Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा करिब ९० करोड गरिब मानिस
जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा करिब ९० करोड गरिब मानिस
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ३१, २०८२

एएफपी- विश्वका करिब ८० प्रतिशत गरिब अर्थात् झण्डै ९० करोड मानिस अहिले जलवायु परिवर्तनका आघातहरूको प्रत्यक्ष जोखिममा रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का कार्यवाहक प्रशासक हाओल्याङ जुका अनुसार खडेरी, बाढी, तातो लहर र वायु प्रदूषण जस्ता बढ्दो र गहिरिँदै गएका जलवायु प्रभावहरूबाट कोही पनि सुरक्षित छैन, तर ती प्रभावहरूको सबैभन्दा कडा चोट गरिब वर्गले बेहोर्नुपरेको छ ।

उनले आगामी नोभेम्बरमा ब्राजिलमा आयोजना हुने संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन (कोप–३०) लाई विश्व नेताहरूले ‘जलवायु कार्यलाई गरिबी विरुद्धको कार्यका रूपमा हेर्ने अवसर’ बनाउन आग्रह गरे । युएनडिपी र अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभले संयुक्त रूपमा प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार विश्वका १०९ देशमा रहेका एक अर्ब १० करोड मानिस अर्थात् करिब १८ प्रतिशत जनसङ्ख्या, ‘तीव्र बहुआयामिक गरिबी’ मा बाँचिरहेका छन् । यो गरिबी शिशु मृत्युदर, आवास, सरसफाइ, बिजुली र शिक्षामा पहुँचजस्ता मापदण्डहरूका आधारमा नापिएको हो । तीमध्ये आधा बालबालिका रहेका छन् ।

Hardik health

प्रतिवेदनमा बोलिभियाको सान्ता क्रुज डे ला सिएरा बाहिर बसोबास गर्ने गुआरानी आदिवासी समुदायका रिकार्डोको उदाहरण दिइएको छ । उनले आफ्नो परिवारका १८ सदस्यसँग सानो घर साझा गर्नुपरेको छ । घरमा एउटा मात्र शौचालय, काठ र कोइलाबाट चल्ने भान्सा छ र कुनै पनि बालबालिका विद्यालय जाने अवस्था छैन । प्रतिवेदनले यो अवस्थालाई ‘बहुआयामिक गरिबीको यथार्थ प्रतिबिम्ब’ भएको बताएको छ ।

विश्वका सबैभन्दा बढी प्रभावित क्षेत्रहरू उप–सहारा अफ्रिका र दक्षिण एसिया रहेका छन् । यी दुवै क्षेत्र जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा छन् । प्रतिवेदनले गरिबी र चार प्रमुख वातावरणीय जोखिमहरू– चरम गर्मी, खडेरी, बाढी र वायु प्रदूषण– बीचको सम्बन्धलाई स्पष्ट पारेको छ । गरिब परिवारहरू विशेष गरी असुरक्षित क्षेत्रहरूमा निर्भर भएकाले जलवायु आघातप्रति बढी संवेदनशील हुने प्रतिवेदनमा उल्लेख छ । कृषि र अनौपचारिक श्रममा निर्भर जनजीवनमा जब बारम्बार जलवायु विपद् आउँछ त्यसले विद्यमान अभावहरू झनै गहिरो बनाउँछ ।

विश्वव्यापी रूपमा ८८ करोड ७० लाख मानिस अर्थात् ७९ प्रतिशत गरिब जनसङ्ख्या कम्तीमा एउटा जलवायु जोखिमको प्रत्यक्ष असरमा परेका छन् । तीमध्ये ६० करोड ८० लाख मानिस चरम गर्मी, ५७ करोड ७० लाख वायु प्रदूषण, ४६ करोड ५० लाख बाढी र २० करोड ७० लाख खडेरीबाट पीडित छन् । करिब ६५ करोड १० लाख मानिस कम्तीमा दुई जोखिममा, ३० करोड ९० लाख तीन वा चार जोखिममा र एक करोड १० लाख मानिसले एउटै वर्षमा सबै चार जोखिम भोगेका छन् ।

दक्षिण एसियाले गरिबी घटाउने प्रगतिका बाबजुद पनि यसको ९९.१ प्रतिशत गरिब जनसख्या कम्तीमा एउटा जलवायु जोखिममा परेको छ । प्रतिवेदनले भनेको छ, ‘यस क्षेत्रले फेरि नयाँ मार्ग तय गर्न आवश्यक छ, जसले गरिबी न्यूनीकरण र जलवायु कार्यबीच सन्तुलन कायम गरोस् ।’ विज्ञहरूका अनुसार पृथ्वीको सतह तीव्र गतिमा तात्दै गएकोले स्थिति अझ जटिल हुनसक्छ र हालका सबैभन्दा गरिब देशहरू नै यसको सबैभन्दा ठूलो मारमा पर्न सक्छन् ।

प्रतिवेदनले निष्कर्षमा भनेको छ, ‘ओभरल्यापिङ जोखिमहरूको सामना गर्न मानव जीवन र पृथ्वी दुवैलाई प्राथमिकता दिन अपरिहार्य छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पहिचानबाट तत्काल कार्यतर्फ अघि बढ्नु हो ।


प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
एआईले उत्पादनमा वृद्धिसँगै असमानता पनि बढाउन सक्छ : आइएमएफ प्रमुख
एआईले उत्पादनमा वृद्धिसँगै असमानता पनि बढाउन सक्छ : आइएमएफ प्रमुख शुक्रबार, असोज ३१, २०८२
मलेसियामा अपराध दरमा वृद्धि
मलेसियामा अपराध दरमा वृद्धि शुक्रबार, असोज ३१, २०८२
दक्षिण कोरियाको निर्यात १४.४ प्रतिशतले वृद्धि
दक्षिण कोरियाको निर्यात १४.४ प्रतिशतले वृद्धि शुक्रबार, असोज ३१, २०८२
स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी
स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी शुक्रबार, असोज ३१, २०८२
जेलेन्स्कीसँगको भेटअघि ट्रम्पको स‌ंकेत– किएभलाई टोमहाक मिसाइल नपठाउने सम्भावना
जेलेन्स्कीसँगको भेटअघि ट्रम्पको स‌ंकेत– किएभलाई टोमहाक मिसाइल नपठाउने सम्भावना शुक्रबार, असोज ३१, २०८२
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP