Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या
स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २०, २०८२

चितवन–स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी प्रभावित भएका छन् । सो प्रणाली राम्रोसँग नचलेपछि लामो समय पालो कुरेर बिरामी अस्पतालबाट फर्किनु परेको हाे। 

भरतपुर अस्पताल स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलले गएराति ११ बजेसम्म काम गर्दासमेत दिउँसोको दाबी पेस गर्न कठिन भएको बताए । उनका अनुसार दुईदिनदेखि बिरामी र आफन्तले गुनासो गरिरहेका छन् ।

‘बिलिङ काउन्टर’मा पटकपटक झगडा पर्ने गरेको छ । पौडेलले भने,'बुधबार मात्रै ५०० भन्दाबढी बिरामी टिकट काट्न नसकेर फर्किएका छन् ।' दिनभर लगाएर एक हजार ६२६ जनाको टिकट काटिएको उनले बताए । प्रणालीले सहजै काम गरेको भए दुई हजार २०० हाराहारीमा बिरामी बीमामार्फत् उपचार गर्न आएका थिए ।भरतपुर अस्पतालमा बीमाको टिकट काउन्टर आठ वटा छन् भने आकस्मिकमा समेत बीमाको टिकट काटिन्छ । अस्पतालको टिकट काउन्टरमा कार्यरत वसन्ती चिलवालले विगत चार दिन यता नयाँ टिकट काट्नै नसकिएको बताए ।

Hardik health

बीमा बोर्ड अन्तर्गत ५५० अस्पतालले सेवा दिएका छन् । तीमध्ये केही अस्पतालले बोर्डलाई पत्राचार गरी समस्याका बारेमा अवगत गराएका छन् । विराट मेडिकल कलेज, कोशी अस्पताल, बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलगायतका अस्पतालले यही अवस्थामा सेवा दिनै कठिन भएको पत्र बोर्डमा पठाएका छन् । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बोर्ड स्थापना हुँदा परीक्षणका रूपमा दुई चार लाख सेवाग्राहीका लागि जडान गरिएको प्रणालीको स्तरोन्नति गर्न नसकिएका कारण समस्या आएको बताए । उनका अनुसार बोर्डमा जडान गरिएका प्रणालीको म्याद सकिएको छ । हाल चाप अत्याधिक बढेको र प्रणालीमा सोही अनुरुपको स्तरोन्नति नहुँदा समस्या भएको हो । आफ्नो प्रत्यक्ष निगरानीमा प्राविधिक टोलीले काम गरिरहेको जानकारी दिँदै उनले अझ समस्या समाधान गर्न एक साता बढी लाग्ने बताए ।

काफ्लेले भने,'मैले गर्ने प्रयत्न गरिरहेको छु, केही डिभाइस किनेर जडान गर्ने काम भइरहेको छ । सिस्टम अपग्रेड भनेको महिनौँ लाग्ने काम हो ।' अहिले बोर्ड अन्तर्गत दैनिक ८० हजार हाराहारीले सेवा लिइरहेका छन् । बोर्डमा जोडिनेको सङ्ख्या ६५ लाख नाघेको छ । 


प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै बुधबार, चैत ११, २०८२
मोरङका पाँच स्थानमा बर्ड फ्लु
मोरङका पाँच स्थानमा बर्ड फ्लु बुधबार, चैत ११, २०८२
विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर मंगलबार, चैत १०, २०८२
नवलपरासी पूर्वमा गण्डकी प्रदेशकै सबैभन्दा बढी क्षयरोगी
नवलपरासी पूर्वमा गण्डकी प्रदेशकै सबैभन्दा बढी क्षयरोगी मंगलबार, चैत १०, २०८२
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था  मंगलबार, चैत १०, २०८२
कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी सोमबार, चैत ९, २०८२
बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने
बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने आइतबार, चैत ८, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP