काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंककाे सुधार देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव १७ अंकले बढेर दुई हजार ६०७ दशमलव ४२ को बिन्दुमा कायम भएको हो ।
आज ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४२ हजार ८७९ पटक खरिदबिक्री हुँदा चार अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँ ८१४ दशमलव ९६ को कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहबाहेक अरु सबै समूहको उपसूचक बढेको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको ३८ करोड ६१ लाख ५२ हजार ४८४ रुपैयाँ बराबरको सात लाख १० हजार २५९ कित्ता शेयर किनबेच भएको छ ।