Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #रासस
  • #क्यालिस्थेनिक्स
  • #सामाजिक सुरक्षा कोष
  • #फोक्सिङटार
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • द बिगेस्ट सेल अफ द इयर दराज ११.११ उपलब्धिमूलक
द बिगेस्ट सेल अफ द इयर दराज ११.११ उपलब्धिमूलक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १६, २०८२

काठमाडाैं -  नेपालको सर्वाधिक प्रतिक्षित तथा लोकप्रिय किनमेललाई द बिगेस्ट सेल अफ द इयर दराज ११.११, ले नयाँ उचाइ प्रदान गरेको छ। कम्पनीका अनुसार नोभेम्बर १० (कात्तिक २४)को राति ८ बजेबाट सुरु भएको यो मेगा सेलमा यस वर्ष पनि उल्लेखनीय उपलब्धिहरु प्रदर्शित भएका हुन्।

सन् २०२५मा आयोजित अन्य सबै दराजका अभियानहरुको तुलनामा दराज ११.११ ले २६ प्रतिशत अधिक अर्डर, अभूतपूर्व ट्राफिक वृद्धिका साथै सहजता, भ्याल्यू र विश्वासका लागि अनलाइन किनमेल गर्ने उपभोक्ताहरुका साथै पहिलो पटक यो अनुभव लिनेहरुको समेत सर्वाधिक सहभागिता समेत रहेको थियो। 

यी सबैको केन्द्रमा प्रिमियम उत्पादनहरुका लागि शतप्रतिशत प्रमाणित, प्रमाणिक (भेरिफाइड) तथा ब्राण्ड शपिंगका लागि विश्वसनिय गन्तव्यका रुपमा अग्रपंक्तिमा दराजमल रहेको छ। दराज एपभित्रै, प्रमाणित र केवल अधिकृत र भेरिफाइड ब्राण्डहरुका लागि छुट्याइएको विशेष स्पेस दराजमलले यस वर्ष पनि कन्भर्जन र दीर्घकालीन उपभोक्ताहरुको विश्वास जित्दै असाधारण प्रदर्शनी प्रस्तुत गर्न सफल भएको छ। 

विगतका सेलहरुका तुलनामा दराजमलमा सम्मिलित ब्राण्डहरुले यस पटक २५ प्रतिशत अधिक आम्दानी, विक्रि संख्यामा १.४ गुणा वृद्धि र प्रडक्ट पेज भिजिटका आधारमा ६५ प्रतिशत सम्मको वृद्धि प्रदर्शित गरेको छ।  अनुमान गरिएभन्दा अधिक सफल नतिजाका साथमा यसले नयाँ आन्तरिक बेन्चमार्क समेत स्थापित गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ। प्रामाणिक उत्पादनहरुका लागि बढ्दो माग, बलियो भन्डारण सुविधा, मागको ब्यवस्थापनार्थ उचित बितरण प्रणाली, प्रतिस्पर्धात्मक मूल्य, पर्याप्त डिजिटल भिजिबिलिटी लगायत यसको प्रमुख कारण रहेका छन्।

Hardik health

प्लेटफर्म भरमै, सियाओमी, ब्राण्डहाउस, प्रोटिन नेपाल र एईबिबी गरी चार दराजमल पार्टनरहरुका सफलताको कथा विशेषरुपमा अदिृतीय रहेको थियो । तिनले रणनैतिक साझेदारी, प्रमाणिक उत्पादनहरु, प्ल्याटफर्मद्वारा प्राप्त भिजिबिलिटी लगायतको सहायता मार्फत नेपालको बढ्दो ई कमर्स इकोसिस्टममा अदृतिय वृद्धि हात पार्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेका छन् । 

सियाओमी : दराज ११.११ मा प्राविधिक श्रेणीको ‘पावर पर्फरमर’
इलेक्ट्रोनिक्स श्रेणीमा सियाओमीले दराज ६.६ अभियानको तुलनामा १० गुणा वृद्धि हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ।  विशेष मूल्य, उच्च  भिजिबिलिटी र मल्टि च्यानल मार्फत चलाइएको एफिलिएट्स तथा इनफ्लुएन्सर एक्टिभेशन मार्फत चलाइएका प्रचार अभियानहरूका माध्यमबाट ब्राण्डले ३० लाखभन्दा बढी भिजिबिलिटी हात पार्न सफल भयो। 

यसले गर्दा कम्पनीले आफ्ना बेस्ट सेलिंग लाइनअपहरु,  रेडमी प्याड टू, रेडमी वाच फाइभ एक्टिभ, रेडमी बड्स सिक्स प्ले र सियाओमी पावरबैंकमा उपलब्ध गराएका आकर्षक डिल्सका लागि निरन्तर भिजिबिलिटी प्राप्त भयो।  फोन्स तथा ट्याब्लेटका लागि बजार मूल्य भन्दा औसतमा ८ प्रतिशत कममा उपलब्ध गरिएका प्राइसिंग डिल्स र अडियो वेयरेबल्समा उपलब्ध गरिएको २५ प्रतिशत कम मूल्यको अफरले गर्दा सियाओमीलाई टेक सिकिंग सपर्सका लागि विशेषरुपमा आकर्षित गर्न सफल रह्यो। 

सेल अवधिभर, दराजमलको अथेन्टिसिटी ग्यारेन्टिले गर्दा उपभोक्ताको आत्मविश्वासमा थप टेवा पुग्दा यसरी प्राप्त उच्च ईन्ट्रेस्टलाई रेकर्ड ब्रेकिङ कन्भर्जनमा लान सफल भएको हो ।

एडिडास, रिबक र एसिक्स फ्युलले हात पारे उल्लेखनीय वृद्धि
यस वर्षको ११.११ मा ब्राण्डहाउसले उल्लेखनीय वृद्धि हात पार्दै, अप्रिल ४.४ सेलको तुलनामा आफ्नो अर्डरमा ३३३% वृद्धि हासिल गरेको छ । शीर्ष ब्रान्डहरू, साहसी उत्पादन–विस्तार र रणनीतिक भिजिबिलिटीका माध्यमबाट यो सफलता सम्भव भएको हो । कार्यक्रमको दुई हप्ता अगाडि मात्र, ब्रान्डले १६२ नयाँ उत्पादनहरु र ५२३ भेरिएसन थपेर हिउँदे र फिटनेस–श्रेणीका खरिदकर्ताहरूका लागि आफ्नो लाइन–अप अझ बलियो बनाएको थियो । 

यसरी थपिएका प्रमुख उत्पादनहरुमा एडिदासका स्वेटशर्ट र हुडी, एसिक्सकाका जुत्ता र जिम–वेयर, रिबकका फिटनेस एपेरल सहित अघिल्ला बेस्ट–सेलरहरूको रिफ्रेस गरिएको स्टक समावेश थिए । ती मध्यपनि एडिदास ‘हिरो ब्रान्ड’का रूपमा उदाउँदै, कुल अर्डरको ४५% योगदान गरेको थियो । रिबक र एसिक्सले संयुक्त रूपमा कुल अर्डरमध्ये आधाभन्दा बढी माग भित्राउन सफल भएका थिए । यसले प्रिमियम ग्लोबल ब्रान्डप्रतिको बलियो ग्राहक विश्वास झल्काएको छ । 

यसबाहेक, ब्राण्डहाउसले लेभाइजका न्यू अराइभल्सपनि सूक्ष्मरूपमा छनोट गर्ने कपडा–खरिदकर्ताहरूका लागि प्रस्तुत गरेको थियो । ब्राण्डहासले दराज एपभित्र आफ्नो प्लाटिनम पार्टनर भिजिबिलिटीलाई अधिकतम बनाउँदै प्रायोजित सामाजिक सञ्जाल विज्ञापनमा लगानी गर्दै उच्च–खरिद–मनसाय भएका ग्राहकहरूलाई सिधै आफ्नो दराजमल स्टोरतर्फ डाइरेक्ट गरेको थियो । दराजमलले प्रामाणिकता र वारन्टीको आश्वासन दिने भएकाले, ग्राहकहरूले गुणस्तरीय कपडा र स्पोट्र्स–लाइफस्टाइल आवश्यकताका लागि आत्मविश्वासका साथ ब्राण्डहाउस रोजेको प्रष्ट रहेको छ ।

प्रोटिन : नेपालको उच्चगतिको वृद्धि
दराज ११.११ मा प्रोटिन नेपालले उच्च–गतिको वृद्धिदर हात पार्दै दराज मलभित्र नेपालको सबैभन्दा छिटो बढ्दै गएको न्यूट्रिशन ब्रान्डको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ। आक्रामक मूल्य निर्धारण, विस्तृत प्रोमोशन र इनफ्लुएन्सर एक्टिभेसनको सहायताबाट ब्रान्डले दराज ६.६ को तुलनामा करिब तीन गुणा अधिक वृद्धि दर्ता गर्न सफल भएको हो।

अफलाइन बजारभन्दा औसत ३० प्रतिशत कम मूल्यमा उत्पादन उपलब्ध गराउने दराजको रणनीतिले प्रोटिन पाउडर र सप्लिमेन्ट्समा विशाल प्रतिस्पर्धात्मक फाइदा सिर्जना गर्यो।  प्लाटिनम पार्टनरका रुपमा रहेको प्रोटिन नेपालले दराज विज्ञापन, डीएमएस (दराज मार्केटिंग सोल्यूशन्स) र प्रोडक्ट एड्समा बृहत्त लगानी गर्दै ३६०–डिग्री प्रमोशनल अभियान सञ्चालन गरेको थियो ।

 दराज र ब्रान्ड दुवैको संयुक्त पहलबाट फिटनेस इनफ्लुएन्सर र केओएल (कि अपिनियन लिडर्स)को सक्रियतामा २० लाखभन्दा बढी पहुँच हासिल गर्न सफल भएको थियो । यसले देशभरका फिटनेस प्रेमीहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्दै, न्यूट्रिशनजस्तो संवेदनशील श्रेणीमा दराजमलको भेरिफाइड–सेलर वातावरणले प्रामाणिकतामाथिको भरोसा अझ बलियो बनाउन सघाएको थियो।

यही कारण ग्राहकहरूले उच्च आत्मविश्वासका साथ पुनः–खरिद समेत गरे, र प्रोटिन नेपाललाई ११.११ को अग्रणी ब्रान्डको रूपमा स्थापित हुन सहयोग मिलेको थियो।

विश्वासमार्फत प्राप्त एईविबीको सफलता 
एईविबीले यस वर्षको ११.११ मा उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै दराज ६.६ को तुलनामा १६२% अर्डर वृद्धि हासिल गर्न सफल रह्यो।कम्पनीले ११.११को अवसरमा उपलब्ध गराएको विशेष मूल्य, नयाँ प्रोडक्ट लन्च र बलियो संयुक्त मार्केटिङ रणनीति यो सफलताका प्रमुख कारकहरु  हुन् । चार वर्षअघि दराजमा आफ्नो यात्रा सुरु गरेको एईविबीले यसपटक बेबी–केयर नेतृत्वलाई थप मजबुत बनाउँदै ७१+ प्रोडक्टमा १६ प्रतिशत फ्ल्याट डिस्काउन्ट र भाउचर अफर प्रस्तुत गरेको थियो । 

यसले ठूलो परिमाणमा ट्राफिक र कनभर्जन बढाउन सहयोग मिलेको थियो । यी अफरहरूको प्रभाव प्रिमियम डायपर तथा स्किनकेयर लाइनहरूमा समेत प्रस्ट झल्किएको थियो । उच्च प्रभावकारी सामाजिक–सञ्जाल प्रमोशन, मेटा क्याम्पेन र संयुक्त मार्केटिङले ग्राहकहरूलाई निरन्तर दराजतर्फ डाइरेक्ट गर्न सफल भएको थियो। 

साथै, कम्पनीले ११.११ का लागि दराज एक्स्क्ल्यूजिव बेबी मिल्क फर्मूला पनि सार्वजनिक गर्दै आफ्नो प्रिमियम पोर्टफोलियो विस्तार गरेको थियो । प्लाटिनम पार्टनरका रूपमा डिजिटल च्यानलहरूमा गरिएको व्यापक लगानीले बिक्री अवधिभर उच्च भिजिबिलिटी सुनिश्चित हुँदा दराजमल सँग जोडिएको प्रामाणिकता र विश्वासले अभिभावकहरूलाई आफ्ना बालबालिकाका लागि सुरक्षित र विश्वसनीय एईविबी उत्पादन छान्न निर्णायक रूपमा प्रेरित गरेको थियो । 

दराजमल 
सियाओमीको इलेक्ट्रोनिक्स नेतृत्वदेखि ब्राण्डहाउसको फेशन उछाल, प्रोटिन नेपालको न्यूट्रिशन वृद्धि र एईविबीको विश्वासमा आधारित विस्तारसम्म, दराजमलले, ब्रान्डहरू र लाखौँ सक्रिय उपभोक्ताको संयोजन मार्फत ब्रेकथ्रु सफलता सिर्जना गर्न सकिन्छ भन्ने कुरा पूणः प्रमाणित गरेको छ। दराज ११.११ नेपालभरका ब्रान्डहरूका लागि वर्षकै सबैभन्दा ठूलो वृद्धि–अवसरका रूपमा उभिएको छ।

यस परिवर्तनको केन्द्रमा दराजमल नै रहेको छ, जहाँ खरिदकर्ताले १०० प्रतिशत जेन्यूइन उत्पादनहरु पाउँछन् र ब्रान्डहरूले पनि आफ्ना ग्राहकहरूसम्म आफ्नो सहज पहुँच विस्तार गर्न सक्ने कम्पनीले जनाएको छ। 


प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १३:५५
#दराज
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
महालक्ष्मी बैंकले  “महालक्ष्मी माघ महोत्सव”- डिजिटल प्रबद्र्धन महिना सञ्चालन गर्ने 
महालक्ष्मी बैंकले “महालक्ष्मी माघ महोत्सव”- डिजिटल प्रबद्र्धन महिना सञ्चालन गर्ने  बिहीबार, माघ १, २०८२
गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन
गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन बिहीबार, माघ १, २०८२
लुम्बिनी  बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न
लुम्बिनी बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न बुधबार, पुस ३०, २०८२
ग्लोबल  बैंकद्वारा १९औँ वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान कार्यक्रम सम्पन्‍न
ग्लोबल बैंकद्वारा १९औँ वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान कार्यक्रम सम्पन्‍न बुधबार, पुस ३०, २०८२
कुमारी बैंकको २५औँ वार्षिक साधारण सभा सम्पन्न
कुमारी बैंकको २५औँ वार्षिक साधारण सभा सम्पन्न बुधबार, पुस ३०, २०८२
नेशनल लाईफ ३८ औं वार्षिक साधारण सभा सम्पन्‍न
नेशनल लाईफ ३८ औं वार्षिक साधारण सभा सम्पन्‍न बुधबार, पुस ३०, २०८२
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौँ साधारण सभा सम्पन्न 
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौँ साधारण सभा सम्पन्न  मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP