काठमाडौं– नेप्से परिसूचक आज पनि वृद्धि भएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से ९.६१ अंकले बढेर २ हजार ६६५.६० विन्दुमा पुगेको हो ।
सेन्सेटिभ इण्डेक्स १.६४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंकले बढेको छ ।आज कारोबारमा आएका ३२२ कम्पनीको १ करोड ३६ लाख २० हजार कित्ता सेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
कारोबारमा आएका ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । जसमा झापा इनर्जी, सागर डिष्लिटरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको नेप्सेले जनाएको छ । त्यस्तै, रिभर फल्स पावरको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । तर यता बोटलर्स नेपालको सेयर मूल्य भने ३.९४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ६२ करोड ४३ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको २६ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ ।