काठमाडाैं– साताको अन्तिम दिन नेप्से परिसूचक नेप्से उच्च विन्दुमा कायम छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से बिहीबार १०.४३ अंकले बढेकाे हो।
आज ३३३ कम्पनी १ करोड ४६ लाख कित्ता सेयर खरिदबिक्री भई ६ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये १३१ कम्पनीको सेयर मूल्य बढेको छ। १२१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ बजारमा सागर डिस्टिलरीको मूल्य १० तथा स्वस्तिक लघुवित्त, झापा इनर्जी र आत्मनिर्भर लघुवित्तको मूल्य ९.९९ प्रतिशतले बढेरको छ । त्यस्तै एनआरएनको सेयर मूल्य पनि ९.६२ प्रतिशतले बढेको छ।
१३ समूहमध्ये फाइनान्स, लघुवित्त, उत्पादनमूलक अन्य र ट्रेडिङ समूहको सूचक घट्दा बाँकी समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै वृद्धि बैंकिङ समूहमा १.४९ प्रतिशतले भएको छ ।