काठमाडौं– साताकाे तेस्राे दिन आज मंगलबार सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३.२१ अंक बढेको हो ।
१४२ कम्पनीको मूल्य बढ्दा १०२ को घट्यो भने १० को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५१ करोड को कारोबार भएकोमा आज ३ अर्ब ६२ करोडको भयो ।
त्यस्तै दरामखोला हाइड्रोपावरको ६.८८, इस्टर्न हाइड्रोपावरको ६.२९ तथा स्वस्तिक लघुवित्तको ४ प्रतिशत मूल्य बढ्यो । सिटी होटलको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावर छन् ।