Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
समाचार
  • Home
  • समाचार
  • मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो
मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १७, २०८२

मुस्ताङ- स्याउ उत्पादनले प्रसिद्ध हिमाली जिल्ला मुस्ताङमा यस वर्ष स्याउ उत्पादन घटे पनि यहाँका किसानले स्याउ बिक्री गरेर आम्दानी भने बढाएका छन् । गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव ९७ प्रतिशतले स्याउ उत्पादनमा ह्रास आए पनि गत वर्षको भन्दा यस वर्ष स्याउको बजारीकरणबाट  रु १६ करोड ५३ लाख बढी आम्दानी बढेको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ ।

यहाँ गत वर्ष यहाँ उत्पादन भएको स्थानीय र हाइब्रिड स्याउ गरी फार्म गेट औसत मूल्य प्रतिकिलो रु १५५ मा बिक्री भएकामा यस वर्ष प्रति  किलो फार्म गेट मुल्य रु १८५ मा बिक्री हुँदा स्याउ बिक्रीबाट आम्दानी बढेको कृषि तथा पशु विकास कार्यालयका प्रमुख राजेश गुरुङले जानकारी दिए ।
 
उनका अनुसार गत वर्षको स्याउको फार्म गेट मुल्यमा प्रतिकिलो रु ३० ले वृद्धि भएको हो । गत वर्ष मुस्ताङमा सात हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन भएकामा यस वर्ष छ हजार ६८४ मेट्रिक टन स्याउ उत्पादन भएको छ । केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष ६४४ मेट्रिक टन स्याउ कम फलेको हो ।

मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन दर घटे पनि उच्चघनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउको उत्पादनमा भने कुनै असर नपुगेको कार्यालय प्रमुख गुरुङको भनाइ छ । यहाँ गत वर्ष स्थानीय जातको स्याउ छ हजार ७८ मेट्रिक टन र हाइब्रिड स्याउ एक हजार २५० मेट्रिक टन उत्पादन भएको थियो । 

यस वर्ष स्थानीय जातको स्याउ पाँच हजार २५९ मेट्रिक टन र हाइब्रिड स्याउ एक हजार ४२४ मेट्रिक टन उत्पादन भएको छ । यहाँ गत वर्षको तुलनामा यस वर्ष स्थानीय स्याउमा ८१९ मेट्रिक टन कम फलेको छ भने हाइब्रिड स्याउ १७४ मेट्रिक टन बढी फलेको कार्यालय प्रमुख गुरुङको भनाइ छ ।

Hardik health

मुस्ताङमा यस वर्ष यहाँ उत्पादन भएको ९० प्रतिशत स्याउ जिल्ला बाहिर निर्यात हुँदा रु ९९ करोड २१ लाख ३३ हजार आम्दानी भएको जनाइएको छ । गत वर्ष यहाँ ९० प्रतिशत स्याउ जिल्ला बाहिर निर्यात हुँदा रु ८२ करोड ६८ लाख आम्दानी भएको थियो ।  गत वर्ष यहाँ स्थानीय स्याउ निर्यात हुँदा रु ६० करोड १८ लाख आम्दानी भएको थियो भने हाइब्रिड स्याउ निर्यात हुँदा रु २२ करोड २५ लाख पाँच हजार आम्दानी भएको थियो । यस वर्ष स्थानीय जातको स्याउ निर्यात गर्दा रु ७१ करोड ७३ हजार आम्दानी भएको थियो । कार्यालयको स्याउ तथ्याङ्कअनुसार गत वर्षभन्दा यस वर्ष स्थानीय स्याउ बिक्रीबाट रु १० करोड ८२ लाख र हाइब्रिड स्याउ बिक्रीबाट रु पाँच करोड ९५ लाख वृद्धि भएको छ ।

यहाँ बर्सेनि कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना एकाइ, शीतोष्ण बागवानी विकास केन्द्र मार्फा र सम्बन्धित स्थानीय तहका कृषि प्राविधिक लगायतको समन्वयमा माथिल्लो मुस्ताङ, मध्य मुस्ताङ र तल्लो मुस्ताङ क्षेत्रमा तीन भागमा विभाजन गरी स्याउको क्रप कटिङ विधिबाट धेरै फल्ने, मध्यम फल्ने र कम फल्ने स्याउ बगैँचाको उत्पादन लेखाजोखा गरिएको आधारमा उत्पादन र आम्दानी अनुमान गरिएको कार्यालय प्रमुख गुरुङले जानकारी दिए । 

उनका अनुसार मुस्ताङमा उत्पादन भएको स्याउ ९० प्रतिशत जिल्ला बाहिर निर्यात भएको र १० प्रतिशत स्याउ जिल्लाभित्र भण्डारण र खपत भएको छ । मुस्ताङका पाँच स्थानीय तहमा गरी कूल ८९९ हेक्टर क्षेत्रफलमा स्याउखेती विस्तार गरिएकोमध्ये ६२७ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ ।  त्यसमध्ये स्थानीय स्याउको क्षेत्र ८३७ हेक्टरमध्ये ५७२ हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । यसैगरी ६२ हेक्टर क्षेत्रफलमा लगाइएको उच्चघनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ बगैँचामध्ये ५५ हेक्टर क्षेत्रफलमा लगाएको स्याउले उत्पादन दिने गरेको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ ।

यहाँ गत वर्षको तुलनामा यस वर्ष स्थानीयतर्फ सात हेक्टर र हाइब्रिडतर्फ दुई हेक्टर क्षेत्रफल विस्तार भएको थियो । मुस्ताङमा एक शुन्य छ प्रतिशतले स्थानीय स्याउ र १० प्रतिशतले हाइब्रिड स्याउको उत्पादनशील क्षेत्र विस्तार भएको कार्यालयले जनाएको छ ।यहाँ गत वर्ष प्रतिहेक्टर उत्पादकत्व स्थानीय १० दशमलव ७४ मेट्रिक टन रहेकामा यस वर्ष घटेर प्रति हेक्टर उत्पादकत्व नौ दशमलव १९ प्रतिशत रहेको छ । यसैगरी गत वर्ष हाइब्रिड स्याउ प्रति हेक्टर उत्पादकत्व २५ मेट्रिकटन रहेको यस वर्ष २५ दशमलव ९० मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको कार्यालय प्रमुख गुरुङले जानकारी दिए ।

मुस्ताङका स्याउ किसानले स्थानीय जातका स्याउमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड डेलिसियस र फुजी स्याउ उत्पादन गर्छन् । उच्चघनत्व प्रविधिको हाइब्रिड स्याउतर्फ गाला,रेड डेलिसियस, किङ्गरोट, जोना प्रिन्सलगायतका स्याउ उत्पादन हुने गरेको छ ।


प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP