Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी
फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ३०, २०८२
Energy Drink Energy Drink

स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिका–१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । पूर्वशिक्षकसमेत रहेका उनले दसैँ र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका हुन ।

गत असारमा शिक्षण पेसाबाट अवकाश लिएका भण्डारीले फुर्सदको समयलाई सदुपयोग गरी फूलखेतीमा गरिरहेको बताए ।  दसैँ, तिहार, छठलगायत धार्मिक कार्यहरूलाई लक्षित गरी दुई चरणमा फूलका बिरुवा रोप्ने गरेको उनले जानकारी दिए । दसैँ, तिहारलाई लक्षित गरी तीन रोपनी क्षेत्रफलमा र मङ्सिरपछि उत्पादन हुनेगरी थप दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेको उनले बताए  ।

‘शिक्षण पेसामा रहँदै गर्दा पनि बिहानबेलुकाको समयमा कम मात्रामा फूलखेती गरेको थिएँ’, उनले भने,‘फूलखेतीबाट मनग्य आम्दानी हुने देखेपछि अहिले पूरै समय व्यावसायिक फूलखेतीतर्फ जोडिएको हुँ ।’ बाँदरले अन्नबाली नष्ट गरिदिएपछि विकल्पका रूपमा सयपत्री फूलखेती थालेको भण्डारीले बताए ।

Ncell
Hardik health

अन्नबालीको विकल्पमा फूलखेतीको व्यावसायिक उत्पादन गरेका उनले मागअनुसार फूल पुर्‍याउन नसेकेको उल्लेख गरे ।     ‘सयपत्री फूल र मालाको माग अत्यधिक आएको छ', उनले भने', 'मागअनुसार उपलब्ध गराउन सकिएको छैन ।’ यहाँ उत्पादन भएको फूल बुटवल, नारायगढ, बर्दघाट, पोखरालगायत स्थानीय बजारमा सजिलै बिक्री हुने गरेको छ ।

उनले ‘कर्मा ५५५ मेरीगोल्ड’ जातको फूल लगाएका छन् । उनलाई श्रीमती र छोरद्वयले सहयोग गरिरहेका छन् । यहाँ उत्पादन भएको फूलको बजारीकरणका लागि माग भई आएका ठाउँमा आफैँ पुर्‍याउने वा गाडीमार्फत पठाइदिने काम छोराहरूले गर्दै आएका उनले बताए ।

भण्डारीले फूलका थुंगा थोकमा प्रतिकिलो ३०० रुपैयाँ, फुटकरमा प्रतिकिलो  ४०० रुपैयाँ देखि ४५० रुपैयाँ र माला प्रतिगोटा ९० रुपैयाँ सम्ममा बिक्री गर्दै आएको जानकारी दिए । ग्राहकको मागका आधारमा माला वा फूलका थुंगा दुवै बिक्री गर्ने गरेको उनले बताए ।

भण्डारीका अनुसार यस वर्षको हालसम्म करिब छ लाख रुपैयाँको फूल तथा माला बिक्री भइसकेको छ । तिहारपछि पनि बुटवल तथा स्थानीय बजारबाट फूल र मालाको माग आइसकेको उनले बताए । ‘असारमा लगाएको बेर्नाले दसैँदेखि उत्पादन दिन थालेको हो’, उनले भने,‘दोस्रो चरणमा लगाएको फूलको उत्पादन मङ्सिरसम्म लिन सकिन्छ ।’

गतवर्ष एकै याममा फूल र माला बिक्रीबाट  पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी भएको जनाउँदै उनले यस वर्ष १० लाख रुपैयाँबढी आम्दानी गर्ने लक्ष्य रहेको बताए । 


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत आइतबार, भदौ २८, २०८३
मूल बीउका लागि कोदोखेती
मूल बीउका लागि कोदोखेती मंगलबार, साउन २६, २०८३
अलैँची रोप्न व्यस्त इलामका किसान
अलैँची रोप्न व्यस्त इलामका किसान मंगलबार, साउन २६, २०८३
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न मंगलबार, साउन १९, २०८३
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज मंगलबार, साउन १२, २०८३
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
आँपको उत्पादन बढ्यो, घटेन मूल्य सोमबार, साउन ११, २०८३
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा आइतबार, साउन १०, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP