Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #रासस
  • #क्यालिस्थेनिक्स
  • #सामाजिक सुरक्षा कोष
  • #फोक्सिङटार
Search Here
बजार
  • Home
  • बजार
  • सुन्तला ढुवानीमा समस्या
सुन्तला ढुवानीमा समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १७, २०८२

तनहुँ - जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेनीकोटको सुन्तला बजारीकरणमा समस्या भएको छ । भिरालो सडक भएकाले स्तरोन्नति नहुँदा सुन्तला बजारीकरणका लागि ढुवानी जोखिमपूर्ण हुने गरेको हो । 

सुनकोटका रूपमा परिचित बेनिकोटबाट अहिले दिनहुँ पाँच गाडी सुन्तला जिल्लाबाट बाहिरिने गरेको स्थानीय कृषक लेखबहादुर थापाले बताए । जोखिमपुर्ण बाटो भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने खतरा उत्तिकै रहेको उनको भनाइ छ । 

उनले भने, “यहाँ सुन्तलाका बोट नभएका घर छैनन् । एक घरमा कम्तिमा २० बोटदेखि बढीमा आठ सय बोटसम्म लगाएर व्यवसायिक रूपमा खेती गर्दै आएका छन् ।” यतिबेला सुन्तला किनबेचका लागि गाउँमा ठेकेदार पुगेर खरिद गरी गाडीमार्फत काठमाण्डौँ, चितवन, पोखरासम्म ढुवानी गरिरहेका थापाले बताए ।

Hardik health

मङ्सिरको पहिलो सातासम्म किसान धान भित्र्याउन व्यस्था भएकाले यतिबेला करोडौँको सुन्तला बिक्री व्यस्त देखिन थालेका छन् । कृषक फलबहादुर थापाले सबैभन्दा बढी रु १६ लाख ५० हजारको सुन्तला बेचेको बताए । उनी सोही वडास्थित सिद्धबेनी माविका पूर्वशिक्षक पनि हुन् । 

स्थानीय तारा थापाले यस वर्ष रु तीन लाख ८० हजार र कालबहादुर रानाले रु चार लाखको सुन्तला बेचेको जानकारी दिए । सुन्तला खरिद गर्न ठेकेदार गाउँमा पुग्ने गरेकाले केही सहज भएको उनीहरूको भनाइ छ । “सुन्तलाको मोलमोलाइ गरेपछि बोट किन्ने प्रचलन छ । मूल्य कायम भएपछि सम्बन्धित ठेकेदारले फल टिप्ने र ढुवानी गरेर लैजाने हुँदा बिक्रीमा सहज भएको छ”, ताराले भनिन् ।

स्थानीय कृषक मनसिंह थापाले रु दुई लाख १० हजारको सुन्तला बेच्नुभएको छ । सुन्तला खेतीगर्न थालेपछि बारीमा बर्सेनि बिरुवा विस्तार गर्न थालेको उनले बताए । दिनबहादुर थापाले रु तीन लाखको सुन्तला बेचे । घरमा फल खरिद गर्ने व्यापारी आउने भएकाले बिक्री तथा ढुवानीको समस्या नभएको उनको भनाइ छ । “सडक असहज हुँदा खरिदकर्ताले गुनासो गर्ने गरेका छन्”, उनले भने, “सडकका कारण खरिदकर्ताले ढुवानीमा कठिनाइ भोग्नु परेको छ ।” 

यसवर्ष यहाँका अधिकांश सुन्तलाका बोटमा रोग लागेकाले उत्पादनमा कमी आएको कोटगाउँका दिपक थापाले बताए। उनले भने, “पुराना र रोगी बिरुवा हटाएर नयाँ बिरुवा लगाउने योजना बनाएको छु ।” बेनीकोटका स्थानीयले यस वर्ष रु दुई करोड बढी सुन्तलाबाट आम्दानी गरेका छन् । सुन्तलाखेतीको रूपमा परिचित यो स्थान सदरमुकाम दमौलीबाट सात किलोमिटरको दूरीमा पर्दछ ।


प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्
थप बजार
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
आजका लागि कृषिउपजको थोक मूल्य
आजका लागि कृषिउपजको थोक मूल्य शुक्रबार, माघ २, २०८२
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ बुधबार, पुस ३०, २०८२
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि बुधबार, पुस ३०, २०८२
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण
भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण मंगलबार, पुस २९, २०८२
सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै
सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP