Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
कृषि
  • Home
  • कृषि
  • कागतीखेतीबाट तीन महिनामा नौ लाख आम्दानी
कागतीखेतीबाट तीन महिनामा नौ लाख आम्दानी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २७, २०८२

गण्डकी- कृषि कर्ममा लाग्ने हो भने रोजगारीका लागि विदेशै ताक्नु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण दिएका छन्  । पोखरा महानगरपालिका–३१ खनास्वाराका टुकाराम लामिछाने कागतीखेतीबाट तीन महिनामा झण्डै रु नौ लाख आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका हुन् ।

एलसी अर्गानिक कृषि फर्म दर्ता गरेर आठ वर्षअघि भिरालो २६ रोपनी जग्गामा लगाएका ५०० सोना जातका कागतीका बिरुवाले चार वर्षको अवधिदेखि निरन्तर उत्पादन दिन थालेको र यस वर्षको भदौ, असोज र कात्तिकमा मात्र कागती बिक्रीबाट रु नौ लाख आम्दानी गरेको कृषक लामिछानेले जानकारी दिए ।  

कृषि ज्ञान केन्द्र स्याङ्जाबाट उपलब्ध गराइएका २०० ठूलो लेमनका बिरुवाले राम्रो उत्पादन दिए पनि बजारमा बिक्री नभएपछि सबै बोट हटाएर सो स्थानमा सोना जातका बिरुवा रोपेको बताउँदै उनले भने, “उत्पादन भएको कागती बिक्री हुँदैन कि भन्नु पर्दैन, यतिखेर बजारमा कागती प्रतिकिलो रु २०० देखि २५० का दरले बिक्री हुने गरेको छ ।” 

Hardik health

उमेरले ६५ काटेका कृषक लामिछाने परम्परागत खेती प्रणाली अपनाउँदा बाँदर र अन्य जङ्गली जनावरले नष्ट गर्न थालेपछि विकल्पका रुपमा सुरु गरेको व्यावसायिक कागतीखेती पछिल्लो समय मुख्य आम्दानीको श्रोत बनेको बताए । बेगनासतालको जलाधार क्षेत्रमा पर्ने सो स्थानमा लिप्टिङ प्रविधिमार्पmत सिँचाइको राम्रो प्रबन्ध मिलाइएका कारण कागतीका बोटमा बाह्रै महिना फल लाग्ने गरेको बताउँदै उहाँले वार्षिकरुपमा रु १५ लाखभन्दा बढी आम्दानी हुने गरेको जानकारी दिए ।
    
    कागतीको एउटै बोटमा वर्षमा एक क्वीन्टलसम्म फल्ने गरेकामा खुशी व्यक्त गर्दै उहाँले भन्नुभयो “यो तीन महिनाको अवधिमा दैनिक ४० देखि ५० किलो उत्पादन भएको थियो, कागतीको बोटमा कुनै पनि विषाधि प्रयोग गर्नुपरेको छैन, बजारमा अर्गानिक उत्पादनको महत्व बढेको छ ।”

पछिल्लो समय तातोपानी, चिया र खानामा कागतीको अत्याधिक प्रयोग हुने हँुदा बजारमा माग बढेको छ । कास्कीमै पहिलो व्यावसायिक कागतीखेती सुरु गरेको दाबी गर्ने लामिछानेले भन्नुभयो, “राज्यकातर्पmबाट कृषकलाई आवश्यक सहयोग गरेर प्रेरित गर्ने हो भने कागतीलगायत तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ ।”

कागती अन्तरबालीका रुपमा तरुल, अकबरे खुर्सानी, टिमुर, अमला, ओल, एभोकाडो, अम्बा, सुन्तला, ज्यामिर, निबुवा, ठूलो बयर, रातो केरा, मेकानियानट जस्ता विभिन्न जातका फलफुलका बोटबिरुवा फष्टाएका छन् । परिक्षणका लागि लगाएको एउटा स्याउको बोटमा ५०–६० वटा फल लागेको भए पनि सबै बाँदरले खाएको उहाँले बताउनुभयो ।

    “यदी सरकारले किसानको फर्मबाट नै उत्पादित कागतीलगायत कृषिजन्य उत्पादन खरिद गर्ने व्यवस्था गरिदिए कृषक अझ बढी उत्साहित हुने थिए”, कृषक लामिछानेले भन्नुभयो, “उत्पादित कागती पोखराका बजारमा सञ्चालित रेष्टुरेन्ट तथा तरकारी पसलमा  बिक्री गर्ने गरेको छु, कागती पु¥याउने र पैसा उठाउने समय फर्ममा लगाउन पाउने हो भने आम्दानी निश्चितरुपमा बढ्ने थियो ।” 
    
    कागतीको बोटबाट टिपेको फल बजारमा बिक्री गर्ने र पाकेर झरेका फल सङ्कलन गरेर पेलेर अमिलो उत्पादन गरेर बिक्री गरेर थप आम्दानी गर्दै आएको जनाउँदै उहाँले गतसाल ४८ माना अमिलो बिक्रीबाट रु ७२ हजार आम्दानी गरेको उहाँले बताउनुभयो । उहाँले पकाएको अमिलो प्रतिमाना रु एक हजार ५०० र काचो रस प्रतिमाना रु ५०० का दरले बिक्री गर्दै आउनुभएको छ ।
    
    साथै उहाँले अमिलो बनाएर निस्केको कागतीको छोक्रा, वनमारा, असुरो, भेली लगायतका विभिन्न बनस्पति सङ्कलन गरेर दुई हजार लिटरको हिल ट्याङ्कीमा जैविक मल उत्पादन गर्नुभएको छ । उत्पादिन मल पाइपमार्पmत प्रत्येक बोटमा राख्ने व्यवस्थासमेत मिलाइएको उहाँको भनाइ छ ।

मुलुकमा वन क्षेत्रको विस्तारसँगै बाँदर र जङ्गली जनावरको आतङ्कले धेरै किसान खेतीबारी छाड्न बाध्य भएको वर्तमान अवस्थामा लामिछानेको कागतीखेतीले नयाँ सम्भावना र प्रेरणा दिएको पोखरा महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउनुहुन्छ । 
–––


प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप कृषि
जुम्लामा कृषि जैविक विविधतासम्बन्धी प्रदर्शनी मेला हुँदै
जुम्लामा कृषि जैविक विविधतासम्बन्धी प्रदर्शनी मेला हुँदै मंगलबार, मंसिर २३, २०८२
प्राकृतिक शीतभण्डारमा किबी
प्राकृतिक शीतभण्डारमा किबी मंगलबार, मंसिर २३, २०८२
टेम्केमैयुङका कृषि उत्पादनको काठमाडौँमा प्रदर्शनी
टेम्केमैयुङका कृषि उत्पादनको काठमाडौँमा प्रदर्शनी सोमबार, मंसिर २२, २०८२
बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो आइतबार, मंसिर २१, २०८२
चार महिनामा ३४६ गाईभैँसीमा कृत्रिम गर्भाधान
चार महिनामा ३४६ गाईभैँसीमा कृत्रिम गर्भाधान आइतबार, मंसिर २१, २०८२
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य आइतबार, मंसिर २१, २०८२
बिमाका लागि पशुको नामसारी अनिवार्य
बिमाका लागि पशुको नामसारी अनिवार्य शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP