Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #एनपिएल
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #दुर्गा प्रसाईं
  • #ज्योति_विकास_बैंक
  • #जसपा
  • #स्याकार_कम्पनी
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त
भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ४, २०८२

भोजपुर– भोजपुरका किसान यो समयमा कोदो थन्काउने काममा व्यस्त छन्। धान भण्डारणको काम सकिएलगत्तै किसानहरू कोदो भण्डारणमा कार्यमा जुटेका हुन्। 

कोदो भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । कोदो खेती भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सीका, दावासँगै जिल्लाका सबै स्थानीय तहमा गरिन्छ। व्यवसायिक रूपमा खेती गर्ने किसान कम भए पनि घरायसी प्रयोजनका लागि अधिकांश किसान वर्षेनी कोदो रोप्ने गर्छन्। हाल स्थानीय बजारमा कोदो प्रतिकेजी ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ ।

पुरानो रैथाने बाली भएकाले वर्षेनी कोदो लगाइरहेको किसान धनबहादुर थापा बताए । गाउँघरका किसान यो समयमा कोदो पिप्ने, कोदोको घाँस थक्याउने, कोदो कुट्ने काममा व्यस्त रहेको उनको भनाइ छ । यस वर्ष वर्षातका कारण कोदो लडेकाले टिप्न अलि समस्या रहेको किसानको भनाइ छ  । “गाउँघरमा अहिले कोदो थन्काउने चटारो छ”उनले भने,“ व्यवसायिक रूपमा नभएपनि घरायसी आवश्यकता पूरा गर्न कोदो रोप्ने चलन हाम्रो ठाउँमा अझै छ।” श्रम धेरै लाग्ने र उत्पादन कम हुने भएकाले यसतर्फ किसानको आकर्षण घट्दै गएको उनको भनाइ छ। कोदाको मूल्य स्थिर नहुँदा पनि बेचबिखनमा समस्या हुने गरेको किसानहरूको गुनासो छ ।

Hardik health

कोदोबाट रोटी, ढिंडो, केक, पेय पदार्थदेखि विविध परिकार बनाउन सकिने भएकाले यसको माग स्थिर रहँदै आएको छ। कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष पाँच हजार २७० हेक्टर क्षेत्रमा कोदोखेती गरिएको थियो । यस वर्ष पनि सोही हाराहारीमा कोदो खेती भएको केन्द्रले जनाएको छ ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
बर्खे धानको समर्थन मूल्य नपाएको किसानको गुनासो
बर्खे धानको समर्थन मूल्य नपाएको किसानको गुनासो बिहीबार, मंसिर ४, २०८२
तनहुँमा मकै उत्पादन बढ्यो
तनहुँमा मकै उत्पादन बढ्यो बिहीबार, मंसिर ४, २०८२
दूग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन
दूग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन मंगलबार, मंसिर २, २०८२
उखुको मूल्य तोक्नुअघि अध्ययन सुरु
उखुको मूल्य तोक्नुअघि अध्ययन सुरु आइतबार, कात्तिक ३०, २०८२
लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो
लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो आइतबार, कात्तिक ३०, २०८२
सुदूरपश्चिममा हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन कार्यक्रम
सुदूरपश्चिममा हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन कार्यक्रम शुक्रबार, कात्तिक २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP