Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
  • #प्रशान्त तामाङ
Search Here
कृषि
  • Home
  • कृषि
  • व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया
व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २५, २०८२

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ प्रविधिमा तरकारीखेती गर्न थालेका छन् । परम्परागत रूपमा खेती गर्दै आएका मुक्तकमैया परिवारलाई मुक्तकमैया महिला विकास मञ्च धनगढीले मल्चिङ प्रविधिमा तरकारीखेती गर्न सिकाएको हो ।

तरकारीखेतीमा संलग्न २५ मुक्तकमैया परिवारलाई मल्चिङ प्लाष्टिकसँगै खेती गर्ने तौरतरिका सिकाउने कार्य गरिएको मञ्चका निवर्तमान अध्यक्ष कौशिला चौधरीले बताए। 'प्राविधिकको व्यवस्था गरी मुक्तकमैया परिवारको आयस्तरमा सुधार ल्याउन आधुनिक तरिकाले तरकारीखेती गर्न सिकाएका छौँ', उनले भने, 'बीउविजन, रासायनिक मल, कीटनासक, ढुसीनासक विषादी अनुदानमा उपलब्ध गराएका छौँ ।'

यस प्रविधिबाट तरकारीखेती गर्न थालेपछि पहिलेको जस्तो रोग कीरा, झारपातको समस्याबाट मुक्ति पाइएको स्थानीय किसान स्वस्तिमा चौधरीले बताए । 'माटो चिस्यान राख्नका लागि यो प्रविधि सक्षम छ', उनले भने, 'अधिकांश तरकारीखेतीमा संलग्न परिवारले तीन वर्षदेखि खुर्सानी, गोलभेँडा र सिमला मिर्चखेतीका लागि मल्चिङ प्रविधिको प्रयोग गर्दै आएका छन् ।'

यस प्रविधिबाट गरिएको खेतीबाट परम्परागत विधिभन्दा दोब्बर बढी उत्पादन हुन थालेको उनको भनाइ छ । उनका अनुसार एकै किसानले विगतमा मुस्किलले सिजनमा  ५०  हजार रुपैयाँदेखि  ७० हजार रुपैयाँसम्मको तरकारी बिक्री गर्दथे भने हाल यस प्रविधिको प्रयोग हुन थालेपछि रु दुई लाखदेखि पाँच लाखसम्मको तरकारी बिक्री गर्न थालेका छन् ।

Hardik health

नगरपालिकाको कृषि विकास शाखाका अधिकृत विनयराज जोशीले पछिल्ला वर्षमा किसानबीच मल्चिङ प्लाष्टिकको प्रयोग तीव्र रूपमा बढ्दै गएको बताए । तरकारीखेतीमा संलग्न मुक्तकमैया परिवारले यस प्रविधिको प्रयोग गर्न थालेपछि उत्पादन बढाउन सफल भएको उनको भनाइ छ ।

'यो प्रविधिले माटोको आद्र्रता जोगाउने, झारपात नियन्त्रण गर्ने र बालीको उत्पादन वृद्धि गर्ने उद्देश्य राख्छ', उनले भने, 'मल्चिङ प्लाष्टिकले माटोमा रहेका पानीको वाष्पीकरण हुन दिँदैन, जसले बालीलाई लामो समयसम्म आवश्यक नमी उपलब्ध गराउँछ । यसले सिँचाइको आवश्यकता घटाउँछ र पानीको सदुपयोग सुनिश्चित गर्छ ।'
उनका अनुसार सूर्यको प्रकाश माटोसम्म नपुग्दा झारपात उम्रन पाउँदैन, जसले श्रम र लागत दुवै घटाउँछ । यो प्रविधिले माटोको तापक्रम सन्तुलनमा राखी बिरुवा स्वस्थ राख्ने, माटोबाट सर्ने रोग र कीराको जोखिम घटाउने तथा रासायनिक विषादीको प्रयोगमा कमी ल्याउने कार्य पनि गर्छ ।

यस प्रविधि किसानका लागि निकै उपयोगी रहेको चर्चा गर्नुहुँदै उनले मल्चिङले वर्षा वा सिँचाइको पानीले मल बगाउने सम्भावना घटाउँछ र माटोमा रहेका पोषकतत्व स्थिर राखी उत्पादनशीलता वृद्धि गर्न सहयोग पुर्याउने बताए । मञ्चकी अध्यक्ष सीमा चौधरीका अनुसार मञ्चले विगत पाँच वर्षदेखि मुक्तकमैया समुदायका महिलाको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले तरकारीखेती, बङ्गुरपालन र कुखुरापालनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुई दिनअघि मात्र तरकारीखेतीमा संलग्न १६ जना मुक्तकमैयालाई मल्चिङमा प्रयोग हुने प्लाष्टिक पूर्ण अनुदानमा उपलब्ध गराइएको बताए।

वडाध्यक्ष बहादुरसिंह महरा थोरै जग्गामा व्यावसायिक खेती गरेर मुक्तकमैया परिवार आत्मनिर्भर बन्दै गएकामा खुसी व्यक्त गरे । 'पहिले अधिकांश मुक्तकमैया परिवार मजदुरी गरेर जीविकोपार्जन गर्दथे', उनले भने, 'अहिले कोही आधुनिक तरिकाले तरकारीखेती गर्छन, कोही सीपमा आधारित कार्य गरेर आम्दानी गर्दै आएका छन्, वडाबाट पनि व्यावसायिक कार्य गर्ने मुक्तकमैया परिवारलाई प्रोत्साहित गर्दै आएका छौँ ।'


a


प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १०:५७
#मुक्तकमैया
प्रतिक्रिया दिनुहोस्
थप कृषि
टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित
टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित शुक्रबार, पुस २५, २०८२
किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी
किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी शुक्रबार, पुस २५, २०८२
आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती
आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती बिहीबार, पुस २४, २०८२
रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य
रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य बिहीबार, पुस २४, २०८२
स्याङ्जामा धान उत्पादन बढ्यो
स्याङ्जामा धान उत्पादन बढ्यो बुधबार, पुस २३, २०८२
किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान
किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान बुधबार, पुस २३, २०८२
आमचोकमा  तीन करोड रुपैयाँ लगानीमा चियाखेती
आमचोकमा  तीन करोड रुपैयाँ लगानीमा चियाखेती मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP