काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २० दशमलव ५६ अङ्कले घटेर दुई हजार ५४४ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।
आज ३२१ कम्पनीका ८४ लाख चार हजार ६१६ कित्ता शेयर ६६ हजार ८२४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ८४ करोड ८५ लाख ८६ हजार ४११ दशमलव ६७ को कारोबार भएको छ ।
आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूहबाहेक अरु सबै समूहको उपसूचक घटेका छन् । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रु ४० करोड ३४ लाख तीन हजार ५४२ दशमलव ६० बराबरको र शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी राधी विद्युत् कम्पनीको दुई लाख ९४ हजार ७९६ कित्ता शेयर किनबेच भएको छ ।