काठमाडाैं– आज नेप्से परिसूचक सामान्य घटेको छ । बजार परिसूचक ०.९३ अंक घटेर नेप्से २५६०.१५ अंकमा झरेको हो ।
आज बजारमा ४ अर्ब ६८ करोडको कारोबार भयो । बजारमा ११२ कम्पनीको मूल्य बढ्दा १३८ को घटेको छ । ६ कम्पनीको मूल्य भने स्थिर छ । समूहगत रुपमा सात समूहको सूचक बढ्दा सबैभन्दा धेरै वृद्धि होटल तथा पर्यटन समूहमा १.१६ प्रतिशतले भयो । अरू सबै समूहका एक प्रतिशत भन्दा कम मात्रै उतारचढाव भएको छ।
आज बजारमा धौलागिरी लघुवित्त, बन्दीपुर केबुलकार, झापा इनर्जी र सागर डिस्टिलरी कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेका छन् ।
आज धेरै कारोबार भएकामध्ये कम्पनीमा साहस ऊर्जा ४१ करोड ८० लाखको शेयर किनबेच भएको छ । त्यसपछि धेरै कारोबार हुनेमा सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर र बरुण हाइड्रोपावर लगायत छन् ।