Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • अध्यादेशले ह्वात्तै बढायो मतदाता एनआइडीबाट मात्र झन्डै पाँच लाख
अध्यादेशले ह्वात्तै बढायो मतदाता एनआइडीबाट मात्र झन्डै पाँच लाख
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ७, २०८२

 

  • अध्यादेश जारी भएपछि थपिए साढे आठ लाख मतदाता 
  • थपिएकामध्ये धेरै जेन–जी पुस्ता
  • नयाँ मतदाता १० लाख १६ हजार 
  • हरेक चुनावमा बढ्दै मतदाता

राष्ट्रिय परिचयपत्र भएकाको विवरण र तस्बिरमा जसरी प्रणालीबाटै निर्वाचन आयोगलाई पहुँच दिने व्यवस्था गरियो । त्यसपछि उत्साहप्रद रूपमा मतदाता थपिए
नारायणप्रसाद भट्टराई 
प्रवक्ता, निर्वाचन आयोग

काठमाडौं– राष्ट्रिय परिचयपत्र भएकाको हकमा त्यसको विवरण र तस्बिरमा प्रणालीमार्फत निर्वाचन आयोगलाई पहुँच हुने व्यवस्था गरिएपछि अधिक मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार अध्यादेश ल्याएर आयोगलाई त्यसरी पहुँच दिएको २६ दिनमा आठ लाख ३७ हजार ९४ जना मतदाता थपिए । 

थपिएकामध्ये पुरूष चार लाख ७३ हजार ३४५ छन् । महिला ३ लाख ६३ हजार ७७८ जना र अन्य ६१ जना रहेको आयोगले जनाएको छ ।  आयोगका अनुसार नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९१४ जना र राष्ट्रिय परिचयपत्र(इनआइडी)को बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उत्साहजनक रूपमा मतदाता थपिएको बताए । 

Hardik health

‘मतदाता हुन योग्यता पुगे पनि धेरै जेन–जी छुटेको गुनासो आयो र त्यसलाई सम्बोधन गर्न सरकारले अध्यादेश ल्याएर राष्ट्रिय परिचयपत्र भएकाको विवरण र तस्बिरमा जसरी प्रणालीबाटै निर्वाचन आयोगलाई पहुँज दिने व्यवस्था गरियो,’ उनले प्रभावसँग भने, ‘त्यसपछि उत्साहप्रद रूपमा मतदाता थपिए ।’

यसपटक नयाँ मतदाता १० लाख १६ हजार ७५४ जना छन् । उनीहरूले आगामी २१ फागुनमा पहिलोपटक मतदान गर्दैछन् । आयोगका अनुसार नयाँमध्ये धेरै मतदाता जेन–जी विद्रोहपछि थपिएका हुन् । अध्यादेश जारीपछि उत्साहजनक रूपमा मतदाता थपिएको आयोगले जनाएको छ ।   यससँगै कुल मतदाता संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । यसअघि २०७९ को प्रतिनिधिसभा चुनावका लागि मतदाता एक करोड ७९ लाख ८८ हजार ५७० जना थिए ।

यसपटक भने मतदाता उल्लेख्य रूपमा बढेको पाइएको हो । चुनाव भने आगामी २१ फागुनमा हुँदै छ । २७ भदौमा जेन–जी विद्रोहपछि गठित नागरिक सरकारी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा गरेकी थिइन् । त्यही दिन ताजा जनादेशका लागि चुनाव घोषणा गरिन् ।  तर, गत २३ र २४ भदौको जेन–जी विद्रोहका सरोकारवाला मतदाता नै नभएको गुनासो आएको थियो । त्यसपछि सरकारले अध्यादेश ल्याएर उनीहरूलाई सम्बोधन गरेपछि कतिपय जेन–जी समूह र दलले ठाउँठाउँमा स्टल राखेरै मतदाता नामावलीमा नाम दर्तामा सहयोग गरेका थिए । 

आयोगले कुल मतदातामध्ये मृत्यु भएका वा उजुरी परेकाहरूको टुंगो लगाउने भने बाँकी छ । आगामी १५ पुसम्ममा टुंगो लगाएर अन्तिम मतदाताको नामावली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले बताए । नामावलीमा कुनै त्रुटि भए सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए उजुरी दिन र कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिन आयोगले आह्वान गरेको छ । मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको मंसिर २१ देखि २७ गतेसम्म निवेदन, उजुरी वा सूचना दिन सकिने आयोगले जनाएको छ ।

त्यस्तो उजुरी वा सूचना आयोगकै वेभसाइट वा सम्बन्धि प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा दिन सकिने छ । आयेगले प्राप्त गुनासा, उजुरी वा सूचनाबारे सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गराउने भएको छ । पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन आयोगको निर्वाचन कार्यतालिकामा उल्लेख छ । 

बढ्दै मताधिकारी
हरेक पटकको चुनावमा मतदाता संख्या बढेको देखिएको छ । पछिल्लो तीन वटा चुनावको मतदाता संख्या हेर्दा त्यो देखिन्छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार २०७४ सालको प्रतिनिधिसभा चुनावका लागि मतदाता संख्या एक करोड ५४ लाख २७ हजार ७ सय ३१ थियो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा २५ लाख ६० हजार बढ्यो । कुल मतदाता त्यसबेला एक करोड ७९ लाख ८८ हजार ५७० जना भए । 

अब २१ फागुनमा हुने चुनावमा १० लाख १६ हजार बढी नयाँ मतदाता थपिए । तर, २०७४ सालको प्रतिनिधिसभा चुनावमा ६८ दशमलव ६७ प्रतिशत मत खसेको थियो । २०७९ को प्रतिनिधिसभा चुनावमा ६१ प्रतिशत मात्रै मत सख्यो । यसपटक कति खस्छ ? टुंगो छैन । २०७० सालमा भएको संविधानसभा चुनावमा सर्वाधिक ७८ दशमलव ७४ प्रतिशत मत खस्दा २०६४ को पहिलो संविधानसभा चुनावमा प्रत्यक्षतर्फ ६१ दशमलव ७ प्रतिशत र समानुपातिकतर्फ ६३ दशमलव ३ प्रतिशत मत खसेको आयोगले जनायो । 

२०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा ६५ दशमलव ७९ प्रतिशत र २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा ६१ दशमलव ८६ प्रतिशत मत र त्यसअघि २०४८ सालमा ६५ दशमलव १५ प्रतिशत मत खसेको थियो ।
 


प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP