक कालोपत्र गरिनेछ । कोशी करिडोरको उत्तरी खण्डको १५ किलोमिटर सडक कालोपत्र गरिनेछ । यी तीन करिडोरका लागि  छ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ”, उनले भने, “गल्छी-स्याफ्रुबेँसी-रसुवागढी सडकखण्ड स्तरोन्नतिका लागि रु एक अर्ब ३५ करोड विनियोजन गरिएको छ । सिद्धार्थ राजमार्गको बुटवल-पोखरा खण्डलाई द्रुतमार्गका रूपमा निर्माण गर्ने कार्य प्रारम्भ गरिनेछ ।”


 


प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १७:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
दश महिनामा ८८ अर्ब बराबरको निर्यात
दश महिनामा ८८ अर्ब बराबरको निर्यात शुक्रबार, जेठ १५, २०८३
भर ३२ हजार ३२५ सहकारी, शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड
भर ३२ हजार ३२५ सहकारी, शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड शुक्रबार, जेठ १५, २०८३
जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड संकलन
जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड संकलन बिहीबार, जेठ १४, २०८३
एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात बिहीबार, जेठ १४, २०८३
मूल्य समायोजनको व्यवस्था गरिदिन सरकारसँग महासंघको आग्रह 
मूल्य समायोजनको व्यवस्था गरिदिन सरकारसँग महासंघको आग्रह  बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP