काठमाडाैं - नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएकाे छ । नेशनल फण्डले सर्वसाधारणका लागि करिब २१ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएकाे हाे ।
नेशनल फण्डले सर्वसाधारणका लागि जारी गरिने रु.१००/- अंकित दरका २१ लाख ६ हजार कित्ताले हुन आउने रु२१ लाख ६ हजार रकम बराबरको २०% प्रतिशत साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त शेयर निष्काशनका लागि नेशनल फण्ड म्यानेजमेन्टको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृतबिजय लाल श्रेष्ठबीच लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडाैंमा आइतबार द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरियो ।
यस नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड को कोष व्यवस्थापक भई संचालन गर्न इजाजत प्राप्त गरेको छ । साथैे बुक बिल्डिङ विधि मार्फत निष्काशित धितोपत्र को लागि योग्य संस्थागत लगानीकर्ता को रुपमा कार्य गर्नका लागि स्वीकृति समेत प्राप्त गरेको छ।
यस कम्पनी कोष व्यवस्थापक रहिे पूँजी संकलन कार्य सम्पन्न गरि विविधिकृत प्राइभेट इक्वीटी फण्डको रुपमा “नेशनल इक्वीटि फण्ड–१” र उर्जा क्षेत्र लक्षित प्राइभेट इक्वीटी फण्ड को रुपमा “नेशनल हाईड्रो फण्ड–२” संचालन गर्दै आएको छ। क्रेडिट रेटिङ संस्थाद्वाराCARE- NP BBB( Is) [Triple B (Issuer)] रेटिङ प्राप्त यस नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा सरकारी संस्थाहरुको करिव २७% लगानी रहेको, विभिन्न बैँक, वित्तिय संस्था एवम् एन.आर.एन. हरुको लगानी रही विगत ३ वर्ष देखि लाभाँश वितरण गर्दै आएको छ।
.